अर्थतन्त्र सम्हाल्ने हिम्मत नभएकाले मन्त्रालय नताक्नूः उपसभापति गुरुङ
नेपालबहस संवाददाता
चैत ११, २०७९ शनिबार २३:४१:६
११ चैत, हेटौंडा । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले देश आर्थिक संकटमा रेहकाले यो स्थितिबाट मुलुकलाई उकास्न सक्ने आँट र हिम्मत भएको व्यक्तिलाई मात्र अर्थ मन्त्रालयको जिम्मेवारी दिनुपर्ने बताएका छन् । उनले वर्तमान सरकारमा सहभागि हुने निर्णय गरिसकेकाले कांग्रेसबाट सरकारमा जाने मन्त्री पनि यस्तै आँट र हिम्मत भएका हुनुपर्ने बताएका छन् ।
शनिबार हेटौंडामा आयोजित नेपाल शिक्षक संघ बागमती प्रदेश कार्यसमितिको दोस्रो अधिवेशन कार्यक्रममा गुरुङले मुलुकलाई कठिन परिस्थितिबाट मुक्त कांग्रेसले नेतृत्व दिनसपर्ने बताए । कांग्रेस सरकरामा जाँदा गृह वा अर्थ मन्त्रालयमध्ये एक लिने चर्चा चलिरहेका बेला अर्थ मन्त्रालयमा पार्टी र नेतालाई गाल पार्ने व्यक्तिलाई यस्तो जिम्मेवारी दिन नहुने बताए ।
मुलुकले भोगिरहेको चरम आर्थिक संकटबाट बाहिर निकाल्न नसके कांग्रेस नालायक ठहरिने भएकाले ं लायक र योग्य मात्र सिंहदरबार छिर्नुपर्ने उनको भनाइ छ । गुरुङले इतिहासमा कांग्रेसलाई नालायक बन्न नदिने दावी पनि गरेका छन् । सपार्न सक्ने आँट,योजना र दृष्टिकोण पनि आफुहरुसँग रहेको बताए । राजनीतिक तरलता छ भनेर कांग्रेसलाई छुट नहुने उपसभापति गुरुङको दावी छ ।
अहिलेको १० राजनीतिक दललाई नेतृत्व गरेर ५ बर्षसम्म स्थायी सरकार चलाउने हिम्मत कांग्रेसले राखेको र सरकारमा गएपछि काम गर्न सकिएन भन्ने छुट अरु पार्टीलाई भएपनि कांग्रेसबाट मन्त्री बन्नेहरुलाई नभएको बताए । मुलुकमा आर्थिक समस्या भइरहेका बेला विदेशबाट आयात गरिएका खादा, माला प्रयोग नगर्ने वतावरणको किास गर्नुपर्ने उनकोभनाइ छ ।
गुरुङले भने, ‘केही समयपछि शिक्षक साथीहरुले तलब पाउनुहुन्छ कि हुन्न मलाई थाहा छैन । गुरुले व्यवहाररुपी ज्ञान पनि दिनुपर्छ । बाहिरबाट आएका माला÷खादा लगाउदिन भन्ने प्रतिबद्धता गर्नुस् । आर्थिक संकट छ । मोचन गर्नुछ । फजुल खर्च गर्नुहुँदैन । त्यो ज्ञान मैंले तपाईंहरुबाट पाउनुपर्छ ।’
उनले संघीय शिक्षा ऐन छिटोभन्दा छिटो ल्याउन पहल गर्ने गुरुङले प्रतिवद्धता जनाउँदै राम्रो भएको सामुदायिक विद्यालयलाई पछ्याउने काम गर्न शिक्षकहरुलाई अनुरोध गरे । हरेक पालिकाले अब एउटा नमुना विद्यालय बनाउनुपर्ने उनको सुझाब थियो । नमुना विद्यालय कस्तो हुनुपर्छ भन्ने उदाहरण दिंदै उनले भने, ‘ठ्याक्कै नाम लिनुपर्दा बुढानिलकण्ठ स्कुल जस्तो । त्यहाँ ३३ प्रतिशतले निशुल्क पढ्छन्, ६७ प्रतिशतले सशुल्क । सशुल्क कसले पढिरहेको छ, निशुल्क कसले पढिरहेको छ थाहा हुँदैन ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएमालेको जागरणसभाः भद्रकालीबाट सुरु भएको र्याली दरबारमार्ग पुग्यो
मंसिर ७, २०८१ शुक्रबार
चीनले प्रतिबद्धता जनाएको अनुदानमै समस्या छ, बीआरआईमा ऋणको सहमति गर्न सकिन्नः कांग्रेस
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
रुसले युक्रेनमा पहिलो पटक इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइलबाट आक्रमण
मंसिर ६, २०८१ बिहिबार
प्रहरीको दमनविरुद्ध मानव अधिकार आयोगको कार्यालय घेराउ गर्न पुल्चोक पुगे सहकारी पीडित
मंसिर ७, २०८१ शुक्रबार
स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदले स्वास्थ्य मन्त्रालयलाई दियो सैद्धान्तिक सहमती
मंसिर ७, २०८१ शुक्रबार
महिला किसानलाई सुत्केरी भत्तासँगै सरकारी सुविधाको व्यवस्था गर्न माग
मंसिर ७, २०८१ शुक्रबार
प्रादेशिक अस्पताल जलेश्वरमा दुई करोडका उपकरण प्रयोगविहीन
मंसिर ७, २०८१ शुक्रबार
पाकिस्तानमा भएको हमलामा ४३ जनाको मृत्यु : अधिकारी
मंसिर ७, २०८१ शुक्रबार