अवकाश प्राप्त राष्ट्रसेवक कालिजपालनमा व्यस्त
नेपालबहस संवाददाता
चैत १३, २०७९ सोमबार २०:२४:४३
१३ चैत, दाङ । तुलसीपुर उपमहानगरपालिका–१० नयाँ गाउँमा वडा नं ६ निवासी विण्णुमणि आचार्यले व्यावसायिकरूपले कालिज पालन गरेका छन । सोही पेसामा रमाएका उनको दिनचर्या कालिजलाई दानापानी खुवाउन र रेखदेखमा बित्ने गरेको छ । अवकाश प्राप्त राष्ट्रसेवक आचार्य भन्छन “अवकाश भएपछि चार महिनासम्म घरमै बसे । दिनभर घरपरिवार साथीभाइ तथा आफन्तसँग त्यत्तिकै बसेर समय बिताउँथे । तीस वर्षसम्म जागिरमा व्यस्त भएको मान्छे अब यसरी सधैँ कसरी बस्नुजस्तो लागेकाले यो व्यवसाय सुरु गरेको हुँ ।” सुरुमा सामाजिक सञ्जाल (युटुब)मार्फत व्यावसायिकरूपमा पालन गरिएका कालिजको भिडियो हेरे । त्यसपछि कालिजपालन गरिएको जिल्लाका दुई ठाउँमा पुगेँ । घरमा फर्केपछि उत्साहित भएर यो व्यवसाय सुरु गरेको उनले उल्लेख गरे ।
“दाङ उपत्यका कालिज पाल्न उपयुक्त वातावरण भएको भन्ने थाहा पाएरै यो व्यावसाय सुरुआत गरेको हुँ अहिलेसम्म तीनसय भन्दाबढी कालिज बिक्री गरिसकेँ । अझै पाँच सयवटा बिक्रीका लागि तयारी अवस्थामा छन् ।” आचार्य भन्छन । उनले ‘चाणक्य मल्टी प्रपोज एग्रो फार्म एण्ड रिसर्च सेन्टर’ प्राली खोलेर रु २५ लाखको लागतमा कालिजपालन सुरु गरेका हुन् ।
ह्याचिङ गरी उत्पादन गरिएका एक दिनका १८१ बचेरा रु पाँच सय ५० दरले किनेर यो व्यवसाय सुरुआत गरेका आचार्यको व्यवसाय अहिले फस्टाउँदै गएको छ । उनले एक जनालाई रोजगारी रोजगारी दिएका छन ।
आचार्यका अनुसार ३५ डिग्री सेल्सियसभन्दा कम तापक्रम हुने स्थान कालिज पाल्न राम्रो मानिन्छ । दाङको तापक्रम लगभग त्यस्तै छ । “अहिलेसम्म पाँच सय कालिज बिक्री गरिसकेँ । सुरुमा एउटा कालिजलाई दुई हजार पाँच सयमा बिक्री गरे । अहिले भने दुई हजारसम्ममा दिने गरेको छु । अण्डा पनि राम्रोसँग बिक्री भएको छ । एउटा अण्डा बिक्रीबाट रु एकसय आम्दानी हुने गरेको छ । सुरुआतमै धेरै आम्दानीको अपेक्षा लिन हुँदैन विस्तारै आम्दानी हुन्छ”, उनी भन्छन् ।
छ महिना पुगेपछि कालिज वयस्क हुन्छ र मासुका लागि उपयुक्त मानिन्छ । भाले कालिज एकदेखि डेढ केजीसम्म र पोथी आठ सय ग्रामदेखि एक केजीसम्मको हुन्छ । कालिजले घाँस, मकै खान्छ । अण्डा दिने पोथीका लागि दाना पनि दिन उपयुक्त हुन्छ । कालिजलाई हालसम्म कुनै रोग नलागेकाले औषधि पनि दिनुपरेको छैन तर अवलोकन तथा खरिद गर्ने जानेलाई जुत्ता, चप्पल खोलेर खुट्टामा औषधि छर्केरमात्र नजिक जान दिने उनले गरेका छन् ।
“कालिज फुर्तिलो र लडाकु स्वभावको हुन्छ । त्यसैले चुच्चो मुखमा क्याप लगाउनुपर्छ । विदेशमा त्यही गरिन्छ । यहाँ भने त्यसो गरिएको छैन उनीहरु लड्न लागेपछि औजारको सहायताले छुट्याउने र केही समय छट्टै ठाउँमा राख्ने गरेको छु”, आचार्य भन्छन् ।
भाले र पोथी कालिजलाई छुट्टाछुट्टै राखिएको र अहिले पोथी बिक्री नगरी अण्डालाई ह्याचिङ गरी बचेरा निकाल्नका लागि तयारी गरिएको उनको भनाइ छ । “बजारमा माग त धेरै छ, तर यो वर्ष पोथी कालिज र बच्चा एउटा पनि नबेची धेरै उत्पादन भएमा अर्को वर्षदेखि मात्रै बिक्री गर्छु”, आचार्य भन्छन । पढेलेखेकाले पैसा कमाउनकै लागि जागिर खानै पर्ने या विदेश नै जानुपर्छ भन्ने छैन तर राज्यले पनि किसानलाई प्रोत्साहन हुने कार्यक्रम ल्याउनुपर्नेमा उनले जोड दिन्छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकोलेस्ट्रोल नियन्त्रणमा राख्न चाहनुहुन्छ ? खाली पेटमा अदुवाको जुस पिउनुहोस्
मंसिर ७, २०८१ शुक्रबार
के तपाई घाँटीको संक्रमणबाट हैरान हुनुहुन्छ ?
मंसिर ५, २०८१ बुधबार
जाडोमा कपाल फुट्न थालेको छ भने यो चिजले मसाज गर्नुहोस, कुनै हानि हुँदैन
कात्तिक २८, २०८१ बुधबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
लुम्बिनीमा हवाई सेवा सञ्चालन गर्न कम्बाेडियासँग सभामुखको जोड
मंसिर १०, २०८१ सोमबार
प्रधानमन्त्रीको चीन भ्रमण चार दिने हुने, १८ गते सि जिनपिङसँग भेटवार्ता हुने
मंसिर १०, २०८१ सोमबार
प्रधानमन्त्रीको भ्रमण तयारी गर्न मंसिर १३ गते परराष्ट्र मन्त्री राणा चीन जाने
मंसिर १०, २०८१ सोमबार
बादी समुदायको पुर्ख्यौली पेसा संकटमा
मंसिर १०, २०८१ सोमबार
कति छ आज तरकारी तथा फलफूलको भाउ ?
मंसिर १०, २०८१ सोमबार
पल शाहको 'मायावी' फागुन १४ मा रिलिज हुने
मंसिर १०, २०८१ सोमबार