अर्थमा कांग्रेसको नाम आएपछि शेयरबजारमा दाेहोरो अंकको बृद्धि
नेपालबहस संवाददाता
चैत १४, २०७९ मंगलबार २१:५२:३९
१४ चैत, काठमाडौं । मन्त्रिपरिषद विस्तारपछि अर्थ मन्त्रालयको जिम्मा नेपाली कांग्रेसले सम्हाल्ने खबरले नेपालको शेयरबजारमा सकारात्मक सन्देश दिएको छ । अर्थमन्त्री नहुँदा र आगामी अर्थतन्त्रको बागडोर कसले सम्हाल्ने र शेयरबजारमा त्यसको कस्तो असर पर्छ भन्ने अनिश्चित रहँदा केही दिनदेखि शेयरबजार ऋणात्मक रहँदै आएको थियो । सुरुवाती चरणमा फराकिलो फड्को मारेको परिसूचक कारोबार बन्द हुनुअघि भने सुस्ताएको थियो ।
राजनीतिक प्रभावलाई संकेत गर्दै मंगलबार शेयरबजारमा दोहोरो अंकको वृद्धि भएको छ । सोमबार १७.७० अंक बढेको परिसूचक नेप्से मंगलबार थप १२.१ अंक बढेसँगै १९१८ अंकमा कायम भएको छ । दिउँसो १ : २० बजे १९३६ अंकसम्म पुगेको बजारमा त्यसपछि आपूर्ति बढ्न जाँदा वृद्धिदर खुम्चिन पुगेको थियो । कुल १ अर्ब ४४ करोडको कारोबार भएको छ ।
यसअघि सोमबार १ अर्ब ३८ करोडको कारोबार भएको थियो । १४२ कम्पनीको मूल्य बढ्दा ६७ को घट्यो भने ७ को स्थिर रह्यो । बैंकिङ ३, होटल तथा पर्यटन १३, जलविद्युत् ५, जीवन बीमा ३४, उत्पादन ७६, माइक्रोफाइनान्स ११५, अन्य ९ र व्यापार उपसमूह १९ अंक बढे । विकास बैंक १७, फाइनान्स ४ र निर्जीवन बीमा उपसमूह १० अंक घटेका थए ।
आजको बारोबारमा तीन कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । सुपर मादी, सिर्जनशील लघुवित्त र एसियन हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो । महिला र नेरुडे लघुवित्तको मूल्य क्रमशः ८.९ र ७.९ प्रतिशत बढ्यो । तेह्रथुम पावरको मूल्य सबैभन्दा धेरै ३ प्रतिशत घट्यो । कारोबार रकमका आधारमा आईएमई जनरल इन्स्योरेन्स, हिमालयन डिस्टिलरी, शिवम् सिमेन्ट, एनआईसी एसिया बैंक र अपी पावर क्रमशः अगाडि रहे ।
अघिल्लो दिनको उत्साहलाई पछ्याउँदै १९३६ सम्म उक्लिसकेको सूचक बन्द हुँदा जम्मा १९१८ को विन्दुमा सीमित हुन पुगेको हो । करिब ३० अंकको उतारचढाव आएता पनि सूचक मात्र १२ अंकले बढेको छ । सोमबार मन्त्रालय भागबन्डाले अन्तिम टुंगो पाउँदै गर्दा शेयरबजारको रौनक फर्किएको थियो । आइतबार फारकिलो अंकले घटेको बजार सोमबारै पुनरागमन भएको थियो ।
अर्थमन्त्रीको आगमनलाई उत्साहपूर्ण प्रतिक्रया दिइरहेको शेयरबजारमा लघुवित्तका शेयर पनि पुनरागमन हुन थालेका छन् । राष्ट्र बैंकको आलोचनापछि व्यापकरुपमा घटेको लघुवित्त उपसूचक मंगलबार सर्वाधिक कमाउने मध्ये छ । राष्ट्र बैंकले लघुवित्तहरुको लाभांशमा अंकुश लगाउँदा पहिरो तीव्र थियो । तर, मंगलबारको कारोबारमा लघुवित्त सूचकले साढे ३ प्रतिशतको फड्को मारेको छ । सृजनशील लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट नै लागेको छ । कारोबारमा आएका मध्ये ५१ वटा लघुवित्तहरुको मूल्य बढेको हो ।
कारोबार अवधिभर उतारचढाव जारी रहेता पनि कारोबार त्यति उत्साहपूर्ण हुन सकेको छैन । अघिल्लो दिनको हारहारी शेयर किनबेच भएका छन् । सोमबार एक अर्ब ३८ करोड रुपैयाँको सेयर खरिदबिक्री भएकामा ाज एक अर्ब ४४ करोड रुपैयाँको भएको छ । हिजो बजारमा ३९ अंकभन्दा बढीको उतारचढाव देखिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
सरकार जनतालाई स्वच्छ एवं शुद्ध खानेपानी पुरयाउन कटिबद्ध छ : मन्त्री यादव
मंसिर ९, २०८१ आइतबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
मंसिर ९, २०८१ आइतबार
इटहरीमा भएको सवारी दुर्घटनामा दम्पतीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
मंसिर ९, २०८१ आइतबार