अनधिकृत परीक्षा दिइरहेका ८२ विद्यार्थीको उत्तर पुस्तीका महानगरले लियो नियन्त्रणमा
![आबिद हुसेन](
https://nepalbahas.prixacdn.net/media/albums/aabid_hussia__essGOst6fZ.jpg
)
आबिद हुसेन
चैत १०, २०७९ शुक्रबार २३:३८:४३
![](https://nepalbahas.prixacdn.net/media/albums/exam-1-e1679659689838_lHSz1LeApN.jpg)
१० चैत, बीरगन्ज । कक्षा ८ को महानगर स्तरीय परीक्षाको अनधिकृत परीक्षा केन्द्रमा परीक्षा दिईरहेका ८२ जना विद्यार्थीहरुको उत्तर पुस्तिका बीरगन्ज महानगर पालिका शैक्षिक महाशाखाले नियन्त्रणमा लिएको छ । कक्षा ८ को महानगर स्तरीय परीक्षामा गृह परीक्षा केन्द्र राखिएको छ ।
बीरगन्ज महानगर पालिका वडा न ७ स्थित माईस्थान बाल विधा मन्दिर इन्दु लाखे आधारभूत विद्यालय मा ४ वटा संस्थागत ‘निजि’ विद्यालय का ८२ जना बिद्यार्थीहरुले अनाधिकृत परीक्षा केन्द्रमा परीक्षा दिइरहेका थिए । ग्रीन ल्याण्ड माविका ४७ , असीम माविका १७ , एपेक्स इन्टरनेशनल स्कुलका ७ र सालोम माविको १२ जना विद्यार्थीहरुले अनाधिकृत रूपमा परीक्षा दिइरहेका थिए ।
बीरगन्ज महानगर पालिका शैक्षिक महाशाखा का प्रमुख अरविन्द लाल कर्णले सामुदायिक विद्यालयमा अनाधिकृत अन्नपूर्ण पव्लिक कलेज संचालित रहेको र त्यसमा ४ वटा निजी विद्यालयको ८२ जना विद्यार्थीहरुको उत्तर पुस्तिका नियन्त्रणमा लिएको र आ आफ्नो विद्यालयमा परीक्षा लिन निर्देशन दिइएको बताए ।
बीरगन्ज महानगरमा आधारभूत तह कक्षा ८ को परीक्षामा सामुदायिक तर्फको ३४ विद्यालय का ३ हजार ४ सय ५० विद्यार्थी र संस्थागत ‘निजी’ तर्फ को ८३ विद्यालयको २ हजार ४ सय १२ जना विद्यार्थी सहित कुल ५ हजार ८ सय ६२ विद्यार्थीहरु सहभागी छन् ।
आबिद हुसेन
आबिद हुसेन नेपालबहस डटकमका मधेश प्रदेश प्रमुख हुन् । बिगत डेढ दशकदेखि विभिन्न सञ्चारमाध्यममा सक्रिय पत्रकारिता गर्दै आएका हुसेनले एफएम रेडियो, टेलिभिजन एवं पत्रपत्रिकाहरुमा आबद्ध रही काम गर्दै आएका छन् । हुसेन यसअघि सगरमाथा टेलिभिजन, क्राइम टुडे मासिकको बीरगञ्ज संवाददाता तथा बीरगञ्जबाट प्रकाशित हुने दिशानिर्देश अनलाइनमा सम्बद्ध रहेका छन् ।
लेखकबाट थपकार्यसम्पादनमा सुदूरपश्चिम उत्कृष्ट, मधेस सबैभन्दा कमजोर
फागुन २, २०८१ शुक्रबार
शिक्षकको अभाव टार्न प्रदेश स्वयंसेवक शिक्षक परिचालन गर्दै मधेस सरकार
फागुन २, २०८१ शुक्रबार
वन्यजन्तुको बसाइ गाउँबस्ती नजिक, स्थानीय जनता प्रभावित
माघ २८, २०८१ सोमबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
बन्दीपुर–६ का सचिव कुट्ने वडाध्यक्ष पक्राउ
फागुन ५, २०८१ सोमबार
प्रतिनिधिसभाबाट ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१’ सर्वसम्मतिले पारित
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओलीद्वारा टरिगाउँ विमानस्थल अवलोकन
फागुन ५, २०८१ सोमबार
३ थान भरुवा बन्दुकसहित दुई जना पक्राउ
फागुन ५, २०८१ सोमबार
‘प्रहरी विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत
फागुन ५, २०८१ सोमबार