लुम्बिनीमा सरकारको नेतृत्व लिने कांग्रेसको निर्णय, अन्य दललाई सरकार छोड्न आग्रह
नेपालबहस संवाददाता
चैत १०, २०७९ शुक्रबार २१:४४:२६
१० चैत रुपन्देही । नेपाली कांग्रेस लुम्बिनीले, लुम्बिनी प्रदेशमा आफ्नै नेतृत्वमा सरकार गठन गर्ने निर्णय गर्दै एमाले नेतृत्वको सरकारमा रहेका अन्य दललाई समर्थन फिर्तालिन आग्रह गरेको छ । लुम्बिनीमा शुक्रबार दिउँसो बसेको बैठकले सरकार गठन गर्ने निर्णय गर्दै एमाले नेतृत्वको सत्ता साझेदार दलमा सहभागी माओवादी केन्द्रसहितका साना दललाई सरकारबाट बाहिरिन आग्रह गरेको हो ।
लुम्बिनी प्रदेश पार्टीको मुख्य आधार क्षेत्र भन्दै माओवादीले पनि आफ्नै नेतृत्वमा सरकार गठनको प्रयास गरिरहेको छ । तर, माओवादी भित्रको आन्तरिक विवादले निर्णय गरेर अघि बढ्न सकेको छैन् । चुनाव अघिको सरकार कांग्रेसको सहयोगमा माओवादीले नेतृत्व गरेकाले अहिले कांग्रेसले नेतृत्वका लागि निर्णय गर्नु स्वभाविक रहेको कांग्रेस लुम्बिनी संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले बताए । कांग्रेसकै नेतृत्वमा अबको केही दिनमा सरकार गठन प्रकृया सुरु हुने उनले बताए ।
लुम्बिनी प्रदेशमा कांग्रेसका २७ प्रदेश सभा सदस्य छन् । एमालेका २९, माओवादी केन्द्रका १०, राप्रपा र नागरिक उन्मुक्तिका ४÷४, जसपा, लोसपा, जनमतका ३÷३ सदस्य छन् । नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका १÷१ सदस्य छन् । स्वतन्त्रबाट २ प्रदेशसभा सदस्य निर्वाचित भएका छन् । स्वतन्त्रका २ मध्येपनि एक जनाले माओवादी रोजेको भन्दै माओवादीका संसदीय दलका नेतालाई जानकारी दिएका छन् ।
कांग्रेसले एमालेबाहेकका अन्य सबै दललाई समेटेर आफ्नो नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरेको हो । एमाले बाहेकका अन्य सबै दललाई समेटेर सरकार बनाउने प्रयास भइरहेका नेता डिल्ली चौधरीले बताएका छन् । एमालेले प्रमुख प्रतिपक्षमा बस्ने भएकाले अन्य दललाई सरकारबाट बाहिरिन आग्रह गरिएको उनले बताए । माओवादीले यस अघि कांग्रेसकै सहयोगमा सरकार बनाएकाले अहिले कांग्रेसलाई छोड्ने पूर्व सहमति भएको चौधरीको भनाइ छ ।
कांग्रेस संसदीय दलको शुक्रबारको बैठकमा कांग्रेसका २७ मध्ये २३ जना सहभागी थिए । कांग्रेस नेता एवं पूर्व मन्त्री बिरबहादुर रानाले सरकार गठनका लागि साना दलसँग छलफल गर्न र शक्ति बाँडफाँटमा निर्णय लिन पनि दलको नेतालाई जिम्मेवारी प्रदान गरिएको छ । कांग्रेसले मुख्यमन्त्रीसहित अहिले एमालेले लिएका मन्त्रालय नछोड्ने गरी छलफल गर्न बैठकलले दल नेतालाई जिम्मेवारी दिएको छ ।
माओवादीले पनि बिहीबार संसदीय दलको बैठक बसेर सरकारलाई दिएको समर्थन फिर्ता लिने विषयमा निर्णय गर्ने प्रयास गरेको थियो । तर, आन्तरिक विवादका कारण माओवादीको संसदीय दलको नेता नै परिवर्तनको आवाज चर्को उठेपछि सरकारबाट बाहिरिने विषय प्राथमिकतामा परेन । त्यसले सरकार गठनकै तयारी गरिरहेका कांग्रेस र साना दलहरु सशंकित भएका छन् । माओवादीको आन्तरिक विवाद समाधानका लागि माओवादीको पोलिटब्यूरो सदस्य एवं लुम्बिनी प्रदेश इन्चार्ज चन्द्रप्रकाश खनाल र प्रदेश अध्यक्ष सुदर्शन बरालले प्रयास गरिरहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएमालेको जागरणसभाः भद्रकालीबाट सुरु भएको र्याली दरबारमार्ग पुग्यो
मंसिर ७, २०८१ शुक्रबार
चीनले प्रतिबद्धता जनाएको अनुदानमै समस्या छ, बीआरआईमा ऋणको सहमति गर्न सकिन्नः कांग्रेस
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
रुसले युक्रेनमा पहिलो पटक इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइलबाट आक्रमण
मंसिर ६, २०८१ बिहिबार
प्रहरीको दमनविरुद्ध मानव अधिकार आयोगको कार्यालय घेराउ गर्न पुल्चोक पुगे सहकारी पीडित
मंसिर ७, २०८१ शुक्रबार
स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदले स्वास्थ्य मन्त्रालयलाई दियो सैद्धान्तिक सहमती
मंसिर ७, २०८१ शुक्रबार
महिला किसानलाई सुत्केरी भत्तासँगै सरकारी सुविधाको व्यवस्था गर्न माग
मंसिर ७, २०८१ शुक्रबार
प्रादेशिक अस्पताल जलेश्वरमा दुई करोडका उपकरण प्रयोगविहीन
मंसिर ७, २०८१ शुक्रबार
पाकिस्तानमा भएको हमलामा ४३ जनाको मृत्यु : अधिकारी
मंसिर ७, २०८१ शुक्रबार
चीनद्वारा २९ देशका लागि एकपक्षीय भिसा मुक्त नीति लागु : विदेश मन्त्रालय
मंसिर ७, २०८१ शुक्रबार