नेपाल प्रहरीको महानिरीक्षकमा वसन्तबहादुर कुँवरलाई नियुक्त गर्ने सरकारको निर्णय
नेपालबहस संवाददाता
चैत १०, २०७९ शुक्रबार २२:५६:१६
१० चैत, काठमाडौं । सरकारले नेपाल प्रहरीको महानिरीक्षक पदमा प्रहरी अतिरिक्त महानिरीक्षक वसन्तबहादुर कुँवरलाई बढुवा गर्ने निर्णय गरेको छ । शुक्रबार अपराह्न बसेको मन्त्रिपरिषद बैठकले कुँवरलाई प्रहरी महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको हो । कुँवर केही दिनअघि मात्र डीआईजीबाट एआईजीमा बढुवा भएका थिए । कुँवर यसअघि मधेश प्रदेशकाे प्रहरी प्रमुख थिए । सरकारले चैत ६ गते कुँवरसँगै डीआईजीहरू टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यलाई एआईजीमा बढुवा गरेको थियो ।
एआईजीहरू विश्वराज पोखरेल, मुकुन्द आचार्य, अरुण बीसी, रवीन्द्रबहादुर धानुक र पूजा सिंहले अनिवार्य अवकाश पाएपछि उनीहरूको ठाउँमा बढुवा ५ डीआईजीको बढुवा गरिएको हो । थापा २०५२ र अरु ४ जना २०५१ सालमा निरीक्षकबाट प्रहरी सेवा प्रवेश गरेका हुन् ।आगामी चैत ११ देखि हालका महानिरीक्षक धीरजप्रताप सिंहसहित २०४९ मा सेवा प्रवेश गरेका सबै अधिकारी ३० वर्षे सेवा अवधिका कारण अवकाशमा जान लागेका छन् ।
हालको ३० वर्षे सेवा अवधि कायमै रहे उनले एक वर्ष प्रहरीको नेतृत्व सम्हाल्नेछन् । तीन दिनअघि मात्रै सरकारले उनीहरुलाई प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको थियो । बढुवा भएपछि महानिरीक्षक धीरजप्रताप सिंहसहित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको भेटमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एआईजी बढुवा विवादरहित भएको भन्दै खुशी व्यक्त गरेका थिए ।
गृह मन्त्रालयले ८ असारमा पहिलो नम्बरमा डीआईजी बढुवा गरेपछि कुँवर वरियतामा अगाडि आएका थिए । एआईजी बढुवासम्म आइपुग्दा उमेर विवादका कारण अर्का दाबेदार अशोक सिंहले राजीनामा दिएपछि उनी महानिरीक्षकका लागि बलियो प्रतिष्पर्धी बनेका थिए । कुँवर प्रहरी नायब महानिरीक्षक छँदा मधेश प्रहरी प्रमुख थिए । एसएसपी छँदा उनले उपत्यका अपराध अनुसन्धान कार्यालयको नेतृत्व समेत गरेका थिए । अर्घाखाँचीका कुँवरले शंकरदेव कलेज काठमाडौंबाट स्नातकोत्तर तहसम्मको अध्ययन गरेका छन् । उनी प्रहरीभित्र हक्की स्वभावका व्यवसायिक अधिकृत मानिन्छन् ।
यत, आजै आईजीपी सिंहसहित ९ उच्च प्रहरी अधिकृतको विदा भएका छन् । प्रहरी महानिरीक्षक (आईजीपी) धीरजप्रताप सिंहसहित उनका ब्याचका ९ वरिष्ठ अधिकारीले ३० वर्षे सेवा हदका कारण अवकाश पाएका हुन् । उनीहरुलाई एक महिना अघि नै प्रहरी किताबखानाले अवकाशको पत्र थमाइसकेको थियो । केन्द्रीय प्रहरी प्रवक्ता पोषराज पोखरेलका अनुसार आईजीपी सिंहसहित अधिकृतहरुको विदाइका लागि शुक्रबार साँझ ५ बजे प्रहरी प्रधान कार्यालय, नक्सालमा विदाइ कार्यक्रम राखिएको छ ।
३० औं आईजीपी कुँवरको जीवनी
नेपाल प्रहरीको ३० औं आईजीपीमा नियूक्त भएका वसन्तबहादुर कुँवरका श्रीमती लक्ष्मी पराजुली र २ छोरा छन् । प्रहरी महानिरीक्षक कुँवरले २०५१ चैत ५ गते प्रहरी निरीक्षक पदबाट नेपाल प्रहरी सेवामा प्रवेश गरेका हुन् ।
व्यावसायिक, निष्ठावान र साहसी प्रहरी अधिकृतको रूपमा पहिचान बनाएका प्रहरी महानिरीक्षक कुँवर २०६३ भदौ ८ गते प्रहरी नायव उपरीक्षकमा बढुवा भएका थिए । २०७१ फागुन १० गते प्रहरी उपरीक्षक र २०७५ फागुन ६ गते प्रहरी वरिष्ठ उपरीक्षक भएका थिए। भर्ना हुँदा अघिल्लो वरियतामा रहेका कुँवर डीएसपी, एसपी र एसएसपीमा बढुवा हुँदा भने पछि पारिएका थिए । तर २०७९ असार १७ गते प्रहरी नायव महानिरीक्षकमा पहिलो नम्बरमा बढुवा भएसँगै कुँवरलाई भावी आईजीपीका रुपमा हेरिएको थियो ।
२०७९ चैत ६ गते प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति हुँदा पनि पहिलो वरियतामै बढुवा भए । त्रिभुवन विश्वविद्यालयबाट व्यापार प्रशासनमा स्नातकोत्तर (एमबिए) शैक्षिक योग्यता हासिल गरेका छन् । प्रहरी महानिरीक्षक कुँवर अन्तर प्रदेश प्रहरी कार्यदक्षता मूल्याङ्कन २०७३ मा सर्वोत्कृष्ट जिल्ला प्रहरी प्रमुख हुन सफल भएका थिए । त्यतिबेला जिल्ला प्रहरी कार्यालय चितवनमा कार्यरत रहँदा पुलिस व्याटन २०७३ प्राप्त गरेका थिए ।
उनले प्रहरी सेवाको क्रममा सुप्रबल जनसेवा श्री, गोरखा दक्षिणबाहु चौथो, संयुक्त राष्ट्र संघ पदक, गद्दी आरोहण रजत पदक, वीरेन्द्र ऐश्वर्य सेवा पदक, दैवीप्रकोप पीडितोद्वार पदक, दुर्गम सेवा पदक लगायतका विभूषणबाट विभूषित भएका छन् । यसैगरी उनले उत्कृष्ट ढंगले जिम्मेवारी वहन गरेको भन्दै १७ पटक नगद पुरस्कार प्राप्त गरेका छन् ।
उनले प्रहरी निरीक्षक आधारभूत तालिमसँगै मानव अधिकार प्रशिक्षक प्रशिक्षण तालिम, विशिष्ट व्यक्तिको सुरक्षा तालिम, अपराध अनुसन्धान तालिम, प्रशिक्षक प्रशिक्षण तालिम, ईन्भेस्टिगेटिभ ईन्टरभ्यु ट्रेनिङ कोर्ष, जमीनमुनीको विष्फोटक पदार्थ र अन्य विष्फोटन सामाग्रीको सामान्य जानकारी, कोर्ष अन ह्युमेनराइट्स एण्ड ल इन्फोर्समेन्टको तालिम गरेका छन् ।
स्थानीय संस्थाहरूको लागि क्षमता निर्माण, अपराधिक अनुसन्धान विधि तालिम, ट्रेनिङ अफ ट्रेनर्स अन प्रिभेन्सन अफ जेण्डर बेस्ड भ्वायलेन्स एण्ड एचआईभी एड्स, प्रजातान्त्रिक प्रहरी र मानवाधिकार तालिम, महिला तथा बालबालिकासम्बन्धी अपराध अनुसन्धान माष्टर प्रशिक्षक प्रशिक्षण तालिम, करप्सन एण्ड फाईनान्सियल ईन्भेष्टिगेसन मेथोडोलोजी ट्रेनिङ वर्कसप फर सिआईएए नेपाल, अपराध व्यवस्थापन कोर्ष, द्वन्द्व व्यवस्थापन तालिम र रेजनल सिनियर मिसन लिडर्स कोर्सलगायत विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तालिम हासिल गरेका छन् ।
प्रहरी महानिरीक्षक कुँवरले प्रहरी निरीक्षक र प्रहरी नायव उपरीक्षक हुँदा गुल्मी, सुनसरी, सिन्धुली, मोरङ, दाङ, रोल्पा, काठमाडौं, नवलपरासी र डोटीमा खटिएका थिए । प्रहरी नायव उपरीक्षकमा मनाङ, गोरखा, धादिङको जिल्ला प्रहरी प्रमुखका रुपमा काम गरेका थिए भने प्रहरी उपरीक्षक भएपछि चितवन र नुवाकोट जिल्लाको कमाण्ड गरेका थिए ।
प्रहरी वरिष्ठ उपरीक्षक भएपछि केन्द्रीय प्रहरी प्रवक्ताको जिम्मेवारी सम्हालेका उनले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र प्रहरी युक्ति तालिम महाविद्यालय नवलपरासीमा काम गरेको अनुभव छ । प्रहरी नायव महानिरीक्षकमा मधेश प्रदेश प्रहरी प्रमुख र नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभागमा काम गरेका थिए। उनमा संयुक्त राष्ट्र संघीय मिसन सुडान र लाइबेरियामा काम गरेको पनि अनुभव छ । कुँवर २०७९ चैत ६ मा प्रहरी अतिरिक्त महानिरीक्षकमा पदोन्नति भएका हुन् ।
अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका १ मा विसं २०२६ चैत १५ गते जन्मिएका हुन्। भीम बहादुर कुँवर र नमकला कुँवरका छोरा वसन्तका दाजु बाबुराम कुँवर गण्डकी प्रदेश प्रमुख भइसकेका छन् । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका १ मा विसं २०२६ चैत १५ गते जन्मिएका हुन् । भीम बहादुर कुँवर र नमकला कुँवरका छोरा वसन्तका दाजु बाबुराम कुँवर पूर्व महान्यायाधिवक्ता पनि हुन । ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनवीनतम् र रचनात्मक कार्य गर्न प्रहरी महानिरीक्षकको निर्देशन
मंसिर १०, २०८१ सोमबार
नेपाल प्रहरीका ८ जना डीआईजीमा बढुवाका लागि सिफारिस
मंसिर १०, २०८१ सोमबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
तेलङ्गाना सरकारले अदानी समूहबाट प्राप्त एक अर्बको अनुदान अस्वीकार गर्ने
मंसिर १०, २०८१ सोमबार
परराष्ट्र मन्त्री आरजु राणा देउवाको चीन भ्रमण स्वीकृत
मंसिर १०, २०८१ सोमबार
धितोपत्र बोर्ड अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ नियुक्त
मंसिर १०, २०८१ सोमबार
विश्वमा हरेक १० मिनेटमा एक महिलाको मृत्यु : राष्ट्रसंघ
मंसिर १०, २०८१ सोमबार
कुमारी बैंककाे उद्यमी प्रशिक्षण कार्यक्रम माेरङकाे बेलबारीमा
मंसिर १०, २०८१ सोमबार