आज पार्टीबाट नाम टुंग्याएर भोली मन्त्रिपरिषदलाई पूर्णता दिने तयारी
नेपालबहस संवाददाता
चैत १३, २०७९ सोमबार १७:४३:२७
१३ चैत, काठमाडौं । सत्ता गठबन्धनका तीन शीर्ष नेताले आज पार्टीबाट मन्त्री बनाउनेको नाम टुंगो लगाएर भोली मंगलबार प्रचण्ड नेतृत्वको मन्त्रिपरिषदलाई पूर्णता दिने निर्णय गरेका छन् । कांग्रेस, माओवादी र नेकपा एकीकृत समाजवादीले आज सरकारमा जाने मन्त्रीहरुको नाम टुंग्याउने भएका छन् । सोमबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफलमा यस्तो निर्णय भएको हो ।
मन्त्रिपरिषद विस्तारमा ढिलाई भएको भन्दै प्रधानमन्त्री र सत्ता गठबन्धन दलका नेताहरुको आलोचना बढेर गएपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भोलीसम्ममा जसरी पनि मन्त्रिपरिषद विस्ताको काम सक्ने निर्णय भएको हो ।
प्रधानमन्त्री प्रचण्डको सचिवालयले दिएको जानकारी अनुसार आज दलहरुबाट मन्त्रीहरुको नाम टुंगो लगाएर भोली अपरान्ह ४ बजे १० दलको बैठकमा पेस भएपछि मन्त्रिपरिषद विस्तार भएर नयाँ मन्त्रीसहितको बैठक बस्नेछ । चैत ६ गते दोस्रो पटक विश्वासको मत लिएका प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषदलाई पूर्णता दिन अझै सकेका छैनन् । प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएको तीन महिना कटिसकेको छ । तर, अहिलेसम्म मन्त्रिपरिषदले पूर्णता पाएको छैन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्रपति पौडेलसमक्ष तीन देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस
मंसिर ७, २०८१ शुक्रबार
प्रधानमन्त्री ओलीसँग भारतीय सेनाध्यक्ष द्विवेदीको भेट
मंसिर ७, २०८१ शुक्रबार
उपनिर्वाचनको तयारीमा लाग्न कांग्रेसले पठायो सर्कुलर
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
पत्नी बानोसँग रहमानको सम्बन्धविच्छेदमा जोडियो मोहिनीको नाम
मंसिर ७, २०८१ शुक्रबार
लेबनानमा सन् २०२३ अक्टोबर ७ पछि २२६ स्वास्थ्यकर्मीको मृत्यु
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
कोलेस्ट्रोल नियन्त्रणमा राख्न चाहनुहुन्छ ? खाली पेटमा अदुवाको जुस पिउनुहोस्
मंसिर ७, २०८१ शुक्रबार
उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगमा निजी क्षेत्रलाई समावेश
मंसिर ७, २०८१ शुक्रबार
अस्ट्रेलियाविरुद्ध भारतको कमब्याक, बुमराहले लिए चार विकेट
मंसिर ७, २०८१ शुक्रबार