एमालेका सांसद कोइरी समात्न प्रहरीले देखाएन तादरुकता
नेपालबहस संवाददाता
चैत १३, २०७९ सोमबार १९:४:१०
१३ चैत, महोत्तरी । गत मंसिर ४ मा भएको निर्वाचनमा प्रतिनिधिसिभा सदस्यमा महोत्तरी क्षेत्र नम्बर १ बाट निर्वाचित भएका सांसद लक्ष्मी कोइरी प्रक्राउ गर्न नेपाल प्रहरी असफल भएको छ । सांसद कोइरी सार्वजनिक रुपमा हिँडडुल गरिरहँदा उनी प्रहरीको निगरानीमा पर्न सकेका छैनन् । उच्च राजनीतिक दवावका कारण प्रहरीले कोइरीलाई अनदेखा गरिरहेको छ ।
सांसद कोइरी नेकपा एमालेका तर्फबाट उम्मेदवार बनेर निर्वाचित भएका थिए । उनी संसदमा उपस्थित भएर तत्कालिन गृहमन्त्रीसँगै कुर्सीमा बस्ता पनि प्रहरीले वास्ता गरेको थिएन । प्रतिनिधिसभा बैठकमा हत्या अभियोग लागेका कोइरीलाई समाउन सांसदरुले माग राखेपछि तत्कलीन गृहमन्त्री रवि लामिछानेले व्यक्ति पक्राउको नियम रहेकाले नियम अनुसार उनलाई कारवाही हुने बताएका थिए । संसद र राजनीतिक रुपमा नै तत्कालिन गृहमन्त्री लामिछानेको विरोध हुन थालेपछि उनले प्रहरी प्रशासनलाई लिखित निर्देशन नै दिएका थिए ।
गृह मन्त्रालयले मन्त्रीको निर्देशन अनुसार कोइरीलाई पक्राउ गर्न आदेश दिएको थियो । गृह मन्त्रालयबाट पक्राउ गरी कानुनी दायरामा ल्याउन सर्कुलर जारी भएको पनि तीन महिना वित्न लागेको छ । तर, प्रतिनिधिसभा सदस्य कोइरीलाई अझै प्रहरीले भेटेको छैन् । अहिले पनि उनी गाँउ र काठमाडौं गरिरहेका छन् । २०७७ मा जनकपुर उच्च अदालतले पुर्पक्षका लागि जेल चलान गर्नुपर्ने सजाय सुनाएदेखि नै फरार रहेका कोइरीलाई एमालेले उम्मेदवार बनाएको थियो । त्यही बेला पनि कोइरीलाई टिकट दिएको भन्दै विरोध भएको थियो ।
सुरक्षाकर्मी थमन विकको हत्या गरेको आरोप लागेका संसद कोइरी निर्वाचित भएपछि प्रहरीको आँखा छल्दै पटक पटक संसद भवन छिरेर बैठकमा सहभागी भएका थिए । लगातार संसदमा जाँदा पनि पक्राउ पर्न गर्न नसकेपछि चौतर्फी विरोध भएसँगै गृह मन्त्रालयले गत ६ माघमा सांसद कोइरीलाई पक्राउ गर्न देशभरका जिल्ला प्रशासनलाई निर्देशन दिएको थियो । तर, तीन महिना नाघ्न लाग्दा पनि उनी पक्राउ पर्न सकेका छैनन् । नेकपा एमालेबाट निर्वाचित संसद कोइरीलाई एमालेले नै संरक्षण गरेको आरोप छ भने उनलाई सरकारले नै जोगाएको पनि आरोप छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएसपी थापालाई बाहिर राखेर भैँसेपाटी प्रकरणमा ६ जनालाई मुद्दा चलाउन सीआईबीको सिफारिस
मंसिर ५, २०८१ बुधबार
चिसो बढेपछि लिमी सीमा प्रहरी चौकी सिमकोटमा स्थानान्तरण
मंसिर १, २०८१ शनिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
रुसले युक्रेनमा पहिलो पटक इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइलबाट आक्रमण
मंसिर ६, २०८१ बिहिबार
प्रहरीको दमनविरुद्ध मानव अधिकार आयोगको कार्यालय घेराउ गर्न पुल्चोक पुगे सहकारी पीडित
मंसिर ७, २०८१ शुक्रबार
स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदले स्वास्थ्य मन्त्रालयलाई दियो सैद्धान्तिक सहमती
मंसिर ७, २०८१ शुक्रबार
महिला किसानलाई सुत्केरी भत्तासँगै सरकारी सुविधाको व्यवस्था गर्न माग
मंसिर ७, २०८१ शुक्रबार
प्रादेशिक अस्पताल जलेश्वरमा दुई करोडका उपकरण प्रयोगविहीन
मंसिर ७, २०८१ शुक्रबार
पाकिस्तानमा भएको हमलामा ४३ जनाको मृत्यु : अधिकारी
मंसिर ७, २०८१ शुक्रबार