आज नेप्से ओरालो, सबै उपसुचकहरु राताम्मै

नेपालबहस संवाददाता
चैत १२, २०७९ आइतबार २१:२९:६

१२ चैत, काठमाडौं। साताको पहिलो कारोबार दिन आइतबार शेयरबजारमा ओरालो लागेको छ । नेप्से परिसूचक २६।८७ अंकले घटेको हो । आइतबार नेप्से परिसुचक १८८८.२७ को विन्दुमा झरेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ५ अङ्कले घटेर ३५६ विन्दुमा पुगेको छ।
यसअघि गत साताको कारोबारको अन्तिम दिन बिहीबार पनि शेयरबजार ओरालो लागेको थियो । सोदिन नेप्से परिसूचक १८।१५ अंकले घटेर १९१५।१४ बिन्दुमा आएर रोकिएको थियो । बिहिबार १ अर्ब ४१ करोड रुपैयाँ भन्दाबढीको कारोबार भएको हो ।
नेपाल स्टक एक्सचेञ्ज ‘नेप्से’मा आइतबार कूल २५९ कम्पनीको ३७ लाख ५४ हजार ३३४ कित्ता शेयर खरिद बिक्री हुँदा १ अर्ब २८ करोड रुपैयाँ भन्दाबढीको कारोबार भएको छ। नेप्से सुचकमा १९ कम्पनीमा वृद्धि भएको छ । १९३ कम्पनीमा ओरालो लागेको र २ कम्पनी स्थिर रहेको छ ।
त्यस्तै, शीर्ष स्थानमा रहेको हिमालय डिस्टिलरीको सर्वाधिक शेयरकारोबार भएको छ । उक्त कम्पनीको ८ करोड ६२ लाख रुपैयाँ भन्दा बढिको कारोबार भएको हो । यसैगरी कारोबारको आधारमा एनआइसि एशिया बैंक भने दोश्रो स्थानमा रहेको छ। यसको आज ७ करोड ९५ लाख भन्दाबढीको कारोबार भएको छ।
आइतबार सबै उपसुचकहरु राताम्मै भएको छ । सबैभन्दा धेरै म्युचुअल फण्ड ४.७७ प्रतिशत र माइक्रोफाइनान्सको ३.८५ प्रतिशतले ओरालो लागेको छ। आइतबार मायाखोला हाइड्रोपावर कम्पनीको र एसियन हाइड्रोपावरका १० प्रतिशतको सेयर कारोबार भएको छ। यि कम्पनीहरुले सर्वाधिक कमाएका छन् । यसैगरी कालिन्चोक दर्शन ६ प्रतिशत, गुरास लाईफ इन्सयोरेन्सको ४.२६ प्रतिशत र सिद्धार्थ इक्विटि फण्डको ३.९० प्रतिशतको कारोबार भएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपओम मेगाश्री फर्मास्युटिकल्सको आईपीओ आज बाँडफाँट गरिने
फागुन १२, २०८१ सोमबार
‘सानिमा फ्लेक्सि फन्ड’ मा आवेदन दिने समय फागुन २० गतेसम्म लम्बियो
फागुन ११, २०८१ आइतबार
दाउन्ने ‘एग्रो फार्म’ १० करोडको ‘शेयर’ जारी गर्दै
पुष १९, २०८१ शुक्रबार
नवलपरासी पश्चिममा झडप नियन्त्रण गर्न गएको प्रहरीको गाडी जलाइयो, सीडीओको रोहबरमा छलफल
फागुन १३, २०८१ मंगलबार
प्रेम विवाहको विषयमा केटीपक्ष र केटापक्षबीच भएको झडपमा १५ प्रहरीसहित १९ जना घाइते
फागुन १३, २०८१ मंगलबार
सहकारी ठगी प्रकरणको आफू संलग्न घटना बाहिरिएपछि सहकारी मन्त्रीकै स्वकीयले गरे आत्महत्या
फागुन १३, २०८१ मंगलबार
४५ दिनमा ६५ करोडले प्रयागराजस्थित महाकुम्भमा लगाए डुबुल्की
फागुन १४, २०८१ बुधबार
नेपाली बुहारी बनिन् बलिउड अभिनेत्री एवं युट्युबर प्रजक्ता
फागुन १४, २०८१ बुधबार
मोटोपन र मुटुरोगको अन्तरसम्बन्ध
फागुन १४, २०८१ बुधबार
एक दशकपछि दक्षिण कोरियाको जन्मदरमा वृद्धि
फागुन १४, २०८१ बुधबार
नेपाली अराजनीति अनि बजार हल्ला
फागुन १४, २०८१ बुधबार
नेपालको गौरवपूर्ण अतीतः नेपाली सेना
फागुन १४, २०८१ बुधबार