होल्डिङका समयमा नियमविपरित चलाएको भन्दै एयर इन्डियाका पाइलटलाई नेपाल उडानमा प्रतिबन्ध
नेपालबहस संवाददाता
चैत १२, २०७९ आइतबार १९:५६:४४
१२ चैत्र, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले एयर इन्डियाका चालक दललाइ नेपाल उडानमाथि प्रतिबन्ध लगाएको छ । सिमरामाथि १९ हजार फिट उचाइमा होल्डिङमा रहेको एयर इन्डियाको विमान ३७ सय फिट तल झारिएको घटनामा उनीहरुमाथि प्रतिबन्ध लगाइएको हो ।
भारतीय ध्वजाबहाक वायुसेवा एयर इन्डियाका चालक दललाई नेपाल नागरिक उड्डयन प्राधिकरणले तत्कालका लागि नेपालमा हुने उडानमा प्रतिबन्ध लगाएको जनाएको छ । प्राधिकरणले यस घटनामा संलग्नलाई कारबाही गर्न भारतीय नागरिक उड्डयन कार्यालय (डीजीसीए इन्डिया) लाई पत्राचार गरेको छ । शुक्रबार भएको यो घटनामा त्यही दिन एयर इन्डियाको विमान काठमाडौंमा अवतरण भएपछि सोधपुछ गरिएको थियो ।
प्राधिकरणका अनुसार त्यसदिन एयर इन्डियाका पाइलट–इन–कमाण्डले गल्ती भएको जनाउँदै माफी मागेका थिए । तर नेपालको नागरिक उड्डयन प्राधिकरणले उनलाई कारबाही गर्न नमिल्ने भएकाले भारतको नागरिक उड्डयन कार्यालय (डीजीसीए) लाई पत्र पठाएको हो । त्यो निकायले कारबाही फुकुवा नगरुन्जेल उनलाई नेपालमा हुने उडानमा प्रतिबन्ध लगाइएको छ ।
यो घटना भएको दिन उक्त जहाजलाई हेर्ने काठमाडौं टावर अन्तर्गत रहेको कन्ट्रोल टावरमा रहेका तीन जना एयर ट्राफिक कन्ट्रोलर (एटीसी)लाई पनि ग्राउन्डेड (कारबाही) गरिएको छ । शुक्रबार बिहान पौने नौ बजे मलेसियाबाट आएको नेपाल वायुसेवा निगमको न्यरोबडी विमान सिमरामाथि १५ हजार फिट उचाइमा फन्को लगाइरहेका बेला त्यो विमानमाथि १९ हजार फिटमा फन्को लगाइरहेको एयर इन्डियाको विमान एक्कासि १५ हजार ३ सय फिटमा झरेको थियो । दुवै जहाज आमनेसामने भएपछि दुवैको ककपिटमा ‘ट्राफिक अलर्ट’ ले सावधानी गराएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल एयरलाइन्सले रुट अनुसार अन्तर्राष्ट्रिय उडानमा २५०० देखि ५ हजारसम्म घटायो भाडा
मंसिर ६, २०८१ बिहिबार
अन्तरदेशीय उडानको प्रतीक्षामा पोखरा विमानस्थल
मंसिर ५, २०८१ बुधबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
रुसले युक्रेनमा पहिलो पटक इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइलबाट आक्रमण
मंसिर ६, २०८१ बिहिबार
प्रहरीको दमनविरुद्ध मानव अधिकार आयोगको कार्यालय घेराउ गर्न पुल्चोक पुगे सहकारी पीडित
मंसिर ७, २०८१ शुक्रबार
स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदले स्वास्थ्य मन्त्रालयलाई दियो सैद्धान्तिक सहमती
मंसिर ७, २०८१ शुक्रबार
महिला किसानलाई सुत्केरी भत्तासँगै सरकारी सुविधाको व्यवस्था गर्न माग
मंसिर ७, २०८१ शुक्रबार
प्रादेशिक अस्पताल जलेश्वरमा दुई करोडका उपकरण प्रयोगविहीन
मंसिर ७, २०८१ शुक्रबार
पाकिस्तानमा भएको हमलामा ४३ जनाको मृत्यु : अधिकारी
मंसिर ७, २०८१ शुक्रबार