संविधानको परिमार्जनसहित ९ वटा विषयमा संयुक्त सरकारले दियो प्राथमिकता
नेपालबहस संवाददाता
चैत १५, २०७९ बुधबार १४:११:३
१५ चैत, काठमाडौं । सत्ता गठबनधनको बैठकले आज न्युनतम साझा कार्यक्रमलाई पुर्णता दिने भएको छ । मन्त्रालय र मन्त्रीको संख्या पनि तयार गरेर आज बुधबार नै मन्त्रिपरिषदलाई विस्तार गरिने भएको छ । आजको बैठकपछि मन्त्रिपरिष विस्तार गरिने र सोही मन्त्रप्रिपरिषदको बैठकले सरकार न्युनतम साझा कार्यक्रम सार्वनिक गर्ने तयारी गठबन्धनको छ ।
वर्तमान १० दलीय गठबन्धनको सरकारले न्यनतम साझा कार्यक्रममा आवस्यकता अनुसार संविधान परिमार्जन, अर्थतन्त्र सुदृढ गर्न नीतिगत र कार्यगत सुधार, गुणस्तरीय सेवा प्रवाह र सुशासन तथा सदाचार, शान्ति प्रक्रियाका बाँकी काम, उत्पादनमुखी अर्थतन्त्र र आपूर्ति व्यवस्थामा, खर्च कटौती र प्रशासनिक झमेलाबाट मुक्त, जातीय क्षेत्रीय असमानता अन्त्य र सामाजिक न्याय स्थापना, जलवायु परिवर्तन र यसले पारेका प्रभावको न्यूनीकरण, राष्ट्रिय हित एवं जनताको समृद्धिका लागि स्वतन्त्र र सन्तुलित परराष्ट्र नीतिलगायतका विषयलाइ प्रामिकता दिएको छ ।
मंगलबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पस्ताव गरेको १० पेज लामो न्यूनतम कार्यक्रमबारेको मस्यौदामाथि आज बुधबारको बैठकमा छलफल गरी अन्तिम निचोडमा पुर्याइने छ । यस्तै आजको बैठकमा मन्त्रालयको भागबन्डा मिलाएर मन्त्रिपरिषद विस्तारमा सहमति जुटाइने बताइएको छ । हिजो साँझ बसेको बैठक विनानिष्कर्ष टुंगिएपछि आज पुनः बस्न लागेको हो ।
मंगलबार साँझ बसेको बैठकमा मन्त्रालय बाँडफाँटबारे छलफलभ भए पनि कुनै सहमति हुन सकेको थिएन । नेपाली कांग्रेसले आठ, नेकपा एकीकृत समाजवादीले तीन, जसपाले तीन र लोसपाले दुई मन्त्रालयको दाबी नछोडेपछि बैठक विनानिस्कर्ष टुंगिएको थियो । बैठक बिहान ९ बजेका लागि बोलाइएको छ ।
जनयुद्ध, जनआन्दोलन त्याग र बलिदानको सम्मान, ७९ को निर्वाचनले दिएका जनादेश,राष्ट्रिय एकता सार्वभौमिकता, संविधानको सर्वोच्चता, स्वतन्त्र न्यायपालिका कार्यपालिका, विस्तृत शान्ति सम्झौता,राजनीतिक दलहरुबीच पटक पटक भएको सहमति, शान्ति सुशासन समृद्धि, सामाजिक न्याय, लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित समाजवादप्रतिको प्रतिबद्धता पुरा गर्न १० दलबीच आज सहमित हुँदैछ ।
गठबन्धन सरकारका नीति र कार्यक्रममा वार्षिक नीति तथा कार्यक्रमबारे पनि मस्यौदामा उल्लेख छ । जसमा अर्थतन्त्रलाई सुधार गर्ने,जल जमिन जंगल जडीबुटीको उपयोग गर्ने तथा सामाजिक रूपान्तरण गर्ने उल्लेख छ । शिक्षा, स्वास्थ्य रोजगार, प्राविधिक विकास मानव सूचकांक, मजदुर किसान, ज्येष्ठ नागरिक, दलित, अपाङ्ग तात्कालिक राहत पुनर्निर्माण र पुनर्स्थापना, बाढी पहिरो, कोभिड, सहिद परिवार, बेपत्ता द्वन्द्वपीडित राहतको कुरा घाइतेको उपचार, दुर्गममाा नुन चिनी लगायतका विषय पनि समेटिएका छन् ।
प्रस्ताव गरेको नीति कार्यक्रममा अन्तर्राष्ट्रिय सम्बन्धका सवालमा पञ्चशीलको सिद्धान्त, असंलग्न नीति, राष्ट्रसंघको बडापत्र प्रति प्रतिबद्धता जनाइएको छ । त्यस्तै क्षेत्रीय स्तरमा तनावरहित मित्रताका लागि पहलकदमी लिने, नेपालको भूमि कसैलाई पनि प्रयोग गर्न नदिने, सार्क विमस्टेकजस्ता संस्थालाई गतिशील बनाउन समन्वयकारी भूमिका खेल्ने विषय समेटिएको छ ।
नेपालको पर्यटकीय स्थलको रूपमा विकास गर्न आर्थिक कूटनीतिलाई अघि बढाउने, अन्तर्राष्ट्रिय श्रम बजारमा पहुँच पु¥याउने, वैदेशिक लगानी प्रवर्द्धन गर्ने विषय पनि मस्यौदामा समेटिएको छ । साथै सरकारले परराष्ट्र नीति निर्माण गर्दा राष्ट्रिय सहमति मात्रै कायम गर्ने प्रस्तावित मस्यौदामा उल्लेख छ ।
यसअघि एमाले अध्यक्ष केपी ओली संयोजक भएर बनाएको सरकारको न्यूनतम प्राथमिकतालाई सत्ता समीकरणमा भएको फेरबदलसँगै प्रधानमन्त्री प्रचण्डले सरकारका कार्यक्रमहरू पनि परिमार्जन गरेर बैठकमापेस गरेको थिए । बैठकमा अध्ययनका लागि वितरण गरिएको परिमार्जित मस्यौदा बुधबार छलफलमा सहमति गरिने छ । नयाँ मस्यौदामा पहिलेको कार्यक्रममा केही थपघट गर्दा कांग्रेसका चुनावमा गरेका केही प्रतिबद्धताहरु पनि थपिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबालुवाटारमा बीआरआई बारे रस्साकस्सी चलिरहेका बेला कसरी निस्कियो मन्त्री फेर्ने कुरा ?
मंसिर ५, २०८१ बुधबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार
तीनपटक प्रधानमन्त्री भइसकेका प्रचण्डलाई किन भनिन्छ लेन्डुप दोर्जेको नेपाली संस्करण ?
मंसिर २, २०८१ आइतबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
रुसले युक्रेनमा पहिलो पटक इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइलबाट आक्रमण
मंसिर ६, २०८१ बिहिबार
विभिन्न समूहको प्रदर्शनले आज अस्तब्यस्त बन्दै काठमाडौं, ५ हजार प्रहरी र ५ सय ट्राफिक खटाइने
मंसिर ७, २०८१ शुक्रबार
आज संघीय राजधानी काठमाडौंमा प्रधानमन्त्री ओलीको दल एमालेको शक्ति प्रदर्शन
मंसिर ७, २०८१ शुक्रबार
१३ पैसाले बढ्यो अमेरिकी डलर, युरो र पाउण्ड स्थीर
मंसिर ७, २०८१ शुक्रबार
पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना
मंसिर ७, २०८१ शुक्रबार
मिथुन राशी भएकाहरुको लागि आज राम्रो समय छ
मंसिर ७, २०८१ शुक्रबार
स्याङ्जामा एक जनाको शव फेला
मंसिर ६, २०८१ बिहिबार