उपप्रधानसहित तीन मन्त्रालयमा एकिकृत समाजवादीको रटान
नेपालबहस संवाददाता
चैत १४, २०७९ मंगलबार २१:२६:३३
१४ चैत्र, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले दुईभन्दा बढी मन्त्रालय दिन नसकिने स्ष्पष्ट पारेपछि बालुवाटरबाट फर्किएका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीको बैठकमा उपप्रधानसहित तीन मन्त्रालयको दावी नछाडेको बताएका छन् ।
मंगलबार केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय सचिवालय बैठकमा नेताहरुसँग अध्यक्ष नेपालले प्रधानमन्त्री प्रचण्डले नाम माग्ने बित्तिकै पार्टीबाट उपप्रधानसहित तीन मन्त्रीको नाम पठाउनुपर्ने बताए । उनले मन्त्रिपरिषद विस्तारमा कुनै ढिला नहुने र प्रधानमन्त्रीसहित तीन मन्त्रालय दाबी गर्ने पार्टीका नेता तथा कार्यकर्तालाई ब्रिफिङ गर्दै सरकारमा जानेको नाम पनि टुंग्याएको बताएका थिए ।
प्रधानमन्त्री प्रचण्डले नाम माग्ने बित्तिकै पार्टीबाट मन्त्री हुनेहरुको नाम दिने तयारीमा नेकपा एस छ । नेपालले यसअघि मंगलबार बिहान प्रधानमन्त्रीसँग भेट गरी तीन मन्त्रालय पाउनुपर्ने माग राखेका थिए । तर, प्रधानमन्त्री प्रचण्डले तीन मन्त्रालय दिन नसकिने जवाफ दिएका थिए ।
बैठकपछि उपमहासचिव एवम् प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले सरकारमा सहभागी हुन तीन मन्त्रालयको अडान कायम रहेको बताए । ’सरकारमा सहभागी हुने विषयमा पार्टीको कार्यदलले छलफल गरिरहेको छ । हाम्रो दाबी तीन मन्त्रालयमा हो । क-कसलाई पठाउने भनेर पनि तयारी भइसकेको छ,’ उनले भने । बैठकमा अध्यक्ष नेपालले प्रचण्डसँग तीन मन्त्रालयमा दाबी गरेको बताएका थिए ।
‘प्रधानमन्त्रीले जति चाँडो नाम माग्नु हुन्छ । हामी तत्काल बैठक बसेर मन्त्रीको नाम दिन्छौं । सीटको बाँडफाँड ढिला भएको कारणले हामीले मन्त्रीको नाम दिन पाएका छैनौँ । मन्त्रालयको टुंगो गरेपश्चात् हामी तत्काल मन्त्रीको नाम टुंग्याउँछौं । कार्यदलले आफ्नो रिपोर्ट पेश गर्ने काम जारी छ । हामीले तीन मन्त्रालयको दाबी गरेका छौं,’ उनले भने ।
बैठकले मिटर ब्याज विरुद्ध आन्दोलनमा ऐक्यबद्धतासमेत जनाउने निर्णय गरेको छ भने मिटरब्याज पीडितको माग सम्बोधन गर्न सरकारसँग अनुरोध गर्ने र दोषीमाथि कारबाही गर्न माग गर्ने निर्णय गरेको छ । उपप्रधानसहित पुर्वमहासचिव बेदुराम भुसालको नेतृत्वमा सरकारमा सहभागी हुने नेकपा एसको तयारी छ । मन्त्रीका लागि भानुभक्त जोशी, प्रकाश ज्वाला, प्रेम आले लगायतको चर्चा छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकार जनतालाई स्वच्छ एवं शुद्ध खानेपानी पुरयाउन कटिबद्ध छ : मन्त्री यादव
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
मंसिर ९, २०८१ आइतबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन
मंसिर १०, २०८१ सोमबार
सरकार जनतालाई स्वच्छ एवं शुद्ध खानेपानी पुरयाउन कटिबद्ध छ : मन्त्री यादव
मंसिर ९, २०८१ आइतबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
मंसिर ९, २०८१ आइतबार
इटहरीमा भएको सवारी दुर्घटनामा दम्पतीको मृत्यु
मंसिर ९, २०८१ आइतबार