वार्षिक सम्मेलन सकिएपछि मात्र मात्र कांग्रेसको नीति अधिवेशन
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_x6Vewor94V.jpeg
)
नेपालबहस संवाददाता
चैत १३, २०७९ सोमबार १६:४९:५५
![](https://nepalbahas.prixacdn.net/media/albums/thumb-17_BSFDjZaYN8.jpg)
१३ चैत, काठमाडौं । मंसिर ४ को निर्वाचनपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक बसेको छैन् । निर्वाचनको समीक्षा र पार्टीका आन्तरिक विषयमा पनि कांग्रेसले केन्द्रीय समितिमा छलफल गरेको छैन् । पार्टीका तर्फबाट गर्नुपर्ने निर्णयहरु कार्यसम्पादन समितिले गर्दै आएको छ । सरकारमा पार्टीका तफबार्ट मन्त्री पठाउने बारे निर्णय गर्न भोली मंगलबार विहान केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाइएको छ । यसअघि सभापति शेरबाहादुर देउवाको निवास धुम्बाराहीमा पदाधिकारी बैठक बसेको थियो ।
कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक सरकारमा पठाउने मन्त्रीको नाम छनोट र सत्ता गठबन्धनका न्यनतम साझा कार्यक्रमबारे छलफल गर्न बैठक बोलाएको हो । यससँगै आगामी बैशाख १० मा हुनगइरहेका तीन क्षेत्रको उपनिर्वाचनमा कसलाई उम्मेदवार बनाउने र कनु कुन निर्वाचन क्षेत्रमा साझा उम्मेदवार दिने भन्ने विषयमा पनि छलफल हुनेछ । यसबारेक अरु कुनैठोस बैठकका एजेण्ड रहेका छैनन् । माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा सहभागि भइसेकपछि सभापति देउवाले पार्टीको केन्द्रीय समितिको बैठक बोलाएर बाँकी विषयमा छलफल गराउने तयारी गिरिरहेका छन् ।
आम निर्वाचनमा संसदको सबैभन्दा ठूलोदल बनेको कांग्रेसमा सुरुका आन्तरिक विवादहरु अझै कायमै छन् । निर्वाचन सकिएर सरकार गठनको बेला पाँच दलीय गठबन्धन भाडिएपछि कांग्रेसमा चर्को विवाद सुरु भएको थियो । नेताहरुले नेतृत्वमाथि दोष दिँदै विशेष महाधिवेशन र नीति अधिवेशनको माग गरेका थिए । तर, सभापति देउवाले आफ्नो आलोचना हुने भएपछि केन्द्रीय समितिको बैठक नै ठाकेका छैन् । अहिले विवाद सामान्य हुँदै गएपछि सरकार विस्तार र उपनिर्वाचको काम सकिएपछि केन्द्रीय समितिको बैठक डाकेर सबै विषयमा छलफल गर्ने आश्वासन नेताहरुलाई दिएका छन् ।
सभापति देउवा निकट एक नेताले दिएको जानकारी अनुसार नीति अधिवेशन गराउन उनी राजी भएका छन् तर, यो ततकाल सम्भावना छैन । कांग्रेसको प्रदेश र जिल्ला र पालिकास्तरमा वार्षिक सम्मेलन आउन लागेको छ । यो सम्मेलन सकिएपछि मात्र नीति अधिवेशनका विषयमा छलफल हुन्छ । प्रदेशदेखि पालिकासम्मको अधिवेशव गराउने विषयमा देउवाले केन्द्रीय समिति बोलाउने बताएका छन् तर, उपनिर्वाचनभन्दा अगाडी केन्द्रीय समिति ठाकिने सम्भावना पनि कम देखिएको छ ।
कांग्रेसका महामन्त्री गगन थापाले पनि आगामी केन्द्रीय कार्यसमिति बैठकबाट नीति अधिवेशनको मिति तोकिने आश्वासन दिँदै आएका छन् । उनले यसअघि पनि तत्काल नीति अधिवेशन डाक्नुपर्ने बताएका थिए । महामन्त्रीद्वयको संयुक्त विषयमा विज्ञप्ती नै आएपछि देउवा असन्तुष्ट बनेका थिए । पछि राजनीतिक समीकरणमा परिवर्तन आएपछि यो विषय मथ्थर भएको थियो । आइतबार एक कार्यक्रममा पनि महामन्त्री थापाले चाँडै केन्द्रीय समितिको बैठक राखेर नीति अधिवेशन गराइने बताएका थिए । तर, यो तत्काल नहुने देखिएको छ । त्यसका लागि केन्द्रीय समिति बैठक बोलाएर छलफल गर्नुपर्छ ।
कांग्रेसले जिल्ला, प्रदेश र पालिकास्तरमा वार्षिक सम्मेलनको काम कहिलेबाट सुरु गर्ने भन्ने निर्णय पनि गरेका छैन् । यही निर्णय गराउनका लागि सभापति देउवाले बैशाख दोस्रो साता केन्द्रीय समिति बोलाउने विषयमा ओनौपचारिक छलफल नेताहरुसँग गरिरहेका छन् । त्यसपछि नीति अधिवेशन हुने र नहुने विषयमा टुंगो लाग्नेछ । ता, पार्टीमा महाधिवेशन प्रतिनिधि वा महासमिति सदस्यको सहभागितामा नीति अधिवेशन गर्ने भनेर बहस भइरहेको छ । सातै प्रदेशमा नीति अधिवेशन गरेर केन्द्रमा नीति अधिवेशन गराउनेबारे पनि कांग्रेसमा छलफल भएको छैन् ।
केन्द्रीय कार्यसमिति बैठक नबस्दा भ्रातृ संस्था र पार्टीका विभाग पनि लथालिङ्ग छन् । क्रियाशील सदस्यता वितरणका प्रक्रिया थाल्न जिल्ला कार्यसमितिलाई परिपत्र गरिएको भएपनि काम सुरु भएको छैन् । केही जिल्ला कार्यसमितिले भने केन्द्रीय कार्यालय सानेपाबाट फारम लगिरहेका छन् । पार्टीको युवा पंक्तिमा नीति अधिवशन गराएर कांग्रेसको एक दशकको कार्य दिशा बनाउनुपर्ने बहस पनि भइरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपछोराको विवाहको अवसर पारेर विदा बस्न खोजेका आईजीपी किन रोकिए ?
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
लय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक
सुबोधकुमार अधिकारी
फागुन २, २०८१ शुक्रबार
पूर्वका नाकाबाट तस्करी बढ्योः माथि गलत रिपोर्टिङ गर्ने, तल लाइन मिलाउने
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
फागुन ४, २०८१ आइतबार
आलिया भट्टले तोडिन् अमेरिकन गायिका जेनिफर लोपेजको रेकर्ड
फागुन ४, २०८१ आइतबार
इजरायली हवाई आक्रमणमा गाजामा तीन प्रहरी अधिकारीको मृत्यु
फागुन ४, २०८१ आइतबार
परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्री डा जयशंकरबीच भेटवार्ता
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
खोटाङको हलेसी बजारमा आगलागी, निभाउने प्रयास जारी
फागुन ४, २०८१ आइतबार
गणपुरक सङ्ख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक स्थगित
फागुन ४, २०८१ आइतबार
ठमेलमा बालिकालाई यौन व्यवसायमा लगाउने स्पा सञ्चालिका रमिला गौतम पक्राउ
फागुन ४, २०८१ आइतबार