खेल क्षेत्रको विकासका लागि सरकार लागिपरेको छ : प्रधानमन्त्री
नेपालबहस संवाददाता
चैत ११, २०७९ आइतबार ०:२७:१५
११ चैत, चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले खेलकुदलाई प्राथमिकतामा राखेर काम गरेको बताएका छन । आजदेखि पटिहानीमा सुरु भएको नेपाल कराँते महासङ्घको महाधिवेशनलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै उनले खेल क्षेत्र देशको मात्रै नभएर अन्तर्राष्ट्रिय गौरवको विषय भएको बताएका हुन ।
उनले भने, “खेल क्षेत्रको विकासका लागि सरकार लागिपरेको छ । खेलकुदका क्षेत्रमा बजेट बढाउन सरकार लागेको छ ।” खेलकुदका क्षेत्रमा लगानी बढाउन सके यस क्षेत्रले अन्तर्राष्ट्रियस्तरमा गौरव बढाउने उनले बताए । पछिल्लो समय खेल क्षेत्रमा नेपालको प्रगतिले सरकारलाई लगानी गर्न बाध्य बनाएको बताउँदै उनले खेलकुद क्षेत्र चलायमान हुन आवश्यक रहेको बताए । विगत १० वर्षदेखि अधिवेशन हुन नसकेको कराँते महासङ्घले अधिवेशनपछि आफ्नो गतिविधि बढाउनेमा उनले विश्वास व्यक्त गरे।
कार्यक्रममा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले पर्यटनसँग खेललाई जोडेर अघि बढाउनुपर्ने बताए । देशमा खेल क्षेत्रले फड्को मारिरहेको समयमा कराँतेले पनि सोहीअनुसार विकास गर्न सक्नुपर्ने उनको भनाइ थियो ।
सो अवसरमा राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टङ्क घिसिङ, भरतपुर महानगरपालिका–२२ का वडाध्यक्ष विष्णुराज महतो र कराँते महासङ्घका अध्यक्ष युवराज लामालगायतले बोलेका थिए । महाधिवेशनमा देशभरमा ७६ जना प्रतिनिधि सहभागी भएका छन् । उनीहरूले अध्यक्ष, सात उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष र सात जना कार्यसमिति सदस्यसहित २१ सदस्यीय नयाँ कार्यसमिति चयन गर्ने छ । यस्तै हरेक प्रदेशले एक–एक जना केन्द्रीय सदस्य प्रदेशले नै छानेर पठाउने छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाली पार्कर खेलाडी सुनार गिनिज बुकमा नाम लेखाउन सफल
पुष ७, २०८१ आइतबार
बक्सिङ डे टेस्टमा भारतको रेकर्ड कस्तो रह्यो ?
पुष ५, २०८१ शुक्रबार
तनहुँमै पहिलो पटक ह्विलचियर बास्केटबल प्रतियोगिता हुने
मंसिर २९, २०८१ शनिबार
मेयर कप भेट्रान फुटबल हुने
पुष १०, २०८१ बुधबार
काठमाडौंको बौद्ध जोरपाटीबाट स्रोत नखुलेको ९२ लाखसहित तीन जना पक्राउ
पुष १०, २०८१ बुधबार
ग्रीनल्याण्डबारे ट्रम्पको भाषण सुनेर डेनमार्क त्रसित, विश्वभर हलचल
पुष १०, २०८१ बुधबार
दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषण अन्तिम चरणमा
पुष ११, २०८१ बिहिबार
वीरगञ्जबाट डिजेल आयात घट्यो, पेट्रोल बढ्यो
पुष ११, २०८१ बिहिबार
यु–१९ क्रिकेटः महिला टिमको बन्द प्रशिक्षण सुरु
पुष ११, २०८१ बिहिबार
स्वास्थ्य सेवाको सुदृढीकरणका लागि सम्मेलन आयोजना गर्दै स्वास्थ्य मन्त्रालय
पुष ११, २०८१ बिहिबार
‘एआई’ शिक्षासम्बन्धी पाँचौँ संस्करणको कार्यक्रम ललितपुरमा हुने
पुष ११, २०८१ बिहिबार
लिम्बू कला–संस्कृति संरक्षणमा जुट्दै नयाँ पुस्ता
पुष ११, २०८१ बिहिबार