राजश्व अनुसन्धानले दु:ख दिएको भन्दै न्युरोडका कपडा व्यवसायी छटपटीमा
नेपालबहस संवाददाता
चैत १४, २०७९ मंगलबार २२:५:१४
१४ चैत, काठमाडौं । राजश्व अनुसन्धान विभागले बीरगञ्ज नाका भएर कपडाको आयात व्यापार गर्दै आएका न्युरोडका व्यवसायीहरुलाई दु:ख दिएको आरोप लगाएका छन् । बीरगञ्ज नाका भएर त्यहाँको भन्सार कार्यालयलाई सामानको सरकारी मुल्याङकन अनुसार नै भन्सार तिरेपनि सो मुल्याङकन नमान्ने, बीरगञ्जको भन्सारले सिल गरेर पठाए पनि काठमाडौंमा प्रज्ञापन हेरेर मान्यता नदिने गरेको उनीहरुको गुनोसा छ । ती व्यवसायीहरुको अहिले करिब २५ ट्रक सामान राजस्व अनुसन्धान विभाग हरिहर भवनमा थन्किएर बसेको छ ।
बीरगञ्जको भन्सार कार्यालयले मान्यता दिएपछि यहाँ काठमाडौंमा राजश्व अनुसन्धान विभागले मान्यता नदिनु अनौठो भएको उनीहरुको भनाई छ । भन्सार विभागको नयाँ महानिर्देशकमा नारायणप्रसाद सापकोटा आएसँगै आफुहरुले दु:ख पाएको र यसअघि सो खालको समस्या नदिएको न्युरोडमा होलसेल पसल चलाउँदै आएका राजेश कुमारले बताए । उनले भने ‘सुनौली नाकाबाट भन्सार नतिरी दुई नम्बरी हिसाबले मालसामान ल्याउनेहरुलाई वेवास्ता गरिएको छ, तर हामीहरु बीरगञ्जबाट भन्सार तिरेर काम गरिरहेकाहरुलाई राजश्व अनुसन्धान विभागले दुख दिइरहेको छ । दुई महिनाको बीचमा हामीहरु सबैलाई जर्वजस्ती पेनाल्टी लगाइएको छ’ ।
राजश्व अनुसान्धान विभागको कारण आफुहरुको व्यवसाय ठप्प हुने अवस्था आएको र काम गर्ने जोश जाँगर हराएको उनले बताए । यो समस्याबाट सयौंको सङख्यामा व्यवसायीहरु पीडित बनेको उनले बताए । उनीहरुले आफुहरुसँग अब पसल बन्द गर्ने वा आन्दोलनमा जानेमध्ये एक विकल्प मात्र बाँकी रहेको बताएका छन् । आफुहरुले सरकारी दरको मुल्यांकन अनुसार नै कुर्था, सारी लगायत कपडाहरुको भन्सार तिरेर काठमाडौं ल्याएपनि कम मुल्याङकन भयो भन्दै राजश्व अनुसन्धान विभागले दु:ख दिने नियतले नियन्त्रणमा लिएको उनीहरुको भनाई छ ।
न्यूरोडकै अर्का व्यवसायी शंकरप्रसाद शाह भन्छन् ‘बढी भन्दा बढी राजश्व उठाउने ध्याउन्नमा आफुहरुमाथि विभागका नयाँ महानिर्देशकले लखेटेको बताएका छन् । हामी सयौं व्यवसायीहरुको करोडौंको सामान अलपत्र भएको छ । डुब्ने अवस्था सिर्जना भएको छ’ । नयाँ महानिर्देशकले व्यवसायीलाई प्रोत्साहन गर्नुको साटो ‘मुद्धा हाल, अदालत आउ’ भनेर आफुहरुलाई हप्काएको उनीहरुले बताए । सामान राजश्वले नियन्त्रणमा लिएका कारण व्यापार गर्न नपाएर आर्थिक समस्याहरु उब्जिएको, बैंकको ऋण तिर्न गाह्रो भएको, मानसिक समस्या देखिन थालेको, ‘गर या मर’को अवस्था सिर्जना भएको अर्का व्यवसायी अजय शाहले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचीनबाट एक खर्ब २४ अर्बका मालसामान आयात
पुष ९, २०८१ मंगलबार
वीरगञ्ज नाकाबाट चारपाङ्ग्रे सवारीको आयात घट्यो
पुष ९, २०८१ मंगलबार
वीरगञ्ज भन्सारद्वारा पाँच महिनामा ६४ अर्ब राजस्व संकलन
पुष ७, २०८१ आइतबार
कास्की जिल्ला अदालतका १५ प्रश्न: रविको मौका बयान भन्दा फरक ढंगले दिए छबीले जवाफ
पुष ९, २०८१ मंगलबार
असफलताले जीवन घेरेपछि परिवारका सबै सदस्य मारेर मुक्ति पाउने अभियानमा थिए मिलन
पुष ९, २०८१ मंगलबार
प्रधानमन्त्रीको भ्रमण तय नगरी भारतबाट फर्किइन आरजु
पुष ९, २०८१ मंगलबार
हुम्लामा हिमपातले हवाई सेवा अवरूद्ध, जनजीवन कष्टकर
पुष ९, २०८१ मंगलबार
मौसम बदली: बादलले ढाके पनि वर्षा कम, बुधबारदेखि सुधार हुने
पुष ९, २०८१ मंगलबार
वायुसेवा निगमको आन्तरिक उडान ठप्प
पुष ९, २०८१ मंगलबार
स्वास्थ्य मन्त्रालयद्वारा ‘जेनेरिक’ औषधि सुझाव समिति गठन
पुष ९, २०८१ मंगलबार
सहकारी ठगी प्रकरणमा छबिको बयान सकियो, अन्य प्रतिवादीहरूको जारी
पुष ९, २०८१ मंगलबार