मान्छे मार्ने बाघ डमरुसहित देखिएपछि क्षति रोक्न सक्रियता
नेपालबहस संवाददाता
चैत १३, २०७९ सोमबार २१:१३:४८
१२ चैत, महेन्द्रनगर । मान्छे मार्ने बाघ डमरुसहित देखिएपछि मानविय क्षति रोक्न सक्रियता बढाइएको छ । कञ्चनपुरको पूर्व–दक्षिण क्षेत्रमा पर्ने मोहना–लालझाडी करिडोरमा दुई डमरुसहित पाटेबाघ देखिन थालेपछि सो क्षेत्रमा मानवीय क्षति रोक्न वन कर्मचारी सक्रिय भएका छन् ।
एक सातायता कञ्चनपुरको पुनर्वास नगरपालिका–११ र धनगढी उपमहानगरपालिका–३ मा पर्ने करिडोर क्षेत्रमा स्थानीयवासीले डमरुसहित पाटे बाघ देखेपछि डिभिजन वन कार्यालय कञ्चनपुरले मानवीय क्षति हुन नदिन सक्रियता बढाएको छ ।
“यसअघि पनि सो क्षेत्रमा बाघ नदेखिएको होइन”, कुण्डा सव डिभिजन वन कार्यालयका सहायक वन अधिकृत दिनेशकुमार यादवले भने, “एक सातायता बाघ देखिन थालेपछि सो क्षेत्रका सामुदायिक वनका उपभोक्तालाई कर्मचारी खटाएर सचेत रहन भनिरहेका छौँं ।” मोहना–लालझाडी करिडोर भारतको दूधुवा नेशनल पार्क र कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसितसमेत जोडिएको छ ।
“पुनर्वास नगरपालिका– १० र ११ बाट भारतको दूधुवासित जोडिएको छ भने बेलौरी नगरपालिकाको रामपुर गाउँहुदै करिडोर शुक्लाफाँटासित जोडिएको छ ।” सहायक वन अधिकृत यादवले भने, “करिडोरमा पनि संरक्षण र वासस्थानको अवस्था राम्रो भएकाले पछिल्लो समय बाघ लगायतका वन्यजन्तु बढिरहेका छन् ।” दुई दिनअघि पुनर्वास नगरपालिका–१० का ३२ वर्षीया कलसा सार्कीको दूधुवा नेशनल पार्कमा बाघको आक्रमणबाट निधन भएपछि सो क्षेत्रमा भारतीय वन तथा सुरक्षाकर्मीले पनि सक्रियता बढाएका छन् ।
“ मानिस आक्रमण गर्ने बाघ नै यहाँ दिनहुँ देखिन थालेको हो की भन्ने आशङ्का छ”, यादवले रासससित भने “सोही अनुसार भारतीय वनकर्मीसित पनि समन्वय गरिरहेका छौँ ।” उनले शुक्लाफाँटा र दूधुवा नेशनल पार्कमा बाघको सङ्ख्या बढेकाले करिडोरमा पसेको हुनसक्ने बताए । उनले करिडोर वरपर सचेतना अपनाउन सामाजिक सञ्जालको उपयोग गरिएको जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशिक्षामा समयानुकूल परिमार्जन आवश्यक छ: मुख्यमन्त्री शाह
मंसिर ३०, २०८१ आइतबार
वर्षासँगै बैतडीसहित सुदूरपहाडमा हिमपात, जनजीवन प्रभावित
मंसिर २४, २०८१ सोमबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
यस्तो छ नेकपा एसका नेताहरुको कार्यविभाजन
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
नेपाल प्रहरीमा दैनिक १६२ मुद्दा दर्ता, ११७ पक्राउ
पुष ३, २०८१ बुधबार
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
न्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिने
पुष ३, २०८१ बुधबार