सहमति विनै गठबन्धन बैठकमा ‘लञ्च ब्रेक’, दिउँसो ३ बजे बस्ने
नेपालबहस संवाददाता
चैत १५, २०७९ बुधबार १७:५९:१४
१५ चैत, काठमाडौँ । सत्तारुढ १० दलको बैठक दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको १० दलको बैठकमा मन्त्रालयको भागबण्डा र न्युनम साझा कार्यक्रमा सहमति नभएपछि दिउँसो ३ बजे बस्ने गरी स्थगित भएको हो ।
बैठकमा आज दुबै विषयमा सहमति जुटाउने र भोली मन्त्रिपरिषद विस्तार गरी सरकारका न्युनतम साझा कार्यक्रल सार्वजनिक गर्ने विषय सहमति नजिक पुगेको कांग्रेस नेता रमेश लेखकले बताए । उनले सम्भवतः भोलि मन्त्रिपरिषद विस्तारको कुरा आज ३ बजे बस्ने बैठकले निर्णय गर्ने जानकारी दिए । उनले अहिलेको बैठक लन्च ब्रेकका लागि स्थगित गरिएको बताए ।
बालुवाटारमा बसेको बैठकमा मन्त्रिपरिषद विस्तारबारे छलफल भए पनि सहमति भइनसकेको जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले जानकारी दिए । “लञ्च ब्रेक भएपछि हामी फेरि ३ बजे बस्ने गरी उठेको उनले बताए ।
मन्त्रिपरिषदबारे आजै टुंगो लगाउने प्रधानमन्त्री प्रचण्डको तयारी छ । गठबन्धनको बैठक हिजो साँझ पनि बसेको थियो । हिजोको बैठकमा सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा वितरण गरिएको थियो । साथै, गठबन्धनका दलहरुले मन्त्रालयबारे आफ्नो दाबी पेस गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन
मंसिर ६, २०८१ बिहिबार
बीआरआईमा ऋण लिने विषयमा कांग्रेसले प्रधानमन्त्रीलाई सहमती दिन सक्दैनः गृहमन्त्री
मंसिर ६, २०८१ बिहिबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
रुसले युक्रेनमा पहिलो पटक इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइलबाट आक्रमण
मंसिर ६, २०८१ बिहिबार
स्याङ्जामा एक जनाको शव फेला
मंसिर ६, २०८१ बिहिबार
मोटरसाइकल दुर्घटनामा परी मोरङमा दुई युवकको मृत्यु
मंसिर ६, २०८१ बिहिबार
पाकिस्तानमा सवारी साधनमा गोली प्रहार, ३८ जनाको मृत्यु
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
काठमाडौंखोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश
मंसिर ६, २०८१ बिहिबार
जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन
मंसिर ६, २०८१ बिहिबार