अब आगलागी, डढेलो, हावाहुरी र चट्याङको उच्च जोखिम
नेपालबहस संवाददाता
चैत १०, २०७९ शुक्रबार १९:२३:६
नारायण ढुङ्गाना
१० चैत, काठमाडौं । भर्खरै सुरु भएको चैतमास, पछिल्लो साताको वर्षा छाडेर भन्ने हो भने सुक्खायाम छ । यसपटकको हिउँदमा राम्ररी वर्षा भएको छैन । त्यसैले अबको दुई महिना आगलागी, डढेलो, चट्याङ र हावाहुरीको उच्च जोखिम छ ।
पछिल्लो साता मुलुकभर वर्षा भएकाले आगलागीको क्रम केही रोकिएको छ । अब वर्षा रोकिनेबित्तिकै आगलागी ह्वात्तै बढ्ने यस क्षेत्रका विज्ञहरूले बताएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यो समयमा सबैभन्दा बढी आगलागी र डढेलोले क्षति पु¥याउने भएकाले विशेष सावधानी अपनाउनुपर्नेमा जोड दिइएको छ ।
प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेल पछिल्लो एक दशकको तथ्याङ्क हेर्ने हो भने आगलागीको दर बढ्दै गएको र त्यसले पु¥याउने क्षतिसमेत बढिरहेको बताउछन । “अझ पछिल्लो पाँच वर्षको तुलना गर्दा आगलागीको ग्राफ गुणाङ्कले बढेको छ”, पोखरेलले भने, “यो बेला विशेष सावधानी अपनाउनुपर्छ, स्थानीय तहलगायत सरोकारवाला निकायले त्यसको न्यूनीकरणका लागि पूर्वतयारी तथा आगलागी भइहालेको खण्डमा नियन्त्रणका लागि आवश्यक तयारी गर्ने बेला हो ।”
प्राधिकरणका अनुसार बुधबार मात्रै १८ विपद्जन्य घटना भएका थिए । त्यसमध्ये १६ घटना आगालगी, हावाहुरी चट्याङ र डढेलोका छन् । गत वैशाखदेखि चार हजार ४८ वटा विपद्जन्य घटना भएकामध्ये सबैभन्दा बढी दुई हजार छ सय १३ घटना आगालागीका छन् । उक्त आगलागीमा परेर एक सय दुई जनाको मृत्यु भएको छ भने तीन सय ५२ जना घाइते भएको तथ्याङ्क प्राधिकरणसँग छ ।
आगलागीबाट मानवीय क्षतिका साथै भौतिक क्षति पनि ठूलोमात्रामा हुने गरेको छ । ती घटनामा रू दुई अर्ब ३० करोड बढीको क्षति भएको छ । तीन हजारभन्दा बढी परिवार प्रभावित भएका छन् । यस्तै हुुरीबतासका एक सय घटना हुँदा १० जनाको मृत्यु भएको छ भने डढेलोका एक सय ३४ घटनामा एक जनाले ज्यान गुमाएका छन् । चट्याङका दुई सय ३६ घटनामा ८० जनाको मृत्यु भएको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका आगलागीविज्ञ सुन्दर शर्माले यी तथ्याङ्कले पनि आगलागीको दर अत्यधिक रहेको र बढी भौतिक क्षति आगलागीका कारण हुने गरेको बताए । “सबै विपद्जन्य घटनालाई विश्लेषण गर्दा त्यसको ९० प्रतिशत भौतिक क्षति आगलागीका कारण भएको छ । हालसम्म नेपालमा आगलागी नियन्त्रणमा खटिने अग्रफोर्स भनेको नेपालका सुरक्षाकर्मी हो”, उनले भने । शर्माले सुरक्षाकर्मी बाहेकका तालिमप्राप्त दस्ता नेपालमा नभएको उल्लेख गरे ।
पछिल्लो समय सरकारले स्वयंसेवक ब्यूरोको अवधारणा ल्याएपछि सोही आधारमा राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले स्वयंसेवी तयार पार्न लागेको प्राधिकरणका कार्यकारी प्रमुख पोखरेलले बताए ।
उनका अनुसार अहिले स्वयंसेवीलाई तालिम दिने काम भइरहेको छ । मकवानपुरमा तालिम चलिरहेको छ । नमूनाका रूपमा विपद्का समयमा स्वयंसेवा गर्न इच्छुक व्यक्तिका लागि अनलाइनबाटै फारम भर्ने व्यवस्था गरिएको छ । पहिलो चरणमा रेडक्रसमा आवद्ध एक लाखलाई स्वयंसेवामा जोड्दै तालिम सुरु गरिएको प्राधिकरणले जनाएको छ । स्थानीय तहको मातहतमा रहने गरी ती स्वयंसेवीलाई विपद्का बेला परिचालन गर्न सकिने छ ।
प्राधिकरणले आगलागी, हावाहुरी, चट्याङ र डढेलो न्यूनीकरण तथा नियन्त्रणका लागि आवश्यक तयारीसमेत थालेको जनाएको छ । यसका लागि आवश्यक तालिम, प्रशिक्षण यन्त्र, उपकरण व्यवस्थापनलगायतको काम जारी रहेको प्राधिकरणका प्रमुख पोखरेलको भनाइ छ ।
हालै प्राधिकरणले सिंहदरबारमा आगलागी नियन्त्रणका लागि उपयुक्त हुने ‘फायर फाइटिङ पम्प’को सफल अभ्यास गरेर देखाएको थियो । यस्ता यन्त्रको सही तरिकाले प्रयोग गरे दमकल नपुग्ने स्थानमा स्थानीय तहले सजिलै आगलागी नियन्त्रण गर्न सक्ने प्राधिकरणले जनाएको छ । ‘फायर फाइटिङ पम्प’को मूल्य रू एक लाख मात्रै पर्ने भएकाले हरेक स्थानीय तहले उक्त उपकरण व्यवस्थापन गर्न सक्ने उनले बताए ।
अधिकांश आगलागी मानवीय कारण
प्राधिकरणका आगलागीविज्ञ सुन्दर शर्मा अधिकांश आगलागीका घटना मानवीय कारणले हुने गरेको बताउछन । उनका अनुसार ६४ प्रतिशत आगलागी मानिसले जानीजानी लगाउने गरेका छन् । बत्तीस प्रतिशत चुरोटको ठुटा फ्याँक्नेलगायत हेल्चेक्र्याइँका कारण हुने गरेको छ ।
हरेक वर्ष डढेलो निभाउन जाँदा औसत सात जनाको मृत्यु हुने गरेको उनले जानकारी दिए । औषतमा वार्षिक ८० घर आगालगीबाट जल्ने गरेका छन् । आगलागीले मानवीय र भौतिक सम्पत्तिका साथै जैविक विविधतामा ठूलो क्षति पु¥याए पनि यसतर्फ धेरैको ध्यान नपुगेको विज्ञ शर्मा बताउछन ।
उनका अनुसार आगलागी नियन्त्रणका लागि सरकारबाट समेत ध्यान नपुगेकाले बजेटको अभाव हुने गरेको छ । शर्माले पछिल्लो समय आगलागीको प्रकृति फरक हुँदै गएकाले ‘एरियल फायर फाइटर’को जरुरी रहेको बताए । उनले वैशाखमा बढी आगलागी हुने भएकाले आजैदेखि सचेत हुनुपर्ने भन्दै आवश्यक तयारीमा जुट्न सबैलाई अनुरोध पनि गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलमजुङकाे पर्यटकीय घलेगाउँ
पुष ७, २०८१ आइतबार
शनिबारको भूकम्पबाट आठ घरमा क्षति, केहीमा आंशिक क्षति
पुष ७, २०८१ आइतबार
काभ्रेका बाढीपहिरो पीडितको कष्टकर छ जीवनशैली
मंसिर २६, २०८१ बुधबार
सीमा तस्करी: सशस्त्रका १४ अधिकृत तानिदा नेपाल प्रहरी भने क्रस चेकसम्म गर्न सकेन्
पुष ११, २०८१ बिहिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
पुष ११, २०८१ बिहिबार
तस्करी बढेको गुनासो आएपछि मुख्यालय तानिए बाराका सशस्त्र प्रहरी उपरीक्षक सिंह
पुष ११, २०८१ बिहिबार
बौद्ध क्षेत्रमा सिसिटिभी जडान गर्न काठमाडौं महानगर र उपत्यका प्रहरीबीच सम्झौता
पुष ११, २०८१ बिहिबार
स्वास्थ्य संस्थामा सहज पहुँच भएपछि मातृशिशु मृत्युदर शून्य
पुष ११, २०८१ बिहिबार
प्रदेशस्तरीय धिमे बाजा प्रतियोगिता गर्दै चाँगुनारायण नगरपालिका, विजेतालाई ५० हजार
पुष ११, २०८१ बिहिबार
चितवन हात्ती तथा पर्यटन महोत्सव सुरु
पुष ११, २०८१ बिहिबार
फ्रान्सले युक्रेन बिना नै युद्धबारे छलफलका गर्न चाहेको रूसी दावी
पुष ११, २०८१ बिहिबार
सगरमाथा संवादको तयारी भइरहेको छः परराष्ट्रमन्त्री
पुष ११, २०८१ बिहिबार