विश्व हिन्दु महासंघ स्याङ्जाको अध्यक्षमा पाण्डे निर्वाचित
नेपालबहस संवाददाता
चैत १४, २०७९ मंगलबार २०:२०:१६
१४ चैत, स्याङ्जा । विश्व हिन्दु महासंघ स्याङ्जाको दोस्रो अधिवेसन सम्पन्न भएको छ । दोस्रो अधिवेसनले विश्व हिन्दु महासंघ स्याङ्जा शाखाको अध्यक्षमा पुन : हरीहर पाण्डे अध्यक्षमा सर्वसहमतिले निर्वाचित भएका छन् । पहिलो कार्यकाल निकै कार्य कुशलताका साथ भुमिका निर्वाह गरेका पाण्डेलाई दोस्रो अधिवेसनले पुन सर्वसहमतिमा अध्यक्षमा निर्वाचित गरेको हो ।
मुलुकमा नयाँ संविधान जारी भएसगै धर्मनिरपेक्षता राज्य घोषण गरिएपछि हिन्दुहरु एकतावद्ध हुन विश्व हिन्दु महासंघ गठन गरिएको थियो । मुलुकलाई हिन्दु राज्य घोषणाको माग गर्दै आफ्ना विभिन्न क्रियाकलाप अगाडी बढाउदै आएको विश्व हिन्दु महासंघले जिल्ला मात्रै नभएर हरेक पालिकामा कार्यसमिति गठन गरिसकेको छ ।
जिल्लाका ११ ओटै पालिकाको अधिवेसन सम्पन्न पछि जिल्ला शाखाको अधिवेसन सम्पन्न गरेको विश्व हिन्दु महासंघ स्याङ्जाले १८ सदस्यीय जिल्ला कार्यसमिति चयन गरिसकेको छ । अन्य सदस्यहरु पछि थप गर्ने गरी दोस्रो अधिवेसनले उपाध्यक्षमा ज्ञानेश्वर बस्ताकोटी, पुष्पकमल रेग्मी, प्रेमराज पौडेल, चण्डीका सापकोटा अर्याल, सचिवमा भुपराज वगाले, कोषाध्यक्षमा मैयादेवी लम्साल पौडेल, सह—सचिवमा पुर्णबहादुर थापा क्षेत्री र मुकुन्दप्रसाद पौडेल चयन भएका छन् ।
त्यसैगरी सदस्यहरुमा नुवादत्त रेग्मी, चुडामणी रेग्मी, कृष्णा मल्ल खाँण, हरीप्रसाद वगाले, रामभक्त भट्टराई, ढालप्रसाद पौडेल, ध्रुवराज उपाध्याय र यदुनन्दन अर्याल चयन भएका छन् । सदस्यहरु क्रमस थपिने विश्वहिन्दु महासंघ स्याङ्जाले जनाएको छ । दोस्रो अधिवेसनको विश्व हिन्दु महासंघका केन्द्रीय सदस्य पण्डित नेत्रप्रसाद पराजुलीले उदघाटन गरेका थिए । उद्घाटन गर्दै पराजुलीले मुलुकलाई धर्मनिरपेक्षता बनाउन पुरानो संस्कृति हराउने सम्भावना बढेको बताए ।
हिन्दुत्वका नामले चिनिएको नेपाललाई जातजातीको आधारमा अधिकार दिदा मुलुकमा द्धन्द्ध बढ्न सक्ने प्रति संकेत गर्दै केन्द्रीय सदस्य पराजुलीले चारजात छत्तिस बर्णको फुलबारीलाई एकतावद्ध बनाउने एकमात्र सुत्राधार हिन्दुराज्य भएको धारणा राखे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतनहुँका आठ पालिकाबाट राष्ट्रिय परिचयपत्र वितरण
पुष ५, २०८१ शुक्रबार
गण्डकी प्रदेशसभा सदस्य थापाले लिइन् शपथ
मंसिर २८, २०८१ शुक्रबार
बुढापाकालाई गाउँको अस्तित्व मेटिने डर !
मंसिर १२, २०८१ बुधबार
असफलताले जीवन घेरेपछि परिवारका सबै सदस्य मारेर मुक्ति पाउने अभियानमा थिए मिलन
पुष ९, २०८१ मंगलबार
संघीय संसदको राज्य व्यवस्था समिति सदस्यबाट पनि हटाइए रवि लामिछाने
पुष ९, २०८१ मंगलबार
सहकारी ठगी प्रकरणमा छबिको बयान सकियो, अन्य प्रतिवादीहरूको जारी
पुष ९, २०८१ मंगलबार
एमाले सचिवालय बैठक बस्दै
पुष १०, २०८१ बुधबार
स्याउगाउँबाट देखिएको निलगिरी हिमाल
पुष १०, २०८१ बुधबार
क्रिसमस इभमा झुमिएको ठमेल [ फोटो फिचर ]
पुष १०, २०८१ बुधबार
नौ सय ५० विपन्न परिवारलाई चुलो वितरण
पुष १०, २०८१ बुधबार