बागमतीमा जम्कट्टेल सुरक्षित, गण्डकी र लुम्बिनीमा हानाथप
नेपालबहस संवाददाता
चैत ११, २०७९ शनिबार १३:४७:२३
११ चैत, काठमाडौं । गत पुष १० मा भएको सहमति भाडिएपछि संघीय सरकाबाट बाहिरिएको नेकपा एमालेलाई प्रदेशमा धक्का लागेको छ । बाग्मती प्रदेशबाट मन्त्रीहरुले राजीनामा दिएपछि एमाले प्रतिपक्षमा पुगेको छ । लुम्बिनी प्रदेशमा पनि आइबारभित्र एमाले नेतृत्वको सरकार ढल्दैछ भने गण्डकीमा प्रदेशमा माओवादीले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री खगराज अधिकारी मुख्यमन्त्रीबाट हट्दैछन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको लिएपछि प्रदेश सरकारहरु उथलपुथल भएका छन् ।
राष्ट्रपति निर्वाचनको पृष्ठभूमिमा केन्द्रमा भएको राजनीतिक समीकरण परिवर्तनले प्रदेशको सत्तामा पनि एमालेलाई प्रभाव पारेको छ । बाग्मती प्रदेशमा मुख्यमन्त्री कायम रहेने देखिएको छ । माओवादीबाट मुख्यमन्त्री बनेको शालिग्राम जम्कट्टेलले शुक्रबार नै विश्वासको मत पाइसकेका छन् । उनलाई नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीले विश्वासको मत दिएका छन् । मुख्यमन्त्री नियुक्त भएको तीन महिना पनि पूरा हुन नपाउँदै उनले दोस्रोपटक विश्वासको मत लिनुपर्यो ।
केन्द्रमा सत्ता समीकरण परिवर्तन भएसँगै राप्रपाका ३ जना मन्त्रीहरुले फागुन १३ गते राजीनामा दिंदै सरकारको समर्थन समेत फिर्ता लिएका कारण मुख्यमन्त्री जम्कट्टेलले शुक्रबार पुनः विश्वासको मत लिएका हुन् उतल लुम्बिनीमा सरकारको नेतृत्व लिने निर्णय गर्दै कांग्रेसले अन्य दललाई सरकार छोड्न आग्रह गरेको छ । लुम्बिनीमा शुक्रबारमा बसेको बैठकले सरकार गठन गर्ने निर्णय गर्दै एमाले नेतृत्वको सत्ता साझेदार दलमा सहभागी माओवादी केन्द्रसहितका साना दललाई सरकारबाट बाहिरिन आग्रह गरेको हो ।
लुम्बिनी प्रदेश पार्टीको मुख्य आधार क्षेत्र भन्दै माओवादीले पनि आफ्नै नेतृत्वमा सरकार गठनको प्रयास गरिरहेको छ । तर, माओवादी भित्रको आन्तरिक विवादले निर्णय गरेर अघि बढ्न सकेको छैन् । चुनाव अघिको सरकार कांग्रेसको सहयोगमा माओवादीले नेतृत्व गरेकाले अहिले कांग्रेसले नेतृत्वका लागि निर्णय गर्नु स्वभाविक रहेको कांग्रेस लुम्बिनी संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले बताए । कांग्रेसकै नेतृत्वमा अबको केही दिनमा सरकार गठन प्रकृया सुरु हुने उनले बताए ।
लुम्बिनी प्रदेशमा कांग्रेसका २७ प्रदेश सभा सदस्य छन् । एमालेका २९, माओवादी केन्द्रका १०, राप्रपा र नागरिक उन्मुक्तिका ४÷४, जसपा, लोसपा, जनमतका ३÷३ सदस्य छन् । नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका १÷१ सदस्य छन् । स्वतन्त्रबाट २ प्रदेशसभा सदस्य निर्वाचित भएका छन् । स्वतन्त्रका २ मध्येपनि एक जनाले माओवादी रोजेको भन्दै माओवादीका संसदीय दलका नेतालाई जानकारी दिएका छन् । कांग्रेसले एमालेबाहेकका अन्य सबै दललाई समेटेर आफ्नो नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरेको हो ।
एमाले बाहेकका अन्य सबै दललाई समेटेर सरकार बनाउने प्रयास भइरहेका नेता डिल्ली चौधरीले बताएका छन् । कांग्रेस संसदीय दलको शुक्रबारको बैठकमा कांग्रेसका २७ मध्ये २३ जना सहभागी थिए । कांग्रेस नेता एवं पूर्व मन्त्री बिरबहादुर रानाले सरकार गठनका लागि साना दलसँग छलफल गर्न र शक्ति बाँडफाँटमा निर्णय लिन पनि दलको नेतालाई जिम्मेवारी प्रदान गरिएको छ । कांग्रेसले मुख्यमन्त्रीसहित अहिले एमालेले लिएका मन्त्रालय नछोड्ने गरी छलफल गर्न बैठकलले दल नेतालाई जिम्मेवारी दिएको छ ।
माओवादीले पनि बिहीबार संसदीय दलको बैठक बसेर सरकारलाई दिएको समर्थन फिर्ता लिने विषयमा निर्णय गर्ने प्रयास गरेको थियो । तर, आन्तरिक विवादका कारण माओवादीको संसदीय दलको नेता नै परिवर्तनको आवाज चर्को उठेपछि सरकारबाट बाहिरिने विषय प्राथमिकतामा परेन । त्यसले सरकार गठनकै तयारी गरिरहेका कांग्रेस र साना दलहरु सशंकित भएका छन् । माओवादीको आन्तरिक विवाद समाधानका लागि माओवादीको पोलिटब्यूरो सदस्य एवं लुम्बिनी प्रदेश इन्चार्ज चन्द्रप्रकाश खनाल र प्रदेश अध्यक्ष सुदर्शन बरालले प्रयास गरिरहेका छन् ।
गण्डकी प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । शुक्रबार बसेको माओवादी संसदीय दलको बैठकले एमाले नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो । गण्डकीमा अब बन्ने सरकारको नेतृत्व कांग्रेस दाबी गरिरहेको छ । नेपाली कांग्रेस प्रदेश संसदीय दलको नेता गोरखाबाट निर्वाचित सुरेन्द्र पाण्डे र स्याङजाबाट निर्वाचि भोजराज अर्याल छन् । लुम्बिनी र गण्डकीको मुख्यमन्त्रीका लागि कांग्रेस र माओवादीबीच हानाथाप छ । दुबैदलले समान दावी गरेरहेका छन् । अलोपालो सरकारमा सहमति जुटाउन केन्द्रीय नेताहरु लागि रहेका छन् ।
गठबन्धनलाई कोशी प्रदेशमा भने मुख्यमन्त्री हटाउन समस्या छ । कोशी प्रदेशमा एमालेका हिक्मत काकी मुख्यमन्त्री छन् । माअहोवादीले सरकारबाट समर्थन लिँदा उनी नेतृत्वको सरकार ढल्छ । तर, अर्को सरकार बनाउन कठिन छ । अहिले राप्रपासहित गर्दा एमालेसँग ४६ सीट र भने गठबन्धनसँग पनि ४६ सीट मात्र छ । राप्रपाले साथ दिएमात्र गठबन्धनको सरकार बन्छ । नत्र मध्यावधी निर्वाचन घोषणा हुने सम्भावन यो प्रदेशमा बढी देखिन्छ ।
९३ सिट रहेको कोशी प्रदेशसभामा नेकपा एमालेले प्रत्यक्षतर्फ २५ र समानुपातिकतर्फ १५ गरी ४० सीट जितेर पहिलो दल बनेको थियो । प्रत्यक्षमा १७ र समानुपातिकमा १२ सहित २९ सीट जितेर कांग्रेस दोस्रो तथा प्रत्यक्षमा ९ र समानुपातिकमा ४ सहित १३ सीट जितेर माओवादी तेस्रो दल बनेको छ । राप्रपाले प्रत्यक्षमा दुई र समानुपातिकमा चार गरी र ६ सीट जितेर चौथो दल बन्दा एकीकृत समाजवादीले प्रत्यक्षमा ३ र समानुपातिकमा एकसहित चार सीट जितेको छ । प्रत्यक्षमा कुनै जित ननिकालेको जसपाले समानुपातिकमा एक सीट पाएको छ । त्यहाँ सरकार बनाउन ४७ सीट चाहिन्छ ।
मधेश प्रदेशमा एमाले अगाडी भएपनि यो प्रदेशमा राष्ट्रपतिको निर्वाचन लगत्तै सरकार परिवर्तनको कसरत भएरहेको छ । मधेसमा जसपाको नेतृत्वमा एमालेसहितको सरकार छ । जसपा नयाँ आठ दलीय गठबन्धनमा सामेल रहेकाले मधेस सरकारको नेतृत्व भने तत्काल फेरबदल नहुने देखिएको छ । राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनपछि कांग्रेस, एकीकृत समाजवादी र लोसपा समेत प्रदेश सरकारमा सहभागी भएका छन् । यो अवस्थामा सरकारमा बसिरहनु एमालेका लागि घातक हुन्छ । एमालेले भने मुख्यमन्त्री सरोजकुमार यादवलाई दिएको समर्थन कायम रहेको र सरकार छोड्नुपर्ने अवस्था नआएको बताएको छ ।
१०७ प्रदेशसभा सदस्य रहेको मधेस प्रदेशमा एमालेका २५ सांसद छन् । मधेस सरकारमा हाल एमालेका चार जना मन्त्री र सभामुख छन् । मधेशमा सरकार निर्माणमा बहुमतका लागि ५४ सांसद चाहिन्छ । जसपा संसदीय दलका नेता सरोजकुमार यादवलाई प्रदेशसभाका १० दलमध्ये ७ दल र २ स्वतन्त्र गरी ६३ सांसदले समर्थन गरेका थिए । सरकारमा जसपा, एमाले, माओवादी र जनमत पार्टी छन् । १०७ सीट रहेको मधेस प्रदेश सभामा प्रत्यक्षमा १५ सीट जितेको नेकपा एमालेले समानुपातिकमा ८ सीट थपेर २३ सीट प्राप्त गर्दै पहिलो दल बनेको छ । यस्तै प्रत्यक्षमा १३ सीट जितेको कांग्रेसले समानुपातिकमा सबैभन्दा बढी ९ सीट जिते पनि २२ सीटसहित दोस्रो स्थानमा छ ।
यसअघि मधेशमा पहिलो दल बनेको जसपा यसपालि तेस्रो दल बनेको छ । उसले प्रत्यक्षमा नौ र समानुपातिकमा सातसहित १६ सीट जितेको छ । प्रत्यक्षमा ६ सीट जितेको जनमत पार्टीले समानुपातिकमा ७ सीट हासिल गरी १३ सीटसहित तेस्रो दल बन्दा लोसपाले प्रत्यक्षमा सात र समानुपातिकमा दुई सीट पाएर पाँचौ दल भएको छ । मधेसमा माओवादीले प्रत्यक्ष र समानुपातिकमा चार–चार सीट जितेको छ भने एकीकृत समाजवादीले प्रत्यक्षमा चार र समानुपातिकमा तीन सीट पाएको छ । प्रत्यक्षमा ६ सांसद स्वतन्त्र उम्मेदवारीबाट आएका छन् ।राप्रपा, नेपाल संघीय समाजवादी र नागरिक उन्मुक्ति पार्टीले समानुपातिकतर्फ एक–एक सीट जितेका छन् । मधेशमा अहिलेको गठबन्धनको बहुमत पुग्छ ।
उता, गण्डकीमा माओवादी र राप्रपाको समर्थनमा एमालेबाट खगराज अधिकारी मुख्यमन्त्री धरापमा परेका छन् । ६० सदस्यीय प्रदेशसभामा एमालेका २२, माओवादीका ८ र राप्रपाका २ सदस्य छन् । सरकार निर्माणका ३१ सांसद चाहिन्छ । २७ सीट रहेको कांग्रेस र माओवादी मिल्दा बहुमत पुग्छ । माओवादीले आधाआधा कार्यकाल नेतृत्व लिने गरी अब कांग्रेससँग सहकार्य गरिने माओवादीका एक सांसदले बताए । गण्डकीमा ५ वर्ष नै एमालेलाई नेतृत्व दिनेदुई महिनाअघि भएको सम्झौता पनि रद्ध भएको छ । ।
६० सीट रहेको गण्डकी प्रदेशसभामा २७ सीटसहित कांग्रेस पहिलो दल बनेको थियो । प्रत्यक्षमा १८ सीट जितेको नेपाली कांग्रेसले समानुपातिकतर्फ थप ९ सीट पाएको थियो भने प्रत्यक्षमा १२ सीट जितेको एमालेले समानुपातिकबाट सबैभन्दा बढी १० सीट जितेर २२ सीटसहित दोस्रो ठूलो दल कायम छ । तेस्रो स्थान सुरक्षित गरेको माओवादीले प्रत्यक्षतर्फ चार र समानुपातिकतर्फ तीन गरी सात सीट जितेको छ । यस्तै समानुपातिकमा राप्रपाले २ सीट जित्दा प्रत्यक्षतर्फ नेपाल समाजवादी पार्टीले एक र एक जना स्वतन्त्र उम्मेदवार निर्वाचित भएका थिए ।
यस्तै लुम्बिनीमा पनि सरकार परिवर्तन हुँदैछ । केन्द्रमा फेरिएको समीकरणअनुसार प्रदेश सरकार गठन गर्न लुम्बिनी प्रदेशमा सरकार बनाउने कांग्रेसले औपचारिक घोषण गसिकेको छ ।सरकारमा सहभागी आठ दलमध्ये एमाले र राप्रपाबाहेकका ६ दलसहित कांग्रेस, जनमोर्चा र एकीकृत समाजवादीको यसअघिको संयुक्त बैठकले मुख्यमन्त्री लीला गिरीलाई दिइएको समर्थन एकैसाथ फिर्ता लिने समझदारी गरेका थिए । एमालेबाट मुख्यमन्त्री बनेका गिरीलाई ८ दलका ५७ र दुई स्वतन्त्रसमेत गरी ५९ सांसदले विश्वासको मत दिएका थिए । लुम्बिनीमा कांग्रेसले प्रदेश सरकारको नेतृत्व लिन चाहेको छ ।
८७ सीट रहेको लुम्बिनी प्रदेशसभामा नेकपा एमाले पहिलो दल छ । प्रत्यक्षमा १८ सीट जितेको एमालेले समानुपातिकमा ११ सीट थपेर २९ सीट बनाएको थियो । प्रत्यक्षमा १७ र समानुपातिकमा १० सहित २७ सीट जितेको नेपाली कांग्रेस दोस्रो ठूलो दल छ । प्रत्यक्षमा पाँच सीट जितेको माओवादीले समानुपातिकमा थप चार सीट जितेको नौ सीटसहित तेस्रो दल बनेको छ । त्यस्तै नागरिक उन्मुक्ति पार्टी र राप्रपाले प्रत्यक्ष र समानुपातिकमा समान दुई–दुई सीट जितेका छन् । जसपा र लोसपाले प्रत्यक्षमा दुई र समानुपातिकमा समान एक–एक सीटसहित ३–३ सीट लिएका छन् । जनमत पार्टीले प्रत्यक्ष र समानुपातिकमा १–१ गरी दुई सीट जितेको छ । राष्ट्रिय जनमोर्चाले समानुपातिकमा एक मात्र सिट पाउँदा प्रत्यक्षतर्फ तीन स्वतन्त्र निर्वाचित सांसद छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमहानगर-एमाले द्वन्द्वः प्रधानमन्त्रीबाट कानुनको उपहास ?
मंसिर १०, २०८१ सोमबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
मंसिर ८, २०८१ शनिबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
बंगलादेशमा हिन्दू समुदायका नेता ब्रह्मचारी पक्राउ
मंसिर १०, २०८१ सोमबार
कांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस
मंसिर १०, २०८१ सोमबार
जापान सरकारको सहयोगमा छात्रावास भवन निर्माण
मंसिर १०, २०८१ सोमबार
कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैन: मन्त्री सुडी
मंसिर १०, २०८१ सोमबार