आईटी ग्लोबल प्रालिले सञ्चालनमा ल्यायो अत्याधुनिक प्रविधिसहितको ‘इन्नोभेसन सेन्टर’
नेपालबहस संवाददाता
चैत १२, २०७९ आइतबार २२:३०:५०
१२ चैत, काठमाडौं । आईटी ग्लोबल प्रालिले काठमाडौंमा ‘इन्नोभेसन सेन्टर’ स्थापना गरेको छ । डेल टेक्नोलोजीजसँगको सहकार्यमा कम्पनीले डेटा सेन्टर सोलुसनको रूपमा नेपालमा इन्नोभेसन सेन्टर स्थापना गरेको हो ।
सेन्टरमा लेटेस्ट हाइपर कन्भर्ज इन्फ्रास्ट्रक्चर, सफ्टवेयर डिफाइन स्टोरेज, सफ्टवेयर डिफाइन नेटवर्किङ, सफ्टवेयर डिफाइन म्यानेजमेन्ट र नेक्स्ट जेनेरेसन फायरवाल जस्ता अत्याधुनिक प्रविधिको प्रयोग गरिएको छ ।
इन्नोभेसन सेन्टर एउटा यस्तो प्लेटफर्म हो, जहाँ ग्राहकले डेटा सेन्टरलाई आवश्यक पर्ने सम्पूर्ण प्रविधि र त्यसका पूर्वाधार छनौट गर्नुभन्दा अगाडि प्रविधिको अनुभव लिन र त्यसलाई भ्यालिडेट गर्न सक्नेछन् ।
बैंकिङ, सरकारी, गैरसरकारी, दूरसञ्चार सेवा प्रदायक, फिनटेक लगायतका संस्थागत ग्राहकहरूलाई लक्षित गर्दै इन्नोभेसन सेन्टर सञ्चालनमा ल्याइएको आईटी ग्लोबल प्रालिका सीईओ विश्व कर्मकारले बताए ।
सेन्टरबाट आवश्यकता अनुसार विज्ञमार्फत सम्बन्धित प्रविधिको तालिम र परामर्श समेत उपलब्ध गराइने छ ।बजारमा देखिएको प्रविधिको जागरूकता र दक्षताबीचको खाँडललाई न्युनिकरण गर्न इन्नोभेसन सेन्टरबाट तालिम र वर्कशप प्रदान गर्ने लक्ष्य रहेको कर्मकारले जानकारी दिए । सेन्टरबाट पूरानो प्रविधिलाई नयाँ प्रविधिमा रूपान्तरण समेत गर्ने परामर्श विज्ञबाट दिइने छ ।
आईटी ग्लोबल प्रालि नेपालका लागि सूचना प्रविधि कम्पनी डेलको वितरक हो । बजार व्यवस्थापन गर्ने र साझेदारको इकोसिस्टमलाई प्रविधिमा दक्ष बनाउने, आवश्यक सपोर्ट र सुविधा कम्पनीले उपलब्ध गराउँदै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमस्कको स्टारलिंकले डायरेक्ट–टू–सेल स्याटेलाइट टेक्नोलोजी लन्च गर्ने
मंसिर १२, २०८१ बुधबार
गुगलले आफ्ना कर्मचारीलाई किन भन्यो सबै प्रमाण नष्ट गर्नु ?
मंसिर ६, २०८१ बिहिबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
परराष्ट्रमन्त्री राणा र चिनियाँ विदेशमन्त्री वाङ यीबीच द्विपक्षीय भेटवार्ता
मंसिर १४, २०८१ शुक्रबार
मुलुकको आर्थिक समृद्धि र राजनीतिक स्थायित्वका लागि वर्तमान सरकार : नेता डा कोइराला
मंसिर १४, २०८१ शुक्रबार
रौतहटमा खोलामा नुहाउन गएका दुई युवकको डुबेर मृत्यु
मंसिर १४, २०८१ शुक्रबार
मतगणनाको अद्यावधिक परिणाम आयोगको बेवसाइटमा हेर्न सकिने
मंसिर १४, २०८१ शुक्रबार
शुक्लाफाँटामा बाघ गणना सुरु
मंसिर १४, २०८१ शुक्रबार
‘जनकपुर बोल्ट्स’ को डेकोर पार्टनरमा नेपोभिट टायल्स
मंसिर १४, २०८१ शुक्रबार