मैले प्रधानमन्त्री छाडेपछि देशको भूगोल खुम्चिएको छः ओली
नेपालबहस संवाददाता
चैत १४, २०७९ बुधबार १:५६:३६
१४ चैत, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले सरकार छाडेपछि सीमा खुम्चिएर देशको आकार सानो भएको बताएका छन् । उनले आफू प्रधानमन्त्री हुँदा देशको आकार जत्रो थियो त्यो आकारमा अहिले देश नरहेको बताएका छन् । एमाले पाल्पाले आयोजना गरेको कार्यक्रममा उनले पुर्वप्रधानमन्त्री शेरबाहदुर देउवा र हालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले देशको भूगोल खुम्च्याएर सानो बनाएको बताए ।
उनले भने,‘राम्रो काम गर्न थालेपछि नेकपा एमालेलाई काम गर्न दिइएन, हटाइयो, त्यसपछि डेढ वर्षमा हाम्रो देशको भूगोल अलिकति सानो हुनपुग्यो, सीमा मिचिने काम भयो । मैले प्रधानमन्त्रीबाट छोड्दा जत्रो देश थियो, त्यो देश प्रचण्ड शेरबहादुरहरुले अलिकति खुम्च्याए, घटेको छ ।
अलिकति सीमा खुम्चिएको कुरालाई उनीहरुले नदेखेझैं गरेका छन् । सीमा रक्षा गर्ने सरकारमा हुनेहरुको कर्तव्य भए पनि उनीहरुले नदेखेजस्तो गरेका छन् । ‘ए हो र मैले त देखिन ‘! कस्तो दलाली, कस्तो चाकडी गर्ने सकेकोको ।’
ओलीले भारततर्फ संकेत गर्दै अब आफूविरुद्ध प्रचण्ड र देउवा कुरा लगाउन जाने टिप्पणी गरे । उनले आफुले यति बोलेपछि कुम्लो कुटुरो बोकेर कुरा लाउन जाने र हजुर पाल्पामा केपी ओलीले नेपालको सीमा घटायो भन्यो नि त्यसलाई आउन दिनु हुदैन भनेर सिफारि गर्ने बताए ।
ओलीले अब आफूलाई प्रधानमन्त्री बन्ने रहर नभएको बताए । ‘प्रधानमन्त्री बनिसकेँ, काम गरेर देखाइसकेँ, तपाईहरुले माया गर्नुभएको छ, मलाई पुगेको छ’ उनले भने, ‘तर देश त जोगिनुपर्याे नि देशको रक्षा हुनुपर्याे ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमहानगर-एमाले द्वन्द्वः प्रधानमन्त्रीबाट कानुनको उपहास ?
मंसिर १०, २०८१ सोमबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
मंसिर ८, २०८१ शनिबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचविखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
पुल नबन्दा स्थानीयलाई सास्ती
मंसिर १०, २०८१ सोमबार
पाँचखालमा ‘सेज’ निर्माण सुस्त
मंसिर १०, २०८१ सोमबार
आज पनि हेर्न नभ्याइनेमा पर्यो जग्गादानविरुद्धको रिट
मंसिर १०, २०८१ सोमबार
अफगानिस्तानमा गाडी दुर्घटना हुँदा छ जनाको मृत्यु
मंसिर १०, २०८१ सोमबार
बारुती सुरुङ खतराका लागि सबैभन्दा जोखिम युक्त देश म्यानमा : राष्ट्रसंघ
मंसिर १०, २०८१ सोमबार