कांग्रेसको प्रगतिबारे धुम्बाराहीमा ब्रिफिङ, आधिकारिक निर्णय सोमबार !
नेपालबहस संवाददाता
चैत ११, २०७९ आइतबार २:१८:५१
११ चैत्र, काठमाडौं । नेपाली कांग्रेसले सरकारमा सहभागि, मन्त्रिपरषिद विस्तार र संसदीय गतिविधिमा भइरहेका कामका विषयामा पदाधिकारी तहमा छलफल गरेको छ । बैठकमा नयां समीकरणपछि सत्ता गठबन्धनमा भइरहेका छलफल र त्यसमा भइरेहका काम र प्रगतिबारे उपसभापति पूर्णबहादुर खड्काले ब्रिफिङ गरेका थिए भने संसदीय गसतसवसधबारे प्रखुख सचेतक रमेश लेखकले ब्रिफिङ गरेका थिए ।
आजको बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वको सरकारलाई पूर्णता दिने कसकसलायृ मन्त्रिपरिषदमा पठाउन सकिन्छ भन्नेबारे सामान्य छलफल भएको छ । सभापति शेरबहादुर देउवा निवास धुम्बाराही शनिबार साँझ बसेको बैठकमा उपसभापति पूर्णबहादुर खड्काले मन्त्रालयको भागबन्डामा कांग्रेसले पाउने मन्त्रालयको संख्या टुंगो लागि नसकेको जानकारी गराएका थिए ।
बैठकमा खड्काले पार्टीबाट ८ मन्त्रालयको दाबी रहे पनि गठबन्धनभित्रबाट ७ मात्रै दिन सकिने कुरा आएको बिफ्रिङ गरेको कांग्रेस एक पदाधिकारीले नेपालबहसलाई बताए । प्रधानमन्त्री प्रचण्डले सरकारमा १० राजनीतिक दललाई संलग्न गराउन खोजेकाले कांग्रेसको मन्त्रालय संख्या घट्न सक्ने खड्काको भनाइ थियो । यस विषयमा सोमबार निर्णय गर्ने भन्दै बैठक सकिएको थियो ।
बैठकमा कांग्रेसको प्रतिनिधिसभाका प्रमुख सचेत रमेश लेखकले संसदीय गतिविधिको बारेमा जानकारी गराएका थिए । शनिबारको बैठकमा वैशाख १० गते हुने उपनिर्वाचनको विषयमा पनि छलफल भएको थियो । उम्मेदवारको विषयमा छलफल गर्न कांग्रेसले सोमबार संसदीय बोर्ड र कार्यसम्पादन समितिको संयुक्त बैठक बोलाउने तयारी भएको ति नेताले बताए ।
सोमबर उपचुनावका लागि उम्मेदवार टुंगो लगाउने र सिट बाँडफाँट गरेर चाँडो मन्त्रिपरिषद् विस्तार गर्नेबारे छलफल भएको छ । संसदमा पेस भएको सत्य निरुपण विधेयक अगाडि बढाएर टुंगोमा पुर्याउने र वैशाख १० मा प्रतिनिधसभाका बारा–२, चितवन–२ र तनहुँ–१ मा उपनिर्वाचन हुँदैछ त्यसका उम्मेदवार टुंग्यो लगाउने बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबालुवाटारमा बीआरआई बारे रस्साकस्सी चलिरहेका बेला कसरी निस्कियो मन्त्री फेर्ने कुरा ?
मंसिर ५, २०८१ बुधबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार
तीनपटक प्रधानमन्त्री भइसकेका प्रचण्डलाई किन भनिन्छ लेन्डुप दोर्जेको नेपाली संस्करण ?
मंसिर २, २०८१ आइतबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
रुसले युक्रेनमा पहिलो पटक इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइलबाट आक्रमण
मंसिर ६, २०८१ बिहिबार
प्रहरीको दमनविरुद्ध मानव अधिकार आयोगको कार्यालय घेराउ गर्न पुल्चोक पुगे सहकारी पीडित
मंसिर ७, २०८१ शुक्रबार
स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदले स्वास्थ्य मन्त्रालयलाई दियो सैद्धान्तिक सहमती
मंसिर ७, २०८१ शुक्रबार
महिला किसानलाई सुत्केरी भत्तासँगै सरकारी सुविधाको व्यवस्था गर्न माग
मंसिर ७, २०८१ शुक्रबार
प्रादेशिक अस्पताल जलेश्वरमा दुई करोडका उपकरण प्रयोगविहीन
मंसिर ७, २०८१ शुक्रबार
पाकिस्तानमा भएको हमलामा ४३ जनाको मृत्यु : अधिकारी
मंसिर ७, २०८१ शुक्रबार