सोमबारभित्र मन्त्रिपरिषद् विस्तारको काम सकिन्छः माओवादी
नेपालबहस संवाददाता
चैत ११, २०७९ शनिबार २३:५१:५६
११ चैत,काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकले सोमबारभित्र मन्त्रिपरिषद् विस्तार गरी संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकलाई अघि बढाउने निर्णय गरेको छ । माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा शनिबार बसेको पदाधिकारी बैठकमा संसद्लाई प्रभावकारी बनाउने, मन्त्रिपरिषद् विस्तार र पार्टीलाई अगाडि बढाउने विषयमा छलफल भएको थियो ।
माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले सोमबारसम्म मन्त्रिपरिषद् विस्तारको काम सक्ने बताए । उनले सत्तारुढ गठबन्धनमा सहभागी राजनीतिक दलहरूसँग प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छलफल गरेर मन्त्रिपरिषद् विस्तारलाई टुंगोमा पुयाउने जिम्मा बैठकले दिएको बताए ।
उनले भने,‘पदाधिकारी बैठकमा मन्त्रिपरषद् विस्तार बढीमा पर्सि (सोमबार)सम्म गर्ने भन्ने छ । मन्त्रिपरिषद् विस्तारको काम अल्झिएको छैन । प्रधानमन्त्रीलाई गठबन्धनमा रहेका दलहरूले एक्लाएक्लै छलफल गरेर प्रस्ताव तयार गर्न भन्नुभएको थियो । प्रस्ताव तयार भएको र आइतबार वा सोमबार बैठक बसेर मन्त्रिपरिषद् विस्तार हुन्छ ।’
पदाधिकारी बैठकमा संसद्लाई प्रभावकारी रूपमा अगाडि बढाउने विषयमा पनि छलफल भएको पौडेलले बताए । ’संसद्लाई सुचारु गर्ने बारेमा छलफल भयो । संसद्लाई प्रभाकारी रूपमा कसरी अगाडि लैजाने भन्ने विषय थियो । गठबन्धनमा रहेका दलहरूसँग छलफल गरेर संक्रमणकालीन न्यायसँग सम्बन्धित कानुन टुंगो लगाउनेबारे छलफल भएको यसलाई चाँडो टुंग्याउनुपर्ने पक्ष्ँमा पार्टी पनि रहेको बताए ।
सरकारका कामसँग पार्टीलाई जोड्ने विषयमा पनि छलफल भएको पौडेलको भनाइ थियो । ’सरकार र पार्टीलाई कसरी जोड्ने भन्ने बारेमा पनि कुरा भयो । गठबन्धनलाई साथमा लिएर जनताले उठाएको जनसरोकारका विषयहरू पार्टीसँग जोडेर पार्टी र सरकारलाई सँगै लिएर जाने छलफल भयो,’ उनले भने । प्रदेशका सरकारहरूमा आलोपालो गर्ने तथा संघीय सरकारको नीति तथा कार्यक्रमसँग जोडेर प्रदेश सरकारलाई पनि गतिशील बनाउने गरी अघि बढ्नेबारेमा माओवादीमा छलफल भएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएमालेको जागरणसभाः भद्रकालीबाट सुरु भएको र्याली दरबारमार्ग पुग्यो
मंसिर ७, २०८१ शुक्रबार
चीनले प्रतिबद्धता जनाएको अनुदानमै समस्या छ, बीआरआईमा ऋणको सहमति गर्न सकिन्नः कांग्रेस
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
रुसले युक्रेनमा पहिलो पटक इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइलबाट आक्रमण
मंसिर ६, २०८१ बिहिबार
सत्ता पक्षको जागरण सभाले सर्वसाधारणलाई सास्ती
मंसिर ७, २०८१ शुक्रबार
प्रहरीको दमनविरुद्ध मानव अधिकार आयोगको कार्यालय घेराउ गर्न पुल्चोक पुगे सहकारी पीडित
मंसिर ७, २०८१ शुक्रबार
स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदले स्वास्थ्य मन्त्रालयलाई दियो सैद्धान्तिक सहमती
मंसिर ७, २०८१ शुक्रबार
महिला किसानलाई सुत्केरी भत्तासँगै सरकारी सुविधाको व्यवस्था गर्न माग
मंसिर ७, २०८१ शुक्रबार
प्रादेशिक अस्पताल जलेश्वरमा दुई करोडका उपकरण प्रयोगविहीन
मंसिर ७, २०८१ शुक्रबार