नेपालमै उत्पादन हुन लागेको ग्रन्थ ईभीको मूल्य बढाउन ठूला कम्पनीको दबाब
नेपालबहस संवाददाता
चैत १२, २०७९ आइतबार २२:४८:३८
१२ चैत, काठमाडौं । नेपालमै उत्पादन हुने तयारीमा रहेको विद्युतीय स्कुटर ग्रन्थको मूल्यलाई लिएर केही कम्पनीहरूले दबाब दिएका छन् । बजारमा रहेका केही स्कुटर कम्पनीहरूले ग्रन्थ ईभीको मूल्य कम भएको र त्यसलाई बढाउन दबाब दिएका हुन् ।
अन्य भन्दा सस्तो मूल्यमा गुणस्तरीय विद्युतीय स्कुटर उत्पादन गर्ने तयारीमा रहेको ग्रन्थ इलेक्ट्रिक भेहिकल प्रालि वैशाखदेखि ग्रन्थ ईभी नेपालमै उत्पादन गर्ने गरी काम अगाडि बढाएको छ ।
तर काम अन्तिम चरणमा पुग्दा स्कुटरको मूल्य बढाउन ठूला कम्पनीले नै दबाब दिन थालेका छन् । ग्रन्थ ईभीले साढे २ लाखदेखि ३ लाख रूपैयाँमा उच्चस्तरीय सुविधासहितको विद्युतीय स्टकुर प्रदान गर्ने जनाएको छ ।
‘साढे २ लाखदेखि ३ लाख रूपैयाँमा विद्युतीय स्टकुटर दिने तयारी गरेका छौं,’ कम्पनीले विज्ञप्तीमा भनेको छ, ‘तर बजारमा उपलब्ध अन्य स्कुटर बिक्री गर्ने कम्पनीले आफ्नो जत्तिकै मूल्य राख्न दबाब दिएका छन् ।’
यदी आफ्नो स्कुटरहरूको मूल्य अनुसार ग्रन्थ ईभीको मूल्य नराखे उद्योगमा गार्हो हुने भन्दै घुमाउरो पारामा घम्की दिइरहेका छन् । विशेष गरी बैंकमा सञ्चालक रहेका व्यक्तिको स्कुटर कम्पनीबाटै दबाब आएको छ । बजारमा उपलब्ध अन्य स्कुटर भन्दा ग्रन्थ ईभी १ लाख सस्तो रहेको कम्पनीको भनाइ छ ।
ग्रन्थले बनाउने विद्युतीय स्कुटरमा साइड ड्राइभ मोटर प्रयोग गरिएको छ । यो मोटरका कारण उकालो ओरालोमा स्कुटर सजिलै गुडाउन सकिने यसकाे विशेषता रहेकाे छ ।
राम्रो र पावरफुल परपर्मेन्स पनि हुन्छ । पर्मानेन्ट म्यागनेट सिङ्क्रोनाइजेसन मोटर प्रविधिमा आधारित साइड ड्राइभ मोटर प्रविधि टेस्लाले समेत प्रयोग गर्ने गरेको ढुंगले बताउँछन् ।
याे अरू स्कुटरमा सामान्यतया हब मोटर प्रयोग गरिएको हुन्छ । यो प्लेन एरिया गुड्न सजिलो सक्छ तर उकालो, ओरालोमा राम्रोसँग गुड्न सक्दैन् ।कम्पनीको स्कुटरमा लिथिमय आइरन फस्पेट ब्याट्रि प्रयोग गरिएको छ । यो ब्याट्रीले रेञ्ज बढी दिन्छ । ब्याट्री र मोटरमा ३ वर्ष वारेन्टी पाइने छ ।
४ देखि साढे ४ घण्टामा उक्त स्कुटर फुल चार्ज हुनेछ भने अधिकतम रेञ्ज ११० किलोमिटर दिनेछ । यसमा ब्याट्री ब्रेक रिजेनेरेटेड सिस्टम प्रयोग गरिएको छ । यसले गर्दा ब्रेक हान्दा खर्च भएको शक्तिले फेरि ब्याट्रीमा आएर रिचार्ज हुन्छ, जसले गर्दा रेञ्ज बढी दिनेछ । स्कुटरमा फास्ट चार्जर प्रविधि पनि राखिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनयाँ मारुती स्विफ्टको मूल्य कति छ ?
पुष ५, २०८१ शुक्रबार
टोयोटाको लक्जरी क्यामरी भारतीय बजारमा लन्च हुँदै
मंसिर २६, २०८१ बुधबार
बहुप्रतिक्षित स्मार्टफोन ओप्पो फाइन्ड एक्स -८ सिरिज सार्वजनिक
मंसिर ६, २०८१ बिहिबार
मेयर कप भेट्रान फुटबल हुने
पुष १०, २०८१ बुधबार
ग्रीनल्याण्डबारे ट्रम्पको भाषण सुनेर डेनमार्क त्रसित, विश्वभर हलचल
पुष १०, २०८१ बुधबार
काठमाडौंको बौद्ध जोरपाटीबाट स्रोत नखुलेको ९२ लाखसहित तीन जना पक्राउ
पुष १०, २०८१ बुधबार
संविधान संशोधन गर्न छिट्टै कार्यदल गठन गरिने एमालेको निर्णय
पुष १०, २०८१ बुधबार
लगानीमैत्री कानुन निर्माण गर्न मुख्यमन्त्री कँडेलको आग्रह
पुष १०, २०८१ बुधबार
आवश्यकताका आधारमा संविधान संशोधन गर्न सकिन्छ: अध्यक्ष दाहाल
पुष १०, २०८१ बुधबार
मध्यपुरथिमिमा बुद्धको अस्थिधातु स्थापना, सर्वसाधारणका लागि प्रदर्शन गरिने
पुष १०, २०८१ बुधबार
अवैध उत्खननमा प्रयोग गरिएका डोजर र टिप्पर नियन्त्रणमा
पुष १०, २०८१ बुधबार
भव्यताका साथ मनाइयो ‘क्रिसमस डे’
पुष १०, २०८१ बुधबार