उपराष्ट्रपति रामसहायप्रसाद यादवद्वारा आभार प्रकट
नेपालबहस संवाददाता
चैत १०, २०७९ शुक्रबार १९:२७:३०
१० चैत, काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले उपराष्ट्रपतिको निर्वाचनमा आफूलाई मतदान गर्ने सम्पूर्ण मतदातामा आभार प्रकट गरेका छन् । आज प्रेस विज्ञप्ति जारी गर्दै उनले निर्वाचनमा आफ्नो पक्षमा मतदान गर्ने गठबन्धन आबद्ध राजनीतिक दलका नेता, सङ्घीय संसद्का सदस्य र प्रदेशसभाका सदस्यप्रति आभार व्यक्त गरेका हुन ।
उनले आफूलाई बाराबाट प्रतिनिधिसभा सदस्य विजयी गराउने मतदाता र सहयोगी मित्रमा धन्यवाद ज्ञापन गरेका छन । उपराष्ट्रपति यादवले राजनीतिक परिवर्तनका शहीदप्रति श्रद्धाञ्जली अर्पण गरेका छन ।
“सङ्घीय लोकतान्त्रिक गणतन्त्र, समावेशी लोकतन्त्र, धर्मनिरपेक्षता, नागरिक स्वतन्त्रता र मौलिक अधिकारका साथै अग्रगामी परिवर्तनको लक्ष्यप्राप्तिका लागि तथा शोषण, उत्पीडन, विभेद र असमानताका विरुद्ध भएको जनआन्दोलन, जनसङ्घर्ष, सशस्त्र सङ्घर्ष, ऐतिहासिक मधेस जनविद्रोहलगायतका जनआन्दोलनमा जीवन उत्सर्ग गर्नुहुने शहीदप्रति श्रद्धाञ्जली अर्पण गर्दछु”, उनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । यही चैत ३ गते सम्पन्न निर्वाचनमा यादव उपराष्ट्रपतिमा निर्वाचित भएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसगरमाथा संवादको तयारी भइरहेको छः परराष्ट्रमन्त्री
पुष ११, २०८१ बिहिबार
राष्ट्रिय खेलकुद परिषद्को बोर्ड सदस्यमा ८ जना नियुक्त
पुष ११, २०८१ बिहिबार
सीमा तस्करी: सशस्त्रका १४ अधिकृत तानिदा नेपाल प्रहरी भने क्रस चेकसम्म गर्न सकेन्
पुष ११, २०८१ बिहिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
पुष ११, २०८१ बिहिबार
तस्करी बढेको गुनासो आएपछि मुख्यालय तानिए बाराका सशस्त्र प्रहरी उपरीक्षक सिंह
पुष ११, २०८१ बिहिबार
स्वास्थ्य संस्थामा सहज पहुँच भएपछि मातृशिशु मृत्युदर शून्य
पुष ११, २०८१ बिहिबार
प्रदेशस्तरीय धिमे बाजा प्रतियोगिता गर्दै चाँगुनारायण नगरपालिका, विजेतालाई ५० हजार
पुष ११, २०८१ बिहिबार
चितवन हात्ती तथा पर्यटन महोत्सव सुरु
पुष ११, २०८१ बिहिबार
फ्रान्सले युक्रेन बिना नै युद्धबारे छलफलका गर्न चाहेको रूसी दावी
पुष ११, २०८१ बिहिबार
सगरमाथा संवादको तयारी भइरहेको छः परराष्ट्रमन्त्री
पुष ११, २०८१ बिहिबार
किन देखियो अधिकांश स्थानीय तहको वेबसाइटमा समस्या ?
पुष ११, २०८१ बिहिबार