सुनको चमत्कारी बजारः १० किलो आयात, ३० किलो खपत
नेपालबहस संवाददाता
चैत १२, २०७९ आइतबार १९:२२:३
१२ चैत, काठमाडौं । नेपाली बजारमा सिजनबाहेक औषत बजारको माग धान्न अहिले पनि सरकारले दिएको भन्दा दैनिक ५ देखि १० किलो सुन आवश्यक छ । यो कुनै विषेश पर्व र विवाह नभएका सिजनमा हुने सुनको माग हो । सिजनका बेला दैनिक ३० किलो सुन पनि नेपाली बजारलाई पर्याप्त हुँदैन । अहिले सरकारले दैनक १० किलो सुन व्यवसायीलाई दिएको छ । तर, बजारमा दैनिक २० किलो सुन खपत भइरहेको व्यवसायीहरु बताउँछन् । सुको मूल्य बढिरहेको अवस्थामा पनि बढेको भाउले बजारको मागमा कमि ल्याएको छैन् ।
अब प्रश्न आउँछ, सरकारले दिएकोभन्दा बाहिरबाट दैनिक १० देखि १५ किलो सुन कहाँबाट कसरी आइरहेको छ । यसअघि ठूलो मात्रामा सुन बरामद भएका हुन् । तर, बरामद भएका सुन भने भेटिएका छैनन् । प्रहरीले बरामद गरेको सुन पनि बजारमा आएको छैन् । सरकार दैनिक १० किलो मात्र दिन्छ । तर, बजारले दैनिक १५ देखि २५ किलोसम्मक सुनको माग धानिरहेको छ । यसबाट नेपालमा सुनको कालोबजारी राम्रैसँग चलेकको देखिन्छ । तर, कसले र कहाँबाट कसरी गरिरहेको छ भन्ने कुरा अनविज्ञ छ । कोरोना कालदेखि नै नेपाल राष्ट्र बैंक वाणिज्य बैंकहरुको सुन आयात गर्ने कोटामा ५० प्रतिशतले कटौती गरेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार वाणिज्य बैंकले मात्र सुन आयात गर्न पाउने व्यवस्था छ । बैंकहरुले पनि दैनिक २० किलो सुन आयत गर्न सक्ने व्यवस्थालाई संशोधन गरी १० किलोमा झारीएको हो । सुन आयत गर्दा विदेशी मुद्रा बाहिरीने भएपछि यसको आयातलाई खुम्च्याउने सरकारको निर्णयसँगै राष्ट्र बैंकले १० किलोमा ल्याएको थियो । उक्त समयमा तेलको मूल्यमा आएको निरन्तर गिरावटका कारण सुनको मूल्य पनि बढेको थियो । कमोडिटीमा लगानी गर्ने लगानीकर्ताले तेलमाभन्दा सुनमा लगानी गर्दा सुरक्षित हुने देखेपछि सुनको माग बढेको थियो ।
सुनचाँदी व्यवसायी व्यवसायीहरुको भनाइमा सरकारले बजार मागअनुसार पर्याप्त सुनचाँदी आपूर्ति गर्न नसक्दा पछिल्लो समयमा नेपलामा कालोबजारी मौलाइरहेको छ । राज्यले १५ वर्षदेखि सुनमा लगाएको कोटा प्रणाली र बैंकहरूले मात्र आयात गर्न पाउने नियन्त्रित बजारबाट व्यवसायी ठूलो पीडामा परिरहेको उनीहरु बताउँछन् । मुलुकमा प्रतिदिन ३० किलो सुन आवश्यक रहे पनि नेपाल राष्ट्र बैंकले १० किलो मात्र उपलब्ध गराउँदा पनि नपुगेको बताउने व्यवासायी अहिलेसम्मको बजारमा माग धानिरहेकै छन् । किन्न जाने सबैले पाएकै छन् ।
सुनको आयात घटेर आज बजारमा सुन्न किन्न पाइएन भन्ने समाचार आएका छैनन् । तर, आपूर्ति कम र माग बढी भएको अवस्थामा बजार कसरी धानिएको छ भन्ने प्रश्नले देखादेखी कालोबजारी मौलाइरहेको प्रष्ट छ । बैंक र व्यवसायीमार्फत सिजनमा दिनको ३० किलो र अफसिजनमा २० किलो सुन आपूर्ति गर्ने व्यवस्था मिलाउन सरकारसमक्ष अहिले व्यवसायीको माग छ । विदेशबाट आफ्नो सुविधामा ल्याउने सुनलाई उनीहरूको आवश्यकताअनुसार खरिदविक्रीका लागि मान्यता दिन पनि आग्रह गरिरहेका छन् । स्थानीय बजारमा पुराना गरगहना फिर्ता र बिक्री हुन आउनेको काम पनि चलिरहेकै छ ।
यसअघिका ३३ किलोदेखि ३८क्यीन्टलसम्म सुन तस्करीका प्रकरण आए । यो अहिले सेलाई सेकेको छ । कसैले खोजि गर्न पनि छाडेका छन् । साढे ३३ किलो सुन गायब भएपछि दोस्रो शिकार बनेका थिए, उर्लाबारीका सनम शाक्य । उनी सुन तस्करीका नाइके मोस्टवान्टेड चुडामणि उप्रेती ‘गोरे’ का भरिया र सुनको हिसाबकिताब राख्ने एकाउन्टेन्ट समेत रहेको भनिएको थियो । पटक–पटक हुने तस्करीका घटनाले नेपाल–चीनबीचको स्थलमार्ग तातोपानी नाका पनि निकै र्चामा थयो । भूकम्पपछि रोकिएको यो तस्करी काण्डले फेरी प्रश्रय पाउन थालेको व्यवसयीहरु बताउँछन् ।
प्रहरी अधिकारी र विमानस्थलका कर्मचारीसँगको सेटिङमा ४ वर्षअघिनै करिब ३८ क्वीन्टल सुन तस्करी भएको रहस्योदघाटन भएको थियो । त्यसो सुन अहिले पनि पत्ता लागेको छैन् । त्यसयता पनि केहि प्रहरी अधिकारीहरु सुन काण्डमा फसरे जेल चलान भइसकेका छन् । तर, उनीहरुबाट बरामद भएको सुन फेरीकहाँ छ भन्ने पत्तो छैन् । नेपाली बजारमा सुनको मागलाई बैधानिकताले नथेगेकाले तस्करी बढेको धेरैको भनाइ छ । कतिपय व्यवसायीहरु नै बाध्यतामा तस्करीमा लागिरहेको पनि बताइन्छ । यसरी चमत्कारी रुपमा चलिरको सुन बजारको कालोबजारीप्रति सरकार मौन छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप१५ सयले बढेर १ लाख ६५ हजार नाघ्यो सुन
मंसिर ७, २०८१ शुक्रबार
तोलामा एक हजारले बढ्यो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार ?
मंसिर ६, २०८१ बिहिबार
तोलामा ९ सयले बढ्यो सुनको भाउ, कतिमा हुँदै छ किनबेच ?
मंसिर ५, २०८१ बुधबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
पत्नी बानोसँग रहमानको सम्बन्धविच्छेदमा जोडियो मोहिनीको नाम
मंसिर ७, २०८१ शुक्रबार
खुमलटारमा प्रचण्ड निवास नजिकै शंकास्पद् बस्तु भेटियो
मंसिर ७, २०८१ शुक्रबार
प्रधानमन्त्री ओलीको एलन मस्कसँग भर्चुअल वार्ता, के भयो कुराकानी ?
मंसिर ७, २०८१ शुक्रबार
दरबारमार्गमा फोहोर गरेको भन्दै काठमाडौं महानगरले एमालेलाई गर्यो एक लाख जरिवाना
मंसिर ७, २०८१ शुक्रबार
लेबनानमा सन् २०२३ अक्टोबर ७ पछि २२६ स्वास्थ्यकर्मीको मृत्यु
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार