अलमलमा गठबन्धनः मन्त्रिपरिषद पहिले न्युनतम साझा कार्यक्रम ?
नेपालबहस संवाददाता
चैत १२, २०७९ सोमबार १:५७:२
१२ चैत, काठमाडौं । सोमबार मन्त्रिपरिषदलाई पूर्णता दिने भनिएपनि अन्ततः मन्त्रिपरिषद विस्तारमा ढिलाई हुने देखिएको छ । दलभित्रै मन्त्री छान्न सकस परेपछि सत्ता गठबन्धनका शीर्ष नेताहरु मन्त्रिपरिषद विस्तार भन्दा पहिले सरकारका न्युनतम साझा कार्यक्रम बनाउनेतर्फ अग्रसर देखिएका छन् । तर, अहिलेसम्म न्युनतम साझा कार्यक्रम कसरी बनाउने भन्ने तयारी भएको छैन र यसका लागि कार्यदल पनि बनाइएको छैन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले विश्वासको मत पाएलगत्तै मन्त्रिपरिषद्लाई पूर्णता दिने बताए अनुसार छलफल सुरु भएनि भागबन्डाको टुंगो लगाउन दलहरुले सकिरहेका छैनन् । गठबन्धनमा दलहरूको संख्या धेरै भएकाले भागबन्डामा समस्या भएको हो । आइतबार नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सरकारको न्युनतम साझा कार्यक्रममा हस्ताक्षर भएपछि मात्र सरकारले पूर्णता पाउने भनाइ बाहिर ल्याएका छन् ।
आइतबार संघीय संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अध्यक्ष नेपालले नयाँ बनेको गठबन्धनका दलहरुका बीचमा सरकारको साझा नीति तथा कार्यक्रमको सम्बन्धमा छलफल भइरहेको बताए । उनले भने ‘आज बल्ल सरकारको जुन नीतिगत प्रतिवद्धता हो, साझा नीति र कार्यक्रम अगाडि सार्नुपर्ने, त्यसको निम्ति छलफल भइराखेको छ । छलफल भएर टुंगो लाग्ला । त्यो कागजमा हस्ताक्षर होला । त्यही वैचारिक मान्यता, त्यही नीतिगत मान्यता, त्यही कार्यक्रमको मान्यताको आधारमा नै सरकारले पूर्ण आकार प्राप्त गर्नेछ ।’
अध्यक्ष नेपालले आफ्नो पार्टीले गृह, अर्थ र परराष्ट्र मन्त्रालयको दाबी नगरेको बताए । उनले देशको अर्थतन्त्रको समस्यालाई राम्ररी बुझेको र समस्याको समाधान दिनसक्ने व्यक्तिलाई अर्थमन्त्री बनाउन आफूले प्रधानमन्त्रीलाई सुझाव दिएको धारणा राखेका थिए । उनले आफुलै कहिलेपनि गृह र अर्थ मन्त्रालय नमागेको तर, अर्थ मन्त्रालय देशको अर्थतन्त्रका समस्याहरुलाई राम्ररी बुझ्न सक्ने व्यक्ति पठाउन भनेको बताए ।
यता, नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले पनि सत्तारूढ दलहरूका बीचमा मन्त्रालयको भागबन्डा नटुंगिएको बताएका छन् । उनका अनुसार गठबन्धन दलका नेताहरूका बीचमा छलफल भइरहेको भएपनि कुन पार्टीले कुन मन्त्रालय भन्नेमा टुंगो लागेको छैन । कांग्रेसले पनि कसको नेतृत्वमा सरकारमा जाने र को–को मन्त्री भएर जाने भन्नेमा निर्णय गरिनसकेको दाबी उनको छ । तर, खड्का नै कांग्रेसबाट नेतृत्व लिएर सरकरामा जाने चर्चा चलिरहेको छ ।
कांग्रेसले पनि औपचारिक रूपमा कुनै निर्णय गरेको छैन । कांग्रेस मात्रै होइन कुनैपनि दलले कुन मन्त्रालय लिएर सहभागी हुने भन्ने बारेमा अन्तिम निर्णय गरिसकेका छैनन् । कांग्रेस नेताहरु मन्त्रिपरिषद विस्तारमा मंगलबारदेखि बिहीबार पुग्ने बताएका छन् । सत्ता गठबन्धनका शीर्ष नेताहरुनै पहिले मन्त्रिपरिषद कि साझा कार्यक्रम भन्नेमा पनि अलमलमा छन् । भागबण्ड मिलाउन कठिन भएकाले मन्त्रालयको संख्या बढाउनेबारे पनि छलफल चलिरहेको बताइन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएमालेको शक्ति प्रदर्शन सरकारविरुद्ध हो कि जनताविरुद्ध ?
मंसिर ७, २०८१ शुक्रबार
बालुवाटारमा बीआरआई बारे रस्साकस्सी चलिरहेका बेला कसरी निस्कियो मन्त्री फेर्ने कुरा ?
मंसिर ५, २०८१ बुधबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
पत्नी बानोसँग रहमानको सम्बन्धविच्छेदमा जोडियो मोहिनीको नाम
मंसिर ७, २०८१ शुक्रबार
लेबनानमा सन् २०२३ अक्टोबर ७ पछि २२६ स्वास्थ्यकर्मीको मृत्यु
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
कोलेस्ट्रोल नियन्त्रणमा राख्न चाहनुहुन्छ ? खाली पेटमा अदुवाको जुस पिउनुहोस्
मंसिर ७, २०८१ शुक्रबार
उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगमा निजी क्षेत्रलाई समावेश
मंसिर ७, २०८१ शुक्रबार
अस्ट्रेलियाविरुद्ध भारतको कमब्याक, बुमराहले लिए चार विकेट
मंसिर ७, २०८१ शुक्रबार