देउवाले अर्थमन्त्रीमा महतको संकेत गरेपछि कांग्रेसभित्र रँडाको, बाहिर असुन्तष्टि
नेपालबहस संवाददाता
चैत १४, २०७९ मंगलबार १४:३:५०
१४ चैत, काठमाडौं । नेपाली कांग्रेस पार्टी सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारको अर्थमन्त्रीमा नेता प्रकाशशरण महतलाई पठाउने संकेत गरेपछि कांग्रेसभित्र र बाहिर चर्को असन्तुष्टि बढेको छ । सत्ता गठबन्धनभित्रै पनि अर्थमन्त्रीमा महत अयोग्य रेहको चर्चा सुरु भएको छ । पार्टी सभापतिप्रति संस्थापन पक्षकै धेरै जसो नेताहरु असन्तुष्ट देखिएका छन् । सबैभन्दा बढी असन्तुष्टि देउवाभन्दा पछि बसेर काम गरिरहेका उपसभापति पूर्णबाहादुर खड्का भएको बताइएको छ ।
पार्टीको केन्द्रीय कार्यसम्पाद समितिको बैठक आज डाकिएको थियो । तर, बैठकमा महतबारे विवाद आउने भएपछि सभापति देउवाले आजको बैठक स्थगित गर्न लगाएर बिहीबारका लागि सारेका छन् । कांग्रेस नेताका अनुसार अर्थमन्त्रीमा महतको नाम उठाएपछि संस्थापन पक्षमा नै निकै ठूलो रस्स्साकस्सी चलेको छ । महतलाई अर्थमन्त्रीमा पठाउने कुरामा उपसभापति खड्का, नेता विमलेन्द्र निधि, प्रकाशमान सिंह, प्रमुखसचेतक रमेश लेखक लगायतले असमति जनाएका छन् ।
महत सभापति देउवाका विश्वास पात्र हुन जसले पहिलेको पाँचदलीय गठबन्धन भत्काउन ठूलो भूमिका खेलेका थिए । उनले सभापति देउवालाई आफु प्रधानमन्त्री बन्नुपर्छ भन्दै उक्साएका थिए । महत र आरजु राणा मिलेर केन्द्रीय सहस्यहरुको हस्ताक्षर नै गराएपछि गठबन्धन भाडिन पुगेको थियो । त्यसबेला पनि उपसभापति खड्का गठबन्धन जोगाउने निकै ठूलो भूमिका खेलेका थिए । बालुटारबाट पुष १० मा प्रचण्ड उठेर हिँडेपछि महत र खड्काकाबीचमा झण्डै हात हालाहाल समेत भएको थियो ।
महत देउवाको निकटमा भएपनि उनको छवी पार्टीभित्र र बाहिर पनि राम्रो छैन् । कांग्रेस भित्र र बाहिर उनलाई सक्षम राम्रो नेताको रपमा हेरिदैन् । कूटनीतक क्षेत्र र नेपाललाई आर्थिक सहयोग गर्दै आएका दता राष्ट्र र निकायहरु पनि महतप्रति सकारात्म छैनन् । अर्को उनी जनताका माझ जान सधै डरपोख नेता हुन् । सभापति देउवाका कारण पार्टीमा महत्वपूर्ण जिम्मेवारी पटक पटक सरकारमा जाने अवसर पाएपनि उनले एक पटक केन्दीय सदस्यबाहेक अरु कुनै चुनावसमेत जितेका छैनन् ।
अर्थमन्त्रीको प्रतिक्षामा बसेको शेयरबजार यसैपनि प्रभावित छ भने महतको नाम लिएयता ओरोलो लागेको छ । उनी शेयरबजार खल्ला पक्षधर पनि होइनन् । कांग्रेसभित्र देउवा पक्षका नेताहरुले नै महतको विरोधमा लागेपनि पार्टी सभापति देउवा महतको पक्षमा अडिग देखिएपछि केहि चलेको छैन् । पार्टीभित्रका सबैजसो नेता खड्काले नेतृत्व गरेर जाँदा उनले इच्छाएको मन्त्रालय पाउनेमा विश्वस्त थिए । संस्थापन इतरसमुहका नेता डा। शेखर कोइरालाले नेतृत्व गर्ने विषयले चर्चा पाएको थियो । उनीहरुको नामप्रति सत्ता पक्ष र विपक्षी पनि सकारात्मक नै थिए ।
यतिबेला देश गहिरो आर्थिक संकटमा छ । यसको निराकरण गर्न सक्षम व्यक्तिलाई अघि सार्नुपर्ने नेताहरूको राय थियो । गत शनिबार कार्यसम्पादन समितिको बैठकमा पनि यो कुरा उठेको थियो । तर ,त्यहाँ देउवाले महतको नाम लिएका थिएनन् । पार्टीभित्र अधिकांश नेताले अहिलेको सरकार सफलता÷असफलताको मापन अर्थमन्त्री हुने भएकाले सक्षम व्यक्ति अघि सार्न सुझाव दिएका थिए । महतलाई अर्थमन्त्री बनाउन नहुनेमा व्यापक असन्तुष्टि हुँदाहुँदै सभापतिले नाम टुंगो लगाउनुपर्नेमा देउवा अडिक छन् ।
प्रधानमन्त्री प्रचण्डले एमालेसँगको गठबन्धन तोडेर कांग्रेस तर्फ आएपछि अब सरकारले निरन्तरता पाउन आस सबैमा जागेको थियो । यसपटक देउवाले विगतका गल्तीहरु नदोर्याएर सरकारमा राम्रा र सक्षम मन्त्री पठाउनेछन भन्ने धेरै मा अपेक्षा थियो । नेपाली शेयरबजारमा कांग्रेसले अर्थमन्त्रालयको जिम्मेवार लिदैछ भन्दा लगानीकर्ताहरु पर्ख रहेरको अवस्थामा थिए । बजारमा सुधार आउने अपेक्षा धेरैको थियो । तर, महतको नाम आउने वित्तिकै उनीहरुले नै नाक खुम्च्याउन थालेका छन् । गठबधनमा रहेका दलहरुमा पनि व्यपक असन्तुष्टि देखिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमेयर कप भेट्रान फुटबल हुने
पुष १०, २०८१ बुधबार
ग्रीनल्याण्डबारे ट्रम्पको भाषण सुनेर डेनमार्क त्रसित, विश्वभर हलचल
पुष १०, २०८१ बुधबार
काठमाडौंको बौद्ध जोरपाटीबाट स्रोत नखुलेको ९२ लाखसहित तीन जना पक्राउ
पुष १०, २०८१ बुधबार
क्रिसमसको दिन युक्रेनी ऊर्जा पूर्वाधारलाई लक्षित गर्दै रुसी आक्रमण
पुष १०, २०८१ बुधबार
संविधान संशोधन गर्न छिट्टै कार्यदल गठन गरिने एमालेको निर्णय
पुष १०, २०८१ बुधबार
लगानीमैत्री कानुन निर्माण गर्न मुख्यमन्त्री कँडेलको आग्रह
पुष १०, २०८१ बुधबार
आवश्यकताका आधारमा संविधान संशोधन गर्न सकिन्छ: अध्यक्ष दाहाल
पुष १०, २०८१ बुधबार
मध्यपुरथिमिमा बुद्धको अस्थिधातु स्थापना, सर्वसाधारणका लागि प्रदर्शन गरिने
पुष १०, २०८१ बुधबार