आज अमेरिकी डलरसंगै युरोको भाउ पनि घट्यो, हेर्नुस सूचीसहित
नेपालबहस संवाददाता
चैत १४, २०७९ मंगलबार १४:२९:५७
१४ चैत, काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार मंगलबार अमेरिकी डलरको भाउ घटेको छ । सोमबार स्थिर रहेको डलर मंगलबार १८ पैसाले घटेको हो।
आज यसको खरिददर १३१ रुपैयाँ ५१ पैसा र बिक्रीदर १३२ रुपैयाँ १० पैसा कायम गरिएको छ । अघिल्लो दिन सोमबार उक्त डलरको खरिदमूल्य १३१ रुपैयाँ ६८ पैसा र बिक्रीमूल्य १३२ रुपैयाँ २८ पैसा कायम गरिएको थियो । आइतबार पनि सोहि मूल्यमा कारोबार भएको थियो ।
नेपाल राष्ट्र बैंकका अनुसार मंगलबार युरोपियन युरोमा १४ पैसाले घटेर युरोको खरिददर १४१ रुपैयाँ ५६ पैसा र बिक्रीदर १४२ रुपैयाँ २१ पैसा कायम गरिएको छ। सोमबार युरो एकको खरिदमूल्य १४१ रुपैयाँ ७० पैसा र बिक्रीमूल्य १४२ रुपैयाँ ३५ पैसा कायम गरिएको थियो। उक्त दिन एक रुपैयाँ पाँच पैसाले युरोको भाउमा ओरालो लागेको थियो । सोमबार भने ३९ पैसाले युरोको भाउ बढेको थियो ।
बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर मंगलबार १६१ रुपैयाँ १७ पैसा र बिक्रीदर १६१ रुपैयाँ ९० पैसा तोकिएको छ भने अघिल्लो दिन यसको खरिदमूल्य १६१ रुपैयाँ ६ पैसा र बिक्रीमूल्य १६१ रुपैयाँ ८० पैसा कायम गरिएको थियो ।
उता, अष्ट्रेलियन डलर एकको खरिदमा ८७ रुपैयाँ ४० पैसा र बिक्रीमा ८७ रुपैयाँ ८० पैसा तोकिएको छ भने क्यानेडियन डलर एकको खरिदमा भने ९५ रुपैयाँ ८१ पैसा र बिक्रीमा ९६ रुपैयाँ २५ पैसा छ ।
यस्तै, कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ८३ पैसा र बिक्रीमा ३६ रुपैयाँ, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ र बिक्रीदर ३५ रुपैयाँ १६ पैसा, युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ८१ पैसा र बिक्रीमा ३५ रुपैयाँ ९७ र मलेसियन रिंगिट एकको खरिददर २९ रुपैयाँ ७४ पैसा र बिक्रीदर २९ रुपैयाँ ८७ पैसामा कारोबार हुनेछ ।
यसैगरी कुवेती दिनार एकको खरिदमा ४२८ रुपैयाँ ९८ पैसा र बिक्रीमा ४३० रुपैयाँ ९४ पैसामा कारोबार हुनेछ भने आज बहराइन दिनार एकको खरिददर ३४८ रुपैयाँ ७१ पैसा र बिक्रीदर ३५० रुपैयाँ ३० पैसा तोकिएको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस्तो छआजका लागि विदेशी मुद्राको विनिमय दर
पुष ५, २०८१ शुक्रबार
कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख
पुष ४, २०८१ बिहिबार
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर
पुष ४, २०८१ बिहिबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
युक्रेन सम्झौताबारे कुरा गर्न ट्रम्पसँग ‘जुनसुकै बेला’ भेट्न तयार छु : पुटिन
पुष ४, २०८१ बिहिबार
जुम्ला, जोमसोम, जिरी र लुक्लाको तापक्रम माइनसमा, काठमाडौंमा कति पुग्यो ?
पुष ४, २०८१ बिहिबार
नेपालमा मंकीपक्स सङ्क्रमण पुनः देखियो
पुष ५, २०८१ शुक्रबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
पुष ५, २०८१ शुक्रबार
सर्वाेच्च अदालतको आदेशपछि रिहा भए दुर्गा प्रसाईं
पुष ५, २०८१ शुक्रबार
कीर्तिपुर क्रिकेट रंगशालामा समयमा नै ‘प्यारापिट’ बनाइने
पुष ५, २०८१ शुक्रबार
वर्तमान सरकारलाई असफल हुने छुट छैनः नेता कोइराला
पुष ५, २०८१ शुक्रबार
यु–१९ एकदिवसीय क्रिकेटः हङकङविरुद्धको शृङ्खलामा नेपालको ‘क्लिनस्विप’
पुष ५, २०८१ शुक्रबार