नबिल बैंकद्धारा हरितगृह ग्यास उत्सर्जन प्रतिवेदन सार्वजनिक
नेपालबहस संवाददाता
चैत १४, २०७९ मंगलबार २०:४४:१२
१४ चैत, काठमाडौं । नबिल बैंकले सन् २०२२ को हरितगृह ग्यास उत्सर्जन प्रतिवेदन सार्वजनिक गरेको छ। बैंकको इन्फ्रास्ट्रक्चर एन्ड प्रोजेक्ट फाइनान्सिङ डिभिजनअन्तर्गत भएको कर्जा तथा लगानी पोर्टफोलियोबाट उक्त प्रतिवेदन सार्वजनिक गरिएको हो।
नबिल बैंक पार्टनरसिप फर कार्बन अकाउन्टिङ फाइनान्सियल्स ‘पीसीएएफ’ को प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्नेमध्ये एक हो। आईपीएफ पोर्टफोलियोमा ऊर्जा, सिमेन्ट, वायुसेवा, दूरसञ्चार सेवा र अन्य व्यावसायिक क्षेत्रमा भएका विभिन्न लगानी र प्रवाह भएका कर्जा पर्छन्।
प्रतिवेदनअनुसार सन् २०२२ मा आईपीएफको कार्बन उत्सर्जन ८० हजार ६ सय ७१।३७ टनबराबर भएको पाइएको छ। बैंकले निर्माण, वायुसेवा र इन्टिग्रेटेड टेलिकम्युनिकेसन सर्भिसमा गरेको १० करोड ४० लाख डलर कर्जा तथा लगानीमा उक्त परिमाणको उत्सर्जन देखिएको हो। यी तीनवटा क्षेत्रमा बैंकको डेटा क्वालिटी स्कोर क्रमशः ४, ४ र २ रहेको छ।
साथै जलविद्युत् र सौर्यऊर्जातर्फको लगानीले २ हजार १ सय ३१।८१ टन कार्बन उत्सर्जन रोक्न सफल भएको प्रतिवेदनमा उल्लेख छ। जसमा बैंकले २ करोड ८० लाख डलर कर्जा तथा लगानी गरेको छ। यी दुईमा बैंकको डेटा क्वालिटी स्कोर क्रमशः ३, ३ रहेको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसिटिजन्स बैंकका ग्राहकहरूलाई जी डेन्टलमा आकर्षक छुट
पुष ९, २०८१ मंगलबार
नबिल बैंकिङ सेवा अझ सरल, सुरु भयो निःशुल्क टोल-फ्री सुविधा
पुष ५, २०८१ शुक्रबार
कास्की जिल्ला अदालतका १५ प्रश्न: रविको मौका बयान भन्दा फरक ढंगले दिए छबीले जवाफ
पुष ९, २०८१ मंगलबार
असफलताले जीवन घेरेपछि परिवारका सबै सदस्य मारेर मुक्ति पाउने अभियानमा थिए मिलन
पुष ९, २०८१ मंगलबार
संघीय संसदको राज्य व्यवस्था समिति सदस्यबाट पनि हटाइए रवि लामिछाने
पुष ९, २०८१ मंगलबार
क्रिसमस इभमा झुमिएको ठमेल [ फोटो फिचर ]
पुष १०, २०८१ बुधबार
नौ सय ५० विपन्न परिवारलाई चुलो वितरण
पुष १०, २०८१ बुधबार
चलचित्र ‘देववाणी’ प्रदर्शनमा, बलिउड अभिनेता ह्यारीले दर्शकसँगै फिल्म हेर्ने
पुष १०, २०८१ बुधबार
पर्साको पोखरियामा मालपोत र नापी कार्यालय स्थापना गर्ने निर्णय
पुष १०, २०८१ बुधबार