स्याङ्जामा झण्डै ३४ प्रतिशत जनसंख्या आर्थिक रुपमा निस्क्रिय
नेपालबहस संवाददाता
चैत १२, २०७९ सोमबार १:८:५८
१२ चैत, स्याङ्जा । स्याङ्जामा १० वर्ष माथिका झण्डै ३४ प्रतिशत नागरिक आर्थिक काम नगरी निस्क्रिय रहेको पाईएको छ । आर्थिक काममा संलग्न रहन सक्ने जनसंख्याको ३३ दशमलब ४ प्रतिशत नागरिक आर्थिक रुपमा निस्क्रिय रहेको जनगणना २०७८ को तथ्याङ्कमा पाईएको हो ।
जनगणनाको समयमा १० वर्ष पुगेको गणनाको समय देखि अघिको १२ महिनासम्म कुनै पनि आर्थिक काम नगरेको संख्या जिल्लामा ठूलो छ । गणना समय अघिको १२ महिनासम्म जिल्लामा ७२ हजार ४ सय ७३ जनाले कुनै पनि आर्थिक काम नगरेको तथ्याङ्कमा उल्लेख गरेका छन् ।
आर्थिक काममा संलग्न कुल संख्या २ लाख १६ हजार ७ सय ८९ भएपनि २६ हजार ९ सय ८ जनाले ३ महिना कम र ३ महिना भन्दा बढि तथा ६ महिना भन्दा कम २७ हजार ९ सय ९४ जनाले आर्थिक काम गरेका छन् । ६ महिना भन्दा बढि आर्थिक काम गर्नेको संख्या ८९ हजार ४ सय १४ जना रहेको छ ।
उता १० वर्ष र सो भन्दा माथिका आर्थिक क्रियाकलापमा रहन सक्ने कुल २ लाख १६ हजार ७ सय ८९ मध्ये कै जनसंख्याको २९ दशमलब ५ प्रतिशत अर्थात ६३ हजार ८ सय ६५ जना आर्थिक रुपमा निस्क्रिय रहेको तथ्याङ्कमा उल्लेख गरिएको छ ।
तथ्याङ्क अनुसार काम गर्न सक्ने कुल संख्याको ६९ दशमलब ९ अर्थात १ लाख ५० हजार ९ सय ९९ जना आर्थिक क्रियाकलपामा संलग्न छन् । आर्थिक क्रियाकलापमा संलग्न हुनसक्ने उमेर भएपनि १ हजार ९ सय २५ जनाले कामको श्रोत उल्लेख गरेका छैनन् । पछिल्लो जनगणना अनुसार स्याङ्जामा २ लाख ५३ हजार २४ जनसंख्या रहेको छ ।
आर्थिक क्रियाकलापमा सक्रिय रहेको भनिएको १ लाख ५० हजार ९ सय ९९ जनसंख्या मध्ये १ लाख २ हजार ७ सय ८६ जनाले मात्रै प्रायः सक्रियता पूर्वक काम गर्दै आएका छन् । सक्रिय संख्याको ३१ दशमलब ९ प्रतिशत अर्थात ४८ हजार २ सय १३ जनाले कहिलेकाहि सक्रिता देखाउने गरेको तत्याङ्कमा सार्वजनिक गरिएको छ ।
जनगणनाको समयमा आर्थिक क्रियाकलापको पेशागत रुपमा सबै भन्दा धेरै कृषिजन्य उत्पादनमा ६४ दशमलब ७ प्रतिशत जनसंख्या आबद्ध छ । त्यस्तै प्रथामिक पेशा कामदारमा १४.६, सेवा तथा बस्तुमा बिक्रीमा ४.३, व्यवस्थापनामा ४.१ र पेशाविद्मा ४ प्रतिशत सहित केहि संख्या शिल्पकला तथा कारखाना यन्त्र पेशामा आबद्ध छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतनहुँका आठ पालिकाबाट राष्ट्रिय परिचयपत्र वितरण
पुष ५, २०८१ शुक्रबार
गण्डकी प्रदेशसभा सदस्य थापाले लिइन् शपथ
मंसिर २८, २०८१ शुक्रबार
बुढापाकालाई गाउँको अस्तित्व मेटिने डर !
मंसिर १२, २०८१ बुधबार
मेयर कप भेट्रान फुटबल हुने
पुष १०, २०८१ बुधबार
ग्रीनल्याण्डबारे ट्रम्पको भाषण सुनेर डेनमार्क त्रसित, विश्वभर हलचल
पुष १०, २०८१ बुधबार
काठमाडौंको बौद्ध जोरपाटीबाट स्रोत नखुलेको ९२ लाखसहित तीन जना पक्राउ
पुष १०, २०८१ बुधबार
क्रिसमसको दिन युक्रेनी ऊर्जा पूर्वाधारलाई लक्षित गर्दै रुसी आक्रमण
पुष १०, २०८१ बुधबार
संविधान संशोधन गर्न छिट्टै कार्यदल गठन गरिने एमालेको निर्णय
पुष १०, २०८१ बुधबार
लगानीमैत्री कानुन निर्माण गर्न मुख्यमन्त्री कँडेलको आग्रह
पुष १०, २०८१ बुधबार
आवश्यकताका आधारमा संविधान संशोधन गर्न सकिन्छ: अध्यक्ष दाहाल
पुष १०, २०८१ बुधबार
मध्यपुरथिमिमा बुद्धको अस्थिधातु स्थापना, सर्वसाधारणका लागि प्रदर्शन गरिने
पुष १०, २०८१ बुधबार