कालिका मन्दिरमा तीन दशकपछि चैतेदेशैँ मेला
नेपालबहस संवाददाता
चैत १४, २०७९ मंगलबार १६:४९:५४
१४ चैत, पर्वत । कुश्मा नगरपालिका–१२ बाटुलेचौर स्थित कालिका मन्दिरमा तीन दशकपछि चैतेदेशैँ मेला लागेको छ । ऐतिहासिक, धार्मिक तथा पुरातात्विक महत्वको सो मन्दिर परिसरमा चैत्राष्टमीका अवसरमा मेला लागेको हो । चैतेदशैँ मेलालाई वडा कार्यालयले पुनःजागरण गर्दै यस वर्षदेखि पुनः सुरुआत गरेको हो । चैतेदशैँ अवधिभर मन्दिरमा पूजाआजा, बलि दिने, भजनकीर्तनलगायतका कार्यक्रम सुरु भएको वडाध्यक्ष झलक रिमालले जानकारी दिए ।
राजा दशरथले आफ्ना भाञ्जा श्रवणकुमारको हत्या गरेको पाप मोचन गर्न बाटुलेचौरमा आएर अश्वमेध यज्ञ गरेको र सोही समयदेखि सो स्थानमा पूजाआजा तथा मन्दिरको निर्माण गरिएको स्थानीयवासीको भनाइ छ । भृगु ऋषिको तपस्या स्थलसमेत मानिने सो ठाउँमा रहेका विभिन्न सम्पदाको समेत संरक्षण नहुँदा चोरी भएका छन् ।
पछिल्लो समय मन्दिरको संरक्षण र संवद्र्धनमा व्यवस्थापन समितिले समेत सक्रियता देखाएको छ । करिब दुई सय वर्ष पुराना संरचना भएको भए पनि विसं १९७० मा स्थानीय पण्डित कृतिनाथ उपाध्यायले निर्माण गर्नुभएपछि नियमित पूजा हुँदै आएको यो मन्दिरमा अहिले पनि नेपालका विभिन्न जिल्लाबाट पूजाआजा गर्न दर्शनार्थी पुग्ने गर्दछन् ।
आजभन्दा तीन दशकअघिसम्म चैतेदेशैँ र बडादशैँको अवसरमा ठूलो मेला लाग्दथ्यो । हप्तौँ दिनसम्म ठूलो हाटबजार समेत लाग्ने गरेको थियो । तर पछिल्लो समयमा लोप हुँदै गएको मेला मन्दिर परिसरको व्यवस्थापन, साजसज्जा, बरपिपलको वृक्षरोपण गरिएपछि पुनः सुरु गर्न थालिएको कालिका मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गणेश पौडेलले बताए ।
विगत चार वर्षअघि तीनदिने मेला सञ्चालन हुँदा पनि हजारौँ दर्शकको सहभागिता रहेको थियो । यस वर्षदेखि हरेक चैत्राष्टमी र वडादशैँमा व्यवस्थित मेला सञ्चालन गरी यस क्षेत्रको प्रचार–प्रसार र प्रवद्र्धन गर्न थालिएको अध्यक्ष पौडेलले बताए ।
ठूलो महत्व बोकेको र हजारौँ दर्शनार्थी आउने मन्दिरको संरक्षणमा पर्याप्त बजेट विनियोजन नहुँदा काम गर्नसमेत समस्या हुने गरेको व्यवस्थापन समितिको भनाइ छ । प्राचीन मूर्तिहरू रहेको मन्दिरमा विसं २०३२ मा कालिकाको बहुमूल्य मूर्तिसमेत चोरी भएको र हालसम्म कहीँकतैबाट फेला पार्न नसकिएको मन्दिर व्यवस्थापन समितिका उपाध्यक्ष राजेश पौडेलले बताए । साथै मन्दिरबाट पुरातात्विक महत्वका हातहतियार, पुरान शङ्ख, घन्टीलगायतका सामान र मूर्तिसमेत हराएका छन् ।
पुरातत्व विभागले पुराना मठमन्दिर तथा पुरातात्विक संरचनाको संरक्षणमा करोडौँ रुपैयाँ खर्च गर्ने भए पनि कालिका मन्दिरमा भने कुनै चासो नदिएको मन्दिर संरक्षण समितिले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतनहुँका आठ पालिकाबाट राष्ट्रिय परिचयपत्र वितरण
पुष ५, २०८१ शुक्रबार
गण्डकी प्रदेशसभा सदस्य थापाले लिइन् शपथ
मंसिर २८, २०८१ शुक्रबार
बुढापाकालाई गाउँको अस्तित्व मेटिने डर !
मंसिर १२, २०८१ बुधबार
कास्की जिल्ला अदालतका १५ प्रश्न: रविको मौका बयान भन्दा फरक ढंगले दिए छबीले जवाफ
पुष ९, २०८१ मंगलबार
असफलताले जीवन घेरेपछि परिवारका सबै सदस्य मारेर मुक्ति पाउने अभियानमा थिए मिलन
पुष ९, २०८१ मंगलबार
संघीय संसदको राज्य व्यवस्था समिति सदस्यबाट पनि हटाइए रवि लामिछाने
पुष ९, २०८१ मंगलबार
मासु र मदिरा नचल्ने माङ्सेबुङ, जहाँ सुँगुर, बङ्गुर र कुखुरा पाल्न पनि पाइँदैन
पुष १०, २०८१ बुधबार
‘क्रिसमस डे’ मा कांग्रेस सभापति देउवाको शुभकामना
पुष १०, २०८१ बुधबार
चाडपर्वले आपसी एकता कायम राख्न मद्दत पुग्छः उपराष्ट्रपति
पुष १०, २०८१ बुधबार
चाडपर्वले राष्ट्रिय एकतालाई थप मजबुत बनाउन सहयोग पुग्छः राष्ट्रपति
पुष १०, २०८१ बुधबार
कस्तो छ तपाईको आजको राशीफल ?
पुष १०, २०८१ बुधबार
आजको मौसम: हिमाली भू–भागमा हिमपात, पहाडी तथा तराई क्षेत्रमा वर्षा हुने
पुष १०, २०८१ बुधबार