माफी माग्दै खड्काले भने,‘ मैले जानाजान नियम उल्लंघन गरेकाे हैन’
नेपालबहस संवाददाता
चैत १२, २०७९ आइतबार २२:५९:४५
१२ चैत, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पुर्णबहादुर खड्काले आफुबाट अनदेखा भएका कारण संसद नियमावलीको नियम मिचिने काम भएको भन्दै प्रतिनिधिसभामा माफी मागेका छन् । आइतबारको प्रतिनिधिसभा बैठकमा उपभापति खड्काले सांसद बोलिरहेका बेला उनको अगाडिबाट बाटाे काटेका थिए । यसको लगत्तै नेकपा एमालेका सचेतक महेश बर्तोलाले नियमापति जनाएका थिए ।
आइतबारको बैठकमा सांसद बलराम अधिकारी विशेष समयमा आफ्ना धारणा राखिरहेका थिए । सांसद अधिकारीले आफ्ना कुरा राखिरहेका बेला सत्तारुढ सांसदसमेत रहेका उपसभापति खड्का बैठक हलमा प्रवेश गरेर अधिकारी बोलिरहेका बेला अगाडिबाट आफ्नो सिटमा गएर बसेका थिए । प्रतिनिधिसभा नियमावलीमा कुनै सांसद बोलिरहेको बेला अगाडिबाट हिँड्न नहुने प्रावधान छ । सभामुख र बोलिरहेको सांसदको बीचबाट हिँड्न नहुने नियमावलीको नियम खड्काबाट उल्लंघन भएको थियो ।
सांसद अधिकारीले बोलिसकेपछि एमालेका सचेतक महेश बर्तौलाले नियमापत्ति जनाए । उनले भविष्यमा अरु सांसदहरूलाई पनि काम लाग्ने तर्क गर्दै खड्काको सन्दर्भमा भने, ’पटक–पटक हाउसमा एउटा मर्यादाविपरीत काम भइरहेको छ । प्रतिनिधिसभा नियमावली, २०७५ को नियम २० (६) बमोजिम सभामुखको आसन तथा बोलिरहेको सदस्यको बीचबाट हिँड्न कोही पनि सदस्यलाई अनुमति हुँदैन । पटक–पटक यो सदनको गरिमा र मर्यादालाई धज्जी उडाउँदै यसप्रकारको काम भइरहेको छ । सत्तापक्षको माननीयहरूबाट यस प्रकारको काम भइरहेको छ ।’
नियमावलीको उक्त व्यवस्था कडाइका साथ पालना गराउन सचेतक बर्तौलाले सभामुखको ध्यानाकर्षण गराएका थिए । सभामुख देवराज घिमिरेले नियमापत्तिको विषयमा ध्यान दिन सांसदहरूलाई आग्रह गरेपछि उपसभापति खड्काले आफूबाट नियम मिचिएको स्वीकार्दै क्षमा मागेका थिए । उनले अनदेखाको कारणले माननीयले उल्लेख गर्नु भए अनुसार मैले नियमावलीको त्यो दफालाई उल्लंघन गरेँ भन्दै त्यसका लागि माफी मागेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपरराष्ट्र मन्त्री आरजु राणा देउवाको चीन भ्रमण स्वीकृत
मंसिर १०, २०८१ सोमबार
चीन भ्रमणबारे छलफलपछि ओलीले बोलाए मन्त्रिपरिषद्
मंसिर १०, २०८१ सोमबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
तेलङ्गाना सरकारले अदानी समूहबाट प्राप्त एक अर्बको अनुदान अस्वीकार गर्ने
मंसिर १०, २०८१ सोमबार
परराष्ट्र मन्त्री आरजु राणा देउवाको चीन भ्रमण स्वीकृत
मंसिर १०, २०८१ सोमबार
धितोपत्र बोर्ड अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ नियुक्त
मंसिर १०, २०८१ सोमबार
विश्वमा हरेक १० मिनेटमा एक महिलाको मृत्यु : राष्ट्रसंघ
मंसिर १०, २०८१ सोमबार
कुमारी बैंककाे उद्यमी प्रशिक्षण कार्यक्रम माेरङकाे बेलबारीमा
मंसिर १०, २०८१ सोमबार