प्रतिनिधिसभा छिर्ने खनालको चाहना, नेपाललाई छैन मतलव !
नेपालबहस संवाददाता
चैत १०, २०७९ शुक्रबार २३:३५:११
१० चैत्र, काठमाडौं । गत मंसिर ४ को निर्वाचनमा पराजित भएपछि नेकपा एकीकृत समाजवादी पार्टीमा अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालबीचको सम्बन्ध सकारात्मक देखिएको छैन् । नेता खनालले पार्टी वा व्यक्तिगत रुपमा अध्यक्ष नेपालले राखेका विषयहरुमा विमति जनाउँदै आएका छन् । मंसिर ४ को निर्वाचनमा तत्कालिन गठबन्धनका तर्फबाट इलाम–१ बाट प्रतिनिधिसमा सदस्यमा उम्मदेवार बनेका खनाल पराजित भएका थिए ।
गठबन्धनबाट चुनाव लडेका नेता खनाल नेकपा एमालेका महेश बस्नेतसँग पराजित भएपछि काठमाडौं नआइपुग्दै विज्ञप्ती निकालेर गठबन्धनले नै आफुलाई चुनाव हराएको बताएका थिए । उनले गठबन्धनमा रहेको नेपाली कांग्रेसका कार्यकर्ताहरुले नै आफुलाई हराउन भूमिका खेलेको आरोप लगाएका थिए । यसअघि भएको स्थानीय तहको निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई खनालले असहयोग गरेको चर्चा भएको थियो । स्थानीय तहमा खनालले खेलेको भूमिकालाई लिएर इलामका गठबन्धनका कार्यकताहरु विच्कएका पनि थिए ।
खनाल त्यति बेला देखिनै गठबन्धनमा खुलेर लागेका थिएनन् । उनले निर्वाचनमा पराजय भएको केहिसमय पछि राष्ट्रपतिका लागि आकांक्षा राखेका थिए । केहि सञ्चार माध्यमहरुमा उनले आफु राष्ट्रपतिका लागि सबै पक्षबाट उपयुक्त भएको बताएका थिए । तर, उनको त्यो इच्चाप्रति अध्यक्ष नेपाल र पार्टीले नै खासै चासो दिएन् । खनाल अध्यक्ष नेपालले आफ्नाबारे राष्ट्रपतिको विषयमा अग्रसर भई दिउनु भन्ने चाहेका थिए । पछिल्लो समय पनि राष्ट्रिय समहमति राष्ट्रपति चयन गर्ने विषयले प्राथमिकता पाउँदा पनि खनालले आस गरको थिए । तर, नोपलले चासो नदिएपछि उनी अध्यक्षका निर्णयप्रति खासै खुसि देखिएका छैनन् ।
अहिले पनि खनाल यो गठबन्धनका पक्षमा खुलेर आएका छैनन् । अध्यक्ष नेपालले गठबन्धन वा अरु विषयमा दिएका सार्वजनिक भनाइमा समेत खनालले प्रतिवाद गर्दै आएरहेका छन् । राष्ट्रपतिको विषय किनारा लागेपछि खनाल अझै पनि माधव नेपालले साथ दिए प्रतिनिधिभिामा आउने विचारमा छन् । उनले यो कुराललाई व्यक्तिगत रुपमा नभने पनि अब हुने उपनिर्वाचनका तीन निर्वाचन क्षेत्र मध्ये एक निर्वाचन क्षेत्रमा गठबन्धनको साझा उम्मेदवारका लागि प्रार्टीले प्रस्ताव गरोस भन्ने पक्षमा छन् ।
नेकपा माओवादी र नेकपा एसबीच समाजवादी धार बनाएर पार्टी एकिकरण गर्ने विषयमा पनि खनाल विपक्षमा ने देखिएका छन् । पुरानो नेकपा व्युताउने कुरामा भने उनको सहमति छ । शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहल ‘प्रचण्ड’ र नेकपा एसका अध्यक्ष माधव नेपालबीच भएको छलफलमा पनि यो विषय उठेको नेपालले बताएका थियो । तर ,नेपालको भनाइ बाहिर नआउँदै पाँचथर पुगेका खनालले नेपालमा समाजवादी एकता तत्काल सम्भव नरहेको बताएका छन् ।
यतिमात्र हैन खनालले अहिले गठबन्धनमा असर पर्ने गरी तीन मन्त्रालय नपाए पार्टी सरकारमा समेत जान नहुने बताएका छन् सम्मानित नेता खनालले सरकार गठन र आसन्न उपनिर्वाचनमा एक सिट दिने सहमति नभए पार्टी सरकारमा नजाने भनाई राखेका छन् । खनालको भनाई सत्ता गठबन्धनमा भइरहेको सहमति समेत भाडिने स्थिति देखाएको छ । उनले सरकारलाई पूर्णता दिने र उपनिर्वाचनमा गठबन्धन टिकाइराख्ने हो भने आफ्नो दलले सम्मानजनक स्थान पाउनुपर्ने दाबी गरेका छन् ।
संघीय सरकारमा प्रतिनिधित्वका लागि तीनवटा मन्त्रालय र उपनिर्वाचन हुन लागेका बारा–२, तनहुँ–१ र चितवन २ गरी तीनमध्ये कुनै एक ठाँउमा आफ्नो पार्टीले साझा रुपमा उम्मेदवारी दिने वातावरण बन्नुपर्ने उनको भनाइ छ । यसले पनि कुनै पनि क्षेत्रबाट भएपनि उपनिर्वाचन लडाउन पार्टीले भूमिका खेल्नुपने उनको माग भएको देखाउँछ । ‘संघीय सरकारमा तीन मन्त्रालय र संघीय संसदमा रिक्त बारा २, चितवन २ र तनहुँ–१ मध्ये एक सिटमा सहमति नभए सरकार जान नमिल्ने उनको तर्क छ ।
गठबन्धन मुलुकको आवश्यकता भए पनि छिनछिनमा नयाँ समीकरण बन्नु देशका लागि घातक हुने टिप्पणी गरेका खनालले मुद्दा मिल्ने कम्युनिस्ट पार्टीहरूलाई समेटेर समाजवादी मोर्चा बनाउने विषय तत्कालका लागि सान्दर्भिक नरहेको बताएका छन् । यता, अध्यक्ष नेपालले प्रचण्डलाई तत्कालीन नेकपा ब्युँताउने प्रस्ताव राखेका छन् । यसरी पूर्वप्रधानमन्त्रीसमेत रहेका यी दुई नेताबीच पार्टीमा मूल विषयमा नै उकता भएको देखिदैन् । पार्टीबाट कुनै सार्वजनिक रुपमा देखिने खालका भूमिका नपाएर पनि खनाल नेपालप्रति सहयोगी बन्न नसकेको सो पार्टीका केहि नेताहरु बताउँछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबालुवाटारमा बीआरआई बारे रस्साकस्सी चलिरहेका बेला कसरी निस्कियो मन्त्री फेर्ने कुरा ?
मंसिर ५, २०८१ बुधबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार
तीनपटक प्रधानमन्त्री भइसकेका प्रचण्डलाई किन भनिन्छ लेन्डुप दोर्जेको नेपाली संस्करण ?
मंसिर २, २०८१ आइतबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
रुसले युक्रेनमा पहिलो पटक इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइलबाट आक्रमण
मंसिर ६, २०८१ बिहिबार
प्रहरीको दमनविरुद्ध मानव अधिकार आयोगको कार्यालय घेराउ गर्न पुल्चोक पुगे सहकारी पीडित
मंसिर ७, २०८१ शुक्रबार
स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदले स्वास्थ्य मन्त्रालयलाई दियो सैद्धान्तिक सहमती
मंसिर ७, २०८१ शुक्रबार
महिला किसानलाई सुत्केरी भत्तासँगै सरकारी सुविधाको व्यवस्था गर्न माग
मंसिर ७, २०८१ शुक्रबार
प्रादेशिक अस्पताल जलेश्वरमा दुई करोडका उपकरण प्रयोगविहीन
मंसिर ७, २०८१ शुक्रबार
पाकिस्तानमा भएको हमलामा ४३ जनाको मृत्यु : अधिकारी
मंसिर ७, २०८१ शुक्रबार