गठबन्धन सरकारप्रति अध्यक्ष ओलीको अक्षम्य टिप्पणी
नेपालबहस संवाददाता
चैत १०, २०७९ शनिबार ३:३:१६
१० चैत, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान प्रचण्ड नेतृत्वको सरकारप्रति कडा टिप्पणी गरेको छन् । उनले राम्रो होस र सप्रियोस भनेर जति सुभाव र सल्लाह दिँदा पनि त्यसलाइृ ग्रहण नगरेको भन्दै अहिलेको सरकारलाई सुभाव दिनु र भैसीका अगाडी बीन बजाउने उस्तै भएको बताएका छन् । शुक्रबार काठमाडौंको भृकुटीमण्डपमा जारी जुत्ता चप्पल व्यापार मेलामा आयोजित कार्यक्रमलाई सम्बोधन ओलीले घुमाउरो पारामा देशका उद्योगधन्दा कांग्रेसले बेचेको आरोप लगाएका छन् ।
ओलीले नेकपा माओवादी तर्फ लक्षित गर्दै हिजोका दिनमा लुटेर चुत्ता चप्पल लगाउनेहरुले अहिले भन्सारकामाध्याम बाट लुटेरै लगाई रहेको बताए । उनले लुटेर लगाउनु र भन्सारतिरबाट लुट फस्र्यौट गर्नु एउटै भएको बताए । उनले भन्सारमा नेपालबाट उत्पादन भएका बस्तुलाई सहुलियत दिनुपर्नेमा बढि शुल्क राखेर लुटिएको बताए । यस्ता विषयमा सुभाव दिँदा सरकारले आफ्ना सुझावको मतलब नै नराख्ने गरेको उनको भनाई छ ।
नेपाली उद्योगको बचाउका लागि सरकारले कच्चा पदार्थको आयात सहज र सस्तो बनाउनुपर्नेमा उल्टै कसरी हुन्छ लुट्ने काम मात्र गरिहेको बताए । नेता ओलीले भने, ‘हुन त अहिलेको सरकारलाई सुझाव दिने भनेको हिन्दी उखान, भैँसके आगे बीन बझाए, भैँस रहे पगराए भने जस्तै छ । भैँसीको अगाडि बीन बजायो भने उग्राएर बस्छ । त्यो केही मतलब राख्दैन । त्यस्तै हो । अहिलेको सरकारलाई सुझाव दिने कुरा पनि । हिजो लुटेर लिएर जुत्ता लगाउनु र आज भन्सारतिरबाट लुटफस्र्योट गर्नु एउटै कुरा हो । तपाईँहरुको अघि मैले भने नि । ५०÷५३ प्रतिशत त लुटेकै छ नि त ।’
ओलीले स्वदेशी उत्पादनले संरक्षण नपाएको भन्दै त्यसलाईं संरक्षण दिएर आवश्यक कच्चा पदार्थको सहज र सस्तोमा पाउने अवस्था गर्नुपर्ने नेपाली उत्पादनमाथिको भ्रष्ट हस्तक्षेप भएको बताए । व्यापारिक क्षेत्र र सरकारी क्षेत्रमा भएको भ्रष्ट र लुटतन्त्रलाई रोक्नु पर्ने बताए । ओलीले स्वदेशी वस्तुको उत्पादनमा बढावा दिन सरकारले नै स्वदेशी वस्तुको उपयोग हुने खालको नीतिलाई जोड दिनुपर्ने बताएका थिए । अधिकांस समय ओलीले सरकारको आलोचनामै खर्चिएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचीन भ्रमणबारे छलफलपछि ओलीले बोलाए मन्त्रिपरिषद्
मंसिर १०, २०८१ सोमबार
बीआरआइबारे देउवाले भने, प्रधानमन्त्रीले चीनसँग अनुदानको कुरा गर्नुहुन्छ, ऋण होइन
मंसिर १०, २०८१ सोमबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै
मंसिर १०, २०८१ सोमबार
सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै
मंसिर १०, २०८१ सोमबार
'बीबी माइनस' को ग्रेड प्राप्ति नेपालका लागि सञ्जीवनी बुटीः सीबीफिन
मंसिर १०, २०८१ सोमबार
नवीनतम् र रचनात्मक कार्य गर्न प्रहरी महानिरीक्षकको निर्देशन
मंसिर १०, २०८१ सोमबार
सुदूरपश्चिम रोयल्सका विदेशी खेलाडी मेन्टर हज नेपालमा
मंसिर १०, २०८१ सोमबार
अपहरण गरी २ लाख फिरौती मागेको आरोपमा बीरगञ्जमा दुई जना पक्राउ
मंसिर १०, २०८१ सोमबार