प्रभु महालक्ष्मी लाईफको संयुक्त क्यालेन्डर सार्वजनिक
नेपालबहस संवाददाता
चैत १४, २०७९ मंगलबार २०:५८:३१
१४ चैत, काठमाडौं । प्रभु लाईफ इन्स्योरेन्स र महालक्ष्मी लाईफ यन्स्योरेन्सले आज संयुक्त रुपमा २०८० सालको क्यालेन्डर सार्वजनिक गरेका छन । नेपाल बीमा प्राधिकरणमा आयोजित संक्षिप्त कार्यक्रममा प्राधिकरणका अध्यक्ष सुर्य प्रसाद सिलवालले दुबै कम्पनीको संयुक्त रुपमा प्रकाशित क्यालेन्डर आज सार्वजनिक गरेका हुन् ।
नेपाल बीमा प्राधिकरणले जीवन बीमा कम्पनीहरुको लागि २०७९ चैत्र भित्र ५०० करोड चुक्ता पूँजी पुर्याउन निर्देशन दिए पछि प्रभु र महालक्ष्मी लाईफ मर्जरको लागि सहमत भएका थिए । २०७९ आषाढ ३० गते मर्जर सम्झौता गरेका दुबै कम्पनीको भारतिय विमांङ्कीबाट मुल्याङ्कन प्रतिवेदन आउन ढिलो भए पछि एकिकृत कारोबार केही ढिलो हुन गएको हो ।
मर्जरको लागि आन्तरिक गृहकार्य अन्तिम चरणमा रहेका दुबै कम्पनीले २०८० सालको क्यालेन्डर संयुक्त रुपमा निकाली केही ढिलो भए पनि मर्जर सम्पन्न हुने विश्वास दिलाउने बताएका छन । क्यालेन्डर सार्वजनिक कार्यक्रममा प्रधिकरणका कार्यकारी निर्देशक राजु रमण पौडेल, निर्देशक दिनेश लाल कर्ण, महालक्ष्मी लाईफका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराई र प्रभु लाईफका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईको पनि उपस्थिति रहेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप२०७१ देखि लेखापरीक्षण गर्न नसकेको राष्ट्रिय जीवन बीमा कम्पनीमाथि अर्थले उठायो प्रश्न
मंसिर १९, २०८१ बुधबार
सूर्यज्योति लाइफले २७ हजार कित्ता संस्थापक शेयर बिक्री गर्दै
मंसिर ५, २०८१ बुधबार
मकवानपुरका ४५ हजार जना स्वास्थ्य बिमामा आबद्ध
मंसिर १, २०८१ शनिबार
कंगनाले दिइन प्रियंका गान्धीलाई ‘इमर्जेन्सी’ हेर्ने निम्तो
पुष २५, २०८१ बिहिबार
डल्ले च्याउको मूल्य बढ्दा, सिताके च्याउको मूल्य आधाभन्दा बढीले घट्यो
पुष २५, २०८१ बिहिबार
आगलागीमा परी एक जनाको मृत्यु
पुष २५, २०८१ बिहिबार
प्रि-ओपन सेसनमा नेप्से ३.२६ अंक बढ्यो
पुष २५, २०८१ बिहिबार
समता घरेलु लघुवित्तको बोनस शेयर घोषणा
पुष २५, २०८१ बिहिबार
सुनको भाउ तोलामा आठ सयले बढ्यो
पुष २५, २०८१ बिहिबार