नेपाल लाइफ सुनौलो भविष्य जीवन बिमा योजना सार्वजनिक
नेपालबहस संवाददाता
चैत १०, २०७९ शुक्रबार २२:८:४९
१० चैच, काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ‘नेपाल लाइफ सुनौलो भविष्य जीवन बिमा’ योजना सार्वजनिक गरेको छ । कम्पनीको प्रधान कार्यालय कमलादीमा आयोजित एक विशेष समारोहबीच बिहीबार कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत अमितकुमार कयालले योजना सार्वजनिक गरेका हुन् ।
आफू तथा आफ्नो परिवारलाई आर्थिक संकटको सामना गर्न नपरोस् र आफ्नो वृद्ध अवस्थासम्म पनि आर्थिक रूपमा कसैको भर पर्न नपरोस् भन्ने सामाजिक मनोविज्ञानलाई आत्मसात् गर्दे एकै बिमा योजनाबाट दुई किसिमको सुविधा उपयोग गर्न पाउने गरी सो योजना सार्वजनिक गरेको कम्पनीले जनाएको छ ।
‘सुरक्षा, बचत र पेन्सनको साथ, सुनौलो भविष्यको सुरुवात’ भन्ने नाराका साथ नेपाल लाइफ सुनौलो भविष्य जीवन बिमा योजना सार्वजनिक गरिएको हो । यो जीवन बिमा योजना सावधिक अग्रिम भुक्तानी तथा आजीवन बिमा ‘मुनाफामा सरिक हुने’ हो, जसमा बिमितको प्रवेश उमेर १८ वर्षदेखि ६५ वर्ष रहने तथा बिमा शुल्क भुक्तानी अवधि न्यूनतम पाँच वर्षदेखि अधिकतम ३५ वर्षसम्म हुनेछ ।
कम्पनीका अनुसार यो योजनाको न्यूनतम बिमांक रकम रु। २५ हजार तथा अधिकतम बिमांक रकम आयस्रोतको आधारमा निर्धारण गर्न सकिनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्वास्थ्य बीमा बोर्डका अध्यक्षबाट लोहनीले दिए राजीनामा
भदौ २८, २०८१ शुक्रबार
सूर्याज्योति इन्स्योरेन्सद्धारा अभिकर्ता सम्मान
भदौ १८, २०८१ मंगलबार
सूर्यज्योति लाइफ इन्स्योरेन्सको नाफा बढ्यो
साउन २८, २०८१ सोमबार
द्वन्द्वकालीन गम्भीर अपराधका घटनामा आममाफी दिइने छैन : प्रधानमन्त्री ओली
असोज १२, २०८१ शनिबार
शनिबार २ बजेसम्ममा देशभर ५० जनाको मृत्यु: १०५३ जनाको उद्धार, १२४४ घर डुबे
असोज १२, २०८१ शनिबार
क्यानडाविरुद्ध नेपालले टस जित्यो
असोज १२, २०८१ शनिबार
विपद् अपडेट : देशभर बाढी, पहिरो र डुबानबाट ८७ जनाको मृत्यु, ७२ बेपत्ता
असोज १२, २०८१ शनिबार
आपत्कालीन उपचारका लागि चौबिसै घण्टा तयार रहन स्वास्थ्यमन्त्री पौडेलको निर्देशन
असोज १२, २०८१ शनिबार
झ्याप्ले खोलामा पहिरोले पुरिएका २ सवारी साधनबाट १४ शव निकायो
असोज १२, २०८१ शनिबार
काठमाडौं उपत्यकामा वर्षाको ‘रेकर्ड ब्रेक’
असोज १२, २०८१ शनिबार