कोशी नामाकरणबिरुद्धको आन्दोलनमा २० भन्दा बढी प्रदर्शनकारी घाइते
नेपालबहस संवाददाता
चैत १४, २०७९ मंगलबार २२:१६:७
१४ चैत, विराटनगर । प्रहरीले गरेको हवाई फायर र दोहोरो झडपकमा परि विराटनगरमा २० भन्दा बढी प्रदर्शन कारी घाइते भएका छ । प्रदर्शन तितरवितर बनाउन प्रहरीले १७ राण्ड हवाई फायर गरेको थियो । प्रदेशको नाम कोशी राखेको विरोधमा आन्दोलनमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा २० भन्दा बढी घाइते भएका हुन् ।
मंगलबार दिउँसो विराटनगरको रोडशेष चोकमा दुई पक्षबीच झडप भएको थियो । झडपमा प्रहरी र आन्दोलनकारी दुवै तर्फ गरी २० भन्दा बढी घाइते भएका हुन् । प्रदर्शनकारीलाई लखेट्न प्रहरीले १७ राउण्ड हवाई फायर गरेको छ । ४४ सेल अश्रुग्यास प्रहार गरेको थियो ।
पहिचानको आधारमा प्रदेशको नामकरण गर्नुपर्ने र कोशी नाम खारेज गर्नुपर्ने माग गर्दै विभिन्न दल र संघसंस्थाका कार्यकर्ताहरु विराटनगरको होटल बिगमा आयोजित कार्यक्रममा प्रदेशसभा सदस्यहरु सहभागी हुने जानकारी उनीहरु त्यसतर्फ गएका थिए । पहिचानका आधारमा नाम राख्न दवाव दिन भन्दै आएका आन्दोलनकारीलाई प्रहरीले रोकेको थियो । सो क्रममा दुई पक्षबीच झडप भएको हो ।
झडपमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका १५ जना घाइते भएका छन् । आन्दोलनरत पक्षका ९ जना घाइते भएका थिए । डीएसपी विजय श्रेष्ठसहित १५ जना प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनएको छ । आन्दोलनरत पक्षबाट शिव आङ्देम्बे, उदय नेम्वाङ, ज्ञानप्रसाद राई एन के दर्नाललगायत ९ जना घाइते भएका छन् । घाइतेमध्ये चार जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
झडपका कारण एक घण्टा विराटनगरको बसपार्कको दक्षिणदेखि रोडेशष चोकसम्मको अवस्था तनावग्रस्त बनेको थियो । स्थितिलाई नियन्त्रणमा लिन नेपाल प्रहरीले १७ राउण्ड हवाई फायर, १३ राउण्ड अश्रुग्यास प्रहार गरेको थियो । सशस्त्र प्रहरी बलले ३१ सेल अश्रुग्यास प्रहार गरेको थियो ।
आन्दोलनकारीले प्रहरीमाथि ढुंगामुढा गरेका थिए । झडपपछि कोण सभा गर्दै आन्दोलनकारी फर्किएका छन् । आन्दोलनकारी फर्किएपछि अवस्था सामान्य बनेको छ । गत फागुन १७ गते प्रदेशसभाले प्रदेको नाम कोशी प्रदेश राखेको थियो । पहिचान पक्षधरले प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समिति गठन गरेर पहिचानका आधारमा नाम राख्न माग गर्दै प्रदर्शन गरिरहेका छन् । प्रदर्शनकै क्रममा ५ चैतमा घाइते भएका पदम लिम्बुको १० चैतमा मृत्यु भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपताप्लेजुङको पाथीभरा क्षेत्रमा हिमपात
मंसिर ६, २०८१ बिहिबार
पहिचान पक्षधरले कोशीमा घोषणा गरे आन्दोलन
मंसिर ३, २०८१ सोमबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
लुम्बिनीमा हवाई सेवा सञ्चालन गर्न कम्बाेडियासँग सभामुखको जोड
मंसिर १०, २०८१ सोमबार
प्रधानमन्त्रीको चीन भ्रमण चार दिने हुने, १८ गते सि जिनपिङसँग भेटवार्ता हुने
मंसिर १०, २०८१ सोमबार
प्रधानमन्त्रीको भ्रमण तयारी गर्न मंसिर १३ गते परराष्ट्र मन्त्री राणा चीन जाने
मंसिर १०, २०८१ सोमबार
बादी समुदायको पुर्ख्यौली पेसा संकटमा
मंसिर १०, २०८१ सोमबार
कति छ आज तरकारी तथा फलफूलको भाउ ?
मंसिर १०, २०८१ सोमबार
पल शाहको 'मायावी' फागुन १४ मा रिलिज हुने
मंसिर १०, २०८१ सोमबार