सार्वजनिक जग्गा बचाउन मेयर सिंह सक्रिय, अवैध उत्खनन् गर्ने स्काभेटरसहित ४ वटा टिपर नियन्त्रणमा
आबिद हुसेन
चैत १२, २०७९ सोमबार १:१९:३४
१२ चैत, बीरगञ्ज । बीरगञ्ज महानगरपालिकाले सार्वजनिक जग्गामा अवैध उत्खनन गर्ने स्काभेटरसहित ४ वटा टिपर नियन्त्रणमा लिएको छ ।
बीरगञ्ज महानगरपालिका वडा नम्बर २८ दर्दवास्थित गुठीको सार्वजनिक जग्गामा करिब २ महिनाभन्दा अघिदेखि अवैध रुपमा उत्खनन गर्दै आएको सूचनाको आधारमा महानगरको नगर प्रहरीले टिपर र स्काभेटर नियन्त्रणमा लिएको हो ।
नगर प्रहरी निरीक्षक हरिप्रसाद भुषालकाअनुसार ना ८ ख ४१२५, ना ७ ख ६५९७, ना ७ ख ६६०३ र ना ८ ख५४०३ नम्बरको टिपर र बा २ ख ६२३३ नम्बरको स्काभेटर महानगरले नियन्त्रणमा लिएर वीरगञ्जको आदर्शनगरस्थित बालमन्दिरको परिसरमा राखेको छ ।
महानगर प्रमुख राजेशमान सिंहको निर्देशनअनुसार नगर प्रहरी निरीक्षक भुषालकै नेतृत्वमा दर्दवा पुगेको टोलीले टिपर र स्काभेटर नियन्त्रणमा लिएको हो ।
गुठीको नाममा रहेको सार्वजनिक जग्गालाई आफ्नो सम्पति ठानेर निजी स्वार्थका लागि प्रयोग गर्नेहरुलाई कडा कारवाही गर्नुपर्ने बीरगञ्ज २८ का स्थानीय युवा जितेन्द्र कुमार पटेल बताउँछन् । उनी भन्छन्, ‘यो गुठीको सार्वजनिक जग्गामा केही व्यक्तिहरुले करिब २ महिनादेखि उत्खनन् गरेर माटो बेचीरहेका छन् ।
उकालो भएको जग्गा पनि खन्नुका साथै समथर भएको जग्गामा पनि खनेर माटो बेचेका छन् । उनीहरु जो भएपनि कारवाही गर्नुपर्छ ।’ कारवाही मात्रै गरेर नपुग्ने बताउँदै उनले अहिलेसम्म खनेको झण्डै २ विघा क्षेत्रफल जमिनको क्षतिपुर्ती पनि व्यहोर्नुपर्ने धारणा राखे ।
दर्दवास्थित नदिको छेउबाट निरन्तर रुपमा उत्खनन भइरहेको हुँदा यसले भविष्यमा आफूहरुलाई जोखिम हुनेमा स्थानीय शेष पटेल चिन्तित छन् । उनी भन्छन्, ‘अहिले जथाभावि रुपमा जग्गा उत्खनन् गर्दा पछि हाम्रै घरखेतमा पनि नदि बग्न सक्छ, छेउमै भएको नदिको पानीले घरखेत डुबाउनुका साथै वर्षायाममा बाढीको डर हुने भयो । अब जसरी हुन्छ यसलाई रोक्नुप¥यो ।’ सार्वजनिक सम्पती कुनै एक व्यक्तिको मात्रै नभएर सबैले जोगाउनुपर्ने स्थानीय पटेलको भनाई छ ।
गुठीको जग्गालाई हडप्न खोजेकोप्रति आपत्ती जनाउँदै स्थानीय नवराज गिरी पनि सार्वजनिक जग्गामा उत्खनन् गर्न नमिल्ने बताउँछन् । यसअघि पटकपटक प्रहरी चौकी परवानीपुरलाई खबर गर्दा पनि कुनै पहल नचालेको हुँदा यसमा प्रहरीको पनि मिलेमतो भएको हुन सक्ने स्थानीय विक्रम पटेलको आशंका छ । परवानीपुर प्रहरीले बेवास्ता गरेपछि महानगर प्रमुखलाई खबर गरेको बताउँदै पटेलले महानगरले खबर पाउने बित्तिकै टिपर र स्काभेटर नियन्त्रणमा लिएको भन्दै सह्राना गरे ।
साथै उनीहरुलाई कारवाही गरी क्षतिपुर्ती माग गर्नुपर्ने पटेलको भनाई छ । महुवन गुठीको नाममा रहेको जग्गा व्यक्तिगत स्वार्थपुर्तीका लागि प्रयोग भइरहेको उनले बताए । उनले भने, ‘यहाँ कसैले माटो उत्खनन् गरेर प्रति टिपर १५ सयदेखि ३ हजार रुपैयाँसम्म बेचीरहेका छन् भने कसैले त्यही जग्गामा पोखरी खनेर माछापालन गरीरहेका छन् ।’ पटेलकाअनुसार १२ बिघा क्षेत्रफलको जग्गामा पोखरी खनेर माछापालन गरिएको छ । यसमा गुठीका हाकिमहरुको पनि मिलेमतो भएको पटेलको आरोप छ ।
नियन्त्रीत टिपरको चालककाअनुसार उक्त माटो खन्ने कामको ठेक्का चन्द्रिका पटेल नाम गरेका व्यक्तिले लिएका छन् । यद्यपी अहिलेसम्म टिपर र स्काभेटर नियन्त्रणमा लिँदा कसैले पनि रोकतोक तथा दावी गर्न नआएको नगर प्रहरी प्रमुख भुषालले बताए ।
महानगरले केही साता यता सार्वजनिक जग्गाको अतिक्रमण हटाउने अभियान चलाएको बताउँदै महानगर प्रमुख राजेशमान सिंहले सार्वजनिक जग्गा व्यक्तिगत रुपमा प्रयोजन गर्नेलाई कारवाही गर्ने चेतावनी दिए । साथै उनले महानगरका अन्य क्षेत्रमा पनि सार्वजनिक वा गुठीको जग्गा दुरुपयोग भएको वा अतिक्रमणमा परेको भए महानगरलाई खबर गर्न पनि आग्रह गरेका छन् ।
आबिद हुसेन
आबिद हुसेन नेपालबहस डटकमका मधेश प्रदेश प्रमुख हुन् । बिगत डेढ दशकदेखि विभिन्न सञ्चारमाध्यममा सक्रिय पत्रकारिता गर्दै आएका हुसेनले एफएम रेडियो, टेलिभिजन एवं पत्रपत्रिकाहरुमा आबद्ध रही काम गर्दै आएका छन् । हुसेन यसअघि सगरमाथा टेलिभिजन, क्राइम टुडे मासिकको बीरगञ्ज संवाददाता तथा बीरगञ्जबाट प्रकाशित हुने दिशानिर्देश अनलाइनमा सम्बद्ध रहेका छन् ।
लेखकबाट थपदशैं, तिहार र छठमा ५ करोडको फूल किनबेच
कात्तिक २६, २०८१ सोमबार
छठ पर्वको मुख्य दिन आज, अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अर्घ दिइँदै
कात्तिक २२, २०८१ बिहिबार
वीरगञ्जमा छठका सामान किनमेल गर्नेको घुइँचो
कात्तिक २१, २०८१ बुधबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
नेपालबहस संवाददाता
कात्तिक २८, २०८१ बुधबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
कात्तिक ३०, २०८१ शुक्रबार
हनी ट्रयापमा जोडिएका एसपी थापाको सीआईबीमा बयान, मुद्दा यसै साता बुझाइने
कात्तिक ३०, २०८१ शुक्रबार
नेपाली सेनामा खुल्यो विभिन्न पदमा विज्ञापन
कात्तिक ३०, २०८१ शुक्रबार
कोप–२९ सम्मेलनमा हिमालका मुद्दाबारे छलफल
कात्तिक ३०, २०८१ शुक्रबार
राज्माखेतीमा ढुसीको सङ्क्रमण
कात्तिक ३०, २०८१ शुक्रबार
गाजा युद्धविरामका लागि हमास ‘तयार’, इजरायललाई ‘दबाब’ दिन ट्रम्पलाई आग्रह
कात्तिक ३०, २०८१ शुक्रबार
स्वास्थ्य प्रवर्द्र्धन केन्द्रबाटै नागरिकलाई निःशुल्क एक्स–रे सेवा
कात्तिक ३०, २०८१ शुक्रबार
चोरीका सुनको गरगहनासहित दुई जना पक्राउ
कात्तिक ३०, २०८१ शुक्रबार
प्रतिलिटर ३ रुपैयाँले डिजेल र मट्टितेलको मूल्य बढ्यो
कात्तिक ३०, २०८१ शुक्रबार