लुम्बिनी सरकारबाट बाहिरियाे माओवादी, मुख्यमन्त्री गिरी अल्पमतमा
नेपालबहस संवाददाता
चैत १२, २०७९ आइतबार १९:२:५१
१२ चैत, काठमाडौं । लुम्बिनी प्रदेशमा नेकपा ‘माओवादी केन्द्र’ सरकारबाट बाहिरिएको छ । माओवादी सरकारबाट बाहिरिएसँगै एमालेबाट मुख्यमन्त्री बनेका लिला गिरीको सरकार अल्पमतमा परेको छ ।
माओवादीबाट सरकारमा सहभागी भएका मन्त्रीहरुले आज राजीनामा बुझाएका हुन् । लुम्बिनी सरकारमा माओवादीबाट जोखबहादुर महरा, इन्द्रजित चौधरी र कृष्णा केसी गरी ३ जना सहभागी थिए । माओवादी सरकारबाट बाहिरिएसँग अब लुम्बिनीमा कांग्रेस नेतृत्वको प्रदेश सरकार बन्ने निश्चित भएको छ ।
सत्ता गठबन्धनमा फेरबदल भएपछि लुम्बिनीमा बन्ने नयाँ सरकारमा माओवादी केन्द्रको नेतृत्वमा हुनुपर्ने पार्टीको दाबी छ। माओवादी केन्द्रको समर्थन फिर्तासँगै मुख्यमन्त्री लिला गिरी नेतृत्वको सरकार अल्पमतमा परेको छ।
गिरी गत पुस २७ गते ७ दलका ५६ र २ स्वतन्त्र गरी जम्मा ५८ सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए। गिरीले माघ ५ गते विश्वासको मत पाएका थिए। मुख्यमन्त्रीलाई विश्वासको मत दिएका जसपा र जनमत पार्टी अहिले सरकारमा छन्।
यसैबीच, कांग्रेस संसदीय दलका नेता डिल्ली चौधरीलाई मुख्यमन्त्री बनाउन माओवादी तयार भएको छ । चौधरीलाई मुख्यमन्त्री बनाउन ५४ सांसदको समर्थन रहेको छ ।
कांग्रेस लुम्बिनी प्रदेश सभापति अमर पुनले सचिवालयले दिएकाे जानकारी अनुसार आज नै समर्थन फिर्ता लिने र कांग्रेसकै नेतृत्वमा सरकार निर्माणका लागि हस्ताक्षर सहित प्रदेश प्रमुख कार्यालयमा केहीबेरमा जाँदै जाने तयारी छ । ८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा बहुमतका लागि ४४ सांसदको समर्थन आवश्यक पर्दछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकोप—२९ पछि जलवायु संकट टार्न के हुन्छ अब नेपालको रणनीति ?
पुष ११, २०८१ बिहिबार
संविधान संशोधन गर्न छिट्टै कार्यदल गठन गरिने एमालेको निर्णय
पुष १०, २०८१ बुधबार
आवश्यकताका आधारमा संविधान संशोधन गर्न सकिन्छ: अध्यक्ष दाहाल
पुष १०, २०८१ बुधबार
मेयर कप भेट्रान फुटबल हुने
पुष १०, २०८१ बुधबार
काठमाडौंको बौद्ध जोरपाटीबाट स्रोत नखुलेको ९२ लाखसहित तीन जना पक्राउ
पुष १०, २०८१ बुधबार
ग्रीनल्याण्डबारे ट्रम्पको भाषण सुनेर डेनमार्क त्रसित, विश्वभर हलचल
पुष १०, २०८१ बुधबार
यु–१९ क्रिकेटः महिला टिमको बन्द प्रशिक्षण सुरु
पुष ११, २०८१ बिहिबार
स्वास्थ्य सेवाको सुदृढीकरणका लागि सम्मेलन आयोजना गर्दै स्वास्थ्य मन्त्रालय
पुष ११, २०८१ बिहिबार
‘एआई’ शिक्षासम्बन्धी पाँचौँ संस्करणको कार्यक्रम ललितपुरमा हुने
पुष ११, २०८१ बिहिबार
लिम्बू कला–संस्कृति संरक्षणमा जुट्दै नयाँ पुस्ता
पुष ११, २०८१ बिहिबार
माझीदाईका गुनासाः दिनभरि काम गर्यो, फर्कदा रित्तै !
पुष ११, २०८१ बिहिबार
कस्तो रहला आज देशभरको मौसम ?
पुष ११, २०८१ बिहिबार