रास्वपाद्वारा उपनिर्वाचन हुने ३ वटै क्षेत्रमा परिचालन समिति गठन
नेपालबहस संवाददाता
चैत १०, २०७९ शुक्रबार २३:३३:१३
१० चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले १० वैशाखमा हुने उपनिर्वाचनमा तीनवटै क्षेत्रमा उम्मेदवार उठाउने निर्णय गरेको छ । शुक्रबार बसेको केन्द्रीय समिति बैठकले उपनिर्वाचन हुने चितवन–२, तनहुँ–१ र बारा–२ मा उम्मेदवारी दिने निर्णय गरेको सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए । ‘हामीले उपनिर्वाचन हुने तीनवटै क्षेत्रमा आफ्नो उम्मेदवार उठाउछौं’ उनले भने ।
बैठकले उपनिर्वाचन हुने ३ वटै क्षेत्रमा निर्वाचन परिचालन समिति पनि गठन गरेको छ । जसमा चितवनमा उपसभापति डोलप्रसाद अर्याल, तनहुँमा सहमहामन्त्री कबिन्द्र बुर्लाकोटी र बारामा गणेश कार्की संयोजक तोकिएका छन् ।
वैशाख १० मा हुने उपनिर्वाचनमा हामीले तीनै क्षेत्रमा एकल उमेदवारी दिने निर्णय गर्दै उपनिर्वाचनका लागि चुनावी ‘कमान्डर’ पनि तोकेको छ । निर्वाचन परिचालनका लागि चितवन–२ मा पार्टी उपसभापति तथा संसदीय दलका नेता डोलप्रसाद अर्याललाई जिम्मेवारी दिइएको छ ।
यस्तै, बारामा केन्द्रीय सदस्य गणेश कार्की र तनहुँका लागि सहमहामन्त्री कविन्द्र बुर्लाकोटीलाई जिम्मेवारी दिइएको छ । बैठकले परिस्थिति हेरेर सरकारमा सहभागी हुने/नहुनेबारे निर्णय गर्ने निष्कर्ष निकालेको छ । सरकारलाई दिएको समर्थन यथावत् राखे र निर्वाचन फोकस भएर सरकार सहभागिताको विषयमा छलफल गरिएको बताएको छ । बैठकले केन्द्रीय समितिबाट राजीनामा दिएका महेश्वर घिमिरेको राजीनामा स्वीकृत गर्ने विभाग तथा समिति गठनका विषयहरूमा छलफल गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्रपति पौडेलसमक्ष तीन देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस
मंसिर ७, २०८१ शुक्रबार
प्रधानमन्त्री ओलीसँग भारतीय सेनाध्यक्ष द्विवेदीको भेट
मंसिर ७, २०८१ शुक्रबार
उपनिर्वाचनको तयारीमा लाग्न कांग्रेसले पठायो सर्कुलर
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
पत्नी बानोसँग रहमानको सम्बन्धविच्छेदमा जोडियो मोहिनीको नाम
मंसिर ७, २०८१ शुक्रबार
लेबनानमा सन् २०२३ अक्टोबर ७ पछि २२६ स्वास्थ्यकर्मीको मृत्यु
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
कोलेस्ट्रोल नियन्त्रणमा राख्न चाहनुहुन्छ ? खाली पेटमा अदुवाको जुस पिउनुहोस्
मंसिर ७, २०८१ शुक्रबार
उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगमा निजी क्षेत्रलाई समावेश
मंसिर ७, २०८१ शुक्रबार
अस्ट्रेलियाविरुद्ध भारतको कमब्याक, बुमराहले लिए चार विकेट
मंसिर ७, २०८१ शुक्रबार