ओलम्पिक छनोटको पहिलो चरण खेल नेपालमा हुने
नेपालबहस संवाददाता
चैत १३, २०७९ सोमबार २२:४३:१०
१३ चैत, काठमाडौं । फ्रान्सको पेरिसमा आयोजना हुने महिला ओलम्पिक फुटबल–२०२४ प्रतियोगिताको एशियाली छनोटको पहिलो चरणको खेल नेपालले आयोजना गर्ने भएको छ ।
अखिल नेपाल फुटबल सङ्घ ९एन्फा०ले आयोजना गर्ने उक्त प्रतियोगितामा नेपाल र भियतनामको महिला फुटबल टोलीको सहभागिता रहनेछ । नेपालको समूहमा अफगानिस्तान र प्यालेस्टाइन पनि रहेका भए पनि दुवैले प्रतियोगिता नखेल्ने भन्दै नाम फिर्ता लिएपछि दुई नेपाल र भियतनामबीच मात्र प्रतिस्पर्धा हुन लागेको हो ।
उक्त समूहको विजेता टोली महिला ओलम्पिक फुटबलको दोस्रो चरणमा पुग्नेछ । एशियाली राष्ट्रलाई विभिन्न सात समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहको विजेता टोली दोस्रो चरणमा पुग्नेछ । नेपालमा आयोजना हुने पहिलो चरणको खेल यही चैत २२ र २५ गते दशरथ रङ्शालामा हुनेछ ।
खेल हेर्ने दर्शकका लागि साधारण टिकटको मूल्य प्यारापिटतर्फ रु तीन सय र भिआइपी प्यारापिटतर्फ रु एक हजार कायम गरिएको एन्फाले जनाएको छ । उक्त प्रतियोगिताका लागि करिब रु ४३ लाख खर्च लाग्ने आयोजकले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाली पार्कर खेलाडी सुनार गिनिज बुकमा नाम लेखाउन सफल
पुष ७, २०८१ आइतबार
बक्सिङ डे टेस्टमा भारतको रेकर्ड कस्तो रह्यो ?
पुष ५, २०८१ शुक्रबार
तनहुँमै पहिलो पटक ह्विलचियर बास्केटबल प्रतियोगिता हुने
मंसिर २९, २०८१ शनिबार
कास्की जिल्ला अदालतका १५ प्रश्न: रविको मौका बयान भन्दा फरक ढंगले दिए छबीले जवाफ
पुष ९, २०८१ मंगलबार
असफलताले जीवन घेरेपछि परिवारका सबै सदस्य मारेर मुक्ति पाउने अभियानमा थिए मिलन
पुष ९, २०८१ मंगलबार
संघीय संसदको राज्य व्यवस्था समिति सदस्यबाट पनि हटाइए रवि लामिछाने
पुष ९, २०८१ मंगलबार
तेह्रथुमको चोत्लुङ ‘पार्क’ लिम्बू संस्कृति अध्ययन केन्द्र बन्दै
पुष १०, २०८१ बुधबार
जाडोमा भक्का बेचेर खर्च जुटाउदै महिला
पुष १०, २०८१ बुधबार
मासु र मदिरा नचल्ने माङ्सेबुङ, जहाँ सुँगुर, बङ्गुर र कुखुरा पाल्न पनि पाइँदैन
पुष १०, २०८१ बुधबार
‘क्रिसमस डे’ मा कांग्रेस सभापति देउवाको शुभकामना
पुष १०, २०८१ बुधबार