बुद्ध एयरको जहाज रनवेबाटै फिर्ता, असुरक्षित बन्दै हवाई यात्रा
नेपालबहस संवाददाता
चैत १३, २०७९ सोमबार २३:१४:२१
१३ चैत, काठमाडौं । नेपालका विमान कम्पनीहरुको आन्तरिक असावधानी र समस्याका कारण पछिल्लो समय हवाई यात्रा असुरक्षित बन्दै गएको छ । गत माघ १ गते ७२ जनाको ज्यान जाने गरी पोखरामा भएको जहाज दुर्घटना यता नेपाली जहाज कम्पनीले सञ्चालनमा ल्याएका जहाजमा एकपछि अर्को समस्या दोहाेरीरहेको छ । आइतबार पनि भैरहवाका लागि यात्रु लिएर उडेको बुद्ध एयरको जहाज काठमाडौंकाे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रनवेबाट नै फिर्ता गरिएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट टेकअफ लिन नसकेपछि बुद्ध एयरको जहाज रनवेबाट फर्काइएको हो । सोमबार काठमाडौंबाट भैरहवाको लागि उड्न लागेको उडान नम्बर यू ८४५ को विमानले टेकअफ हुन नसकेपछि रनवेबाटै पार्किङमा फर्किएको हो । विमानको इन्डिकेटरमा समस्या आएपछि विमान रनवेबाट फर्काइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए ।
दिउँसो १ बजेर २० मिनेटमा उडान भर्नुपर्ने जहाज २ बजेर ५० मिनेटमा उड्ने क्रममा थियो । रनवेमा गुडेको विमान टेकअफ हुन नसकेपछि रनवेबाट फर्काइएको उनले बताए । बुद्ध एयरका प्रवक्ता दिपेन्द्र कर्णले विमानमा प्राविधिक समस्या आएको बताए । चैत १२ नेपाल नागरिक उड्डयन प्राधिकरणले एयर इन्डियाका चालक दललाई नेपाल उडानमाथि प्रतिबन्ध नै लगाउनुपर्ने अवस्था आएको थियो । सिमरामाथि १९ हजार फिट उचाइमा होल्डिङमा रहेको एयर इन्डियाको विमान ३७ सय फिट तल झारिएको घटनामा उनीहरुमाथि प्रतिबन्ध लगाइएको हो ।
भारतीय ध्वजाबहाक वायुसेवा एयर इन्डियाका चालक दललाई नेपाल नागरिक उड्डयन प्राधिकरणले तत्कालका लागि नेपालमा हुने उडानमा प्रतिबन्ध लगाएको थियो । प्राधिकरणले यस घटनामा संलग्नलाई कारबाही गर्न भारतीय नागरिक उड्डयन कार्यालय (डीजीसीए इन्डिया) लाई पत्राचार गरेको छ । शुक्रबार भएको यो घटनामा त्यही दिन एयर इन्डियाको विमान काठमाडौंमा अवतरण भएपछि सोधपुछ गरिएको थियो ।
प्राधिकरणका अनुसार त्यसदिन एयर इन्डियाका पाइलट–इन–कमाण्डले गल्ती भएको जनाउँदै माफी मागेका थिए । तर नेपालको नागरिक उड्डयन प्राधिकरणले उनलाई कारबाही गर्न नमिल्ने भएकाले भारतको नागरिक उड्डयन कार्यालय (डीजीसीए) लाई पत्र पठाएको हो । त्यो निकायले कारबाही फुकुवा नगरुन्जेल उनलाई नेपालमा हुने उडानमा प्रतिबन्ध लगाइएको छ । यो घटना भएको दिन उक्त जहाजलाई हेर्ने काठमाडौं टावर अन्तर्गत रहेको कन्ट्रोल टावरमा रहेका तीन जना एयर ट्राफिक कन्ट्रोलर (एटीसी) लाई पनि ग्राउन्डेड (कारबाही) गरिएको छ ।
शुक्रबार बिहान पौने नौ बजे मलेसियाबाट आएको नेपाल वायुसेवा निगमको न्यरोबडी विमान सिमरामाथि १५ हजार फिट उचाइमा फन्को लगाइरहेका बेला त्यो विमानमाथि १९ हजार फिटमा फन्को लगाइरहेको एयर इन्डियाको विमान एक्कासि १५ हजार ३ सय फिटमा झरेको थियो । यो पनि चालक दलका सदस्यको लापर्वाहीका कारण भएको थियो । यदि दुई जहाज एकआपसमा ठोक्किएका भए ठूलो दुर्घटना हुने थियो । दुवै जहाज आमनेसामने भएपछि दुवैको ककपिटमा ‘ट्राफिक अलर्ट’ ले सावधानी गराएको थियो ।
यस्तै चैत ४ गते पनि ६२ यात्रु बाकेको बुद्ध एयरको एटीआर ७२ विमान बीच बाटोबाट फकाएर काठमाडौंमा अवतरण गरिएको थियो ।काठमाडौंबाट सुर्खेतका लागि यात्रु बोकेर उडेको बुद्ध एयरको जहाजको इन्डिकेटरम समस्या देखिएपछि बीच बाटोबाटै काठमाडौं फर्काएर अवतरण गरिएको थियो । त्रिभुवन विमानस्थलबाट १५ माइल उडान भरेपछि इन्डिकेटरमा समस्या देखिएको थियो । यसमा समस्या देखिएपछि चलक दलका सदस्यले जहाजलाई काठमाडौं फर्काएर अवतरण गराएका थिए ।
बुद्ध एयरको एटीआर ७२ जहाजको इन्डिकेटरमा समस्या आएपछि सिमराको आकाशबाट फर्काइएको क्यानका प्रवक्ता जग्गनाथ निरौलाले नेपाबहसलाई जानकारी दिएका थिए । जहाज सकुशल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्यान्ड गराइएको थियो । जहाजको सुरक्षित अवतरणपछि प्राविधिक टोलीलाई जाँच गर्न लगाइएको थियो । यसअघि २६ फागुनमा श्री एयरलाइन्सलाई इन्जिन सुरक्षा जाँच नसकिएसम्म उडान नगर्न प्राधिकरणले निर्देशन दिएको थियो ।
यसअघि २५ फागुनमा श्री एयरलाइन्सको जहाज ठूलो दुर्घटना हुनबाट जोगिएको थियो । उडिरहेको जहजलाई चालक दलका सदस्यले सकुशल काठमाडौं फर्काएर अवतरण गराएका छन् । काठमाडौंबाट भैरहवा उडेको श्री एयरलाइन्सको जहाजको इन्जिनमा आगो लागेको देखिएपछि काठमाडौं नै फर्काएर सुरक्षित अवतरण गराइएको थियो ।
उडान नं. ८२१ को जहाजको इन्जिनमा आगो देखिएपछि धादिङको थाक्रेबाट फर्किएको थियो । सो जहाज त्रिभुवन विमानस्थलमा केहीबेर अघि सुरक्षित अवतरण गरेको छ । सो जहाजमा रहेका चालक दलका सदस्य र यात्रुहरू सबै सकुशल रहेका थिए । ८० सिटे उक्त विमानमा चालक दलका चार सदस्यसहित ७८ जना सवार रहेका थिए ।
यसअघि माघ १ गते पोखरामा एति एयरलाइन्सको जहाज दुर्घनामा पनि ७२ जनाले ज्यान गुमाएका थिए । उक्त जहाजको अनुसन्धान गर्न सरकारले उच्चस्तरीय आयोग बनाएको थियो । उक्त आयोगले अहिले जहाज दुर्घटनाबारे अनुसन्धान गरिहको छ । यसरी लगातार जहाजमा समस्या आउनुका पछाडी सञ्चलक काम्पनीहरुको कमजोरी देखिएकाे छ । दिनहुँजसो विमान दुर्घटना सम्बन्धी समाचार आउँदा यात्रुहरुसमेत जहाजको यात्रा गर्न डराउन थालेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविमान चालकको समस्या छिट्टै समाधान हुन्छः वायुसेवा निगम
मंसिर १०, २०८१ सोमबार
मनकामना केबलकार सञ्चालनको २७औं वर्षमा प्रवेश
मंसिर ९, २०८१ आइतबार
नेपाल एयरलाइन्सले रुट अनुसार अन्तर्राष्ट्रिय उडानमा २५०० देखि ५ हजारसम्म घटायो भाडा
मंसिर ६, २०८१ बिहिबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै
मंसिर १०, २०८१ सोमबार
'बीबी माइनस' को ग्रेड प्राप्ति नेपालका लागि सञ्जीवनी बुटीः सीबीफिन
मंसिर १०, २०८१ सोमबार
नवीनतम् र रचनात्मक कार्य गर्न प्रहरी महानिरीक्षकको निर्देशन
मंसिर १०, २०८१ सोमबार
सुदूरपश्चिम रोयल्सका विदेशी खेलाडी मेन्टर हज नेपालमा
मंसिर १०, २०८१ सोमबार
अपहरण गरी २ लाख फिरौती मागेको आरोपमा बीरगञ्जमा दुई जना पक्राउ
मंसिर १०, २०८१ सोमबार
बयानका लागि रवि लामिछानेलाई भोलि काठमाडौं ल्याइने
मंसिर १०, २०८१ सोमबार