नाचघरमा बुद्ध थिएटर फेस्टिवल सुरु
नेपालबहस संवाददाता
चैत १५, २०७९ बुधबार १८:३९:३५
१४ चैत, काठमाडौं । गौतम बुद्धको जीवनी र दर्शनलाई रंगमञ्चमार्फत प्रस्तुत गर्न र बुद्धका सन्देश विश्वभर फैल्याउन आयोजित ‘बुद्ध थिएटर फेस्टिवल–२०२३’ सोमबारदेखि सांस्कृतिक संस्थानमा सुरु भएको छ । ६२औं विश्व रंगमञ्च दिवसको अबसर पारेर पर्यटन उद्योग तथा सहकारी मन्त्रालय बागमती प्रदेश, सांस्कृतिक संस्थान र डबली थिएटरले संयुक्त रूपमा आयोजना गरेको हो ।
काठमाडौंको बौद्धस्थित सेचिन गुम्बाका १० जना लामाले मन्त्रोचारण गर्दै सुरु भएको महोत्सवको पहिलो दिन सांस्कृतिक संस्थानको प्रस्तुति नाटक ‘चण्डालिका’ मञ्चन गरिएको थियो । माया थापाको परिकल्पना तथा निर्देशन रहेको यो नाटक एक अछूत युवतीले भिक्षुलाई पानी खुवाउँदा आएको समस्यामा केन्द्रित थियो । ती युवतीले प्यासी भिक्षु आनन्तलाई पानी खुवाएपछि उनकी आमाले छोरीबाट अनर्थ भएको बताउँछिन् । तर ती युवती पानी खुवाएपछि भिक्षु आनन्त प्रति सम्मोहित हुन्छिन् । जुन आमालाई उचित लाग्दैन । त्यो घटना देखेर आमाले तान्त्रिक विधाबाट भिक्षुलाई बोलाएर भिक्षु प्रति छोरीको सम्मोहन छुटाउँछिन् । सोही क्रममा भिक्षुको आशीर्वादले ती युवती सम्मोहन मुक्त हुन्छिन् । उनको जीवन फेरी सामान्य रुपमा चल्छ भने भिक्षु आफ्नै देश दर्शनमा फर्कन्छन् ।
नाटकमा शुशीला थापा, तीर्थराज पोखरेल, रेखा कटवाल, सुरेश थापा, श्रीकृष्ण शाही, नरहरि पराजुली, राम पुरी, सुरभि मगर, अनिशा न्यौपाने, वीना विश्वकर्मा, सलिना क्षत्रीले अभिनय गरेका थिए । दुर्गाप्रसाद खतिवडाको संगीत संयोजन र तीर्थराज पोखरेलको गीत रचना रहेको नाटकको वाद्यवादन समूहमा दुर्गाप्रसाद खतिवडा, नरेश प्रजापति र रोहित सुवेदी थिए भने गायनमा दीपेन्द्र वज्राचार्य र शिला बिष्ट अली थिए ।
महोत्सव उद्घाटन समारोहमा बोल्दै नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले महान् दार्शनिक गौतम बुद्ध नेपालमै ओझेल परेको बेला उनको जीवनी, दर्शन र सन्देशलाई राष्ट्रिय एवं अन्तर्राष्ट्रिय रूपमा चिनाउन बुद्ध थिएटर फेस्टिवल आयोजना हुनु गौरवको विषय भएको बताए ।
समारोहमा उपस्थित पाहुनाहरूलाई स्वागत गर्दै सांस्कृतिक संस्थानका महाप्रबन्धक अशोकप्यासी राईले तेस्रो संस्करणसम्म आइपुग्दा परिपक्वता आएकाले आगामी संस्करणदेखि यस महोत्सवलाई अन्तर्राष्ट्रिय रूपमा आयोजना गरिने बताए । ‘बुद्ध दर्शनका अनुयायीहरू विश्वभर छन् । रंगमञ्चमार्फत उनीहरूलाई वुद्धभूमि नेपालमा आकर्षित गर्न आगामी संस्करणदेखि बुद्ध थिएटर फेस्टिवललाई अन्तर्राष्ट्रियस्तरमा लैजाने छौं’, महाप्रबन्धक राईले भने ।
फेस्टिवल निर्देशक पुष्कर गुरुङले विश्व रंगमञ्च दिवसका अवसरमा इन्टरनेसनल थिएटर इन्स्टिच्युट ‘आईटीई’को तर्फबाट इजिप्टका विश्वचर्चित रंगकर्मी समिहा अयुवद्वारा प्रेषित सन्देश वाचन गरेका सुनाए । सो अवसरमा ५० हजार रुपैयाँसहितको यो वर्षको डबली अवार्ड रंंगकर्मी अनुप बराललाई प्रदान गरिएको थियो । प्राडा अभि सुवेदीलगायतले हस्तान्तरण गरेको अवार्ड बराल पत्नी अभिनेत्री दिया मास्केले ग्रहण गरेकी थिइन् ।
चैत १७ गतेसम्म चल्ने महोत्सबको दोस्रो मंगलबार प्रशान्त बगाले निर्देशनमा ‘थ्री लाफिङ मंक्स’ मञ्चन भयो । पहिलो दिन मेघा हलमा भएको यो महोत्सब दोश्रो दिनबाट चौथो दिनसम्म सानो हलमा भईरहेको छ । यो महोत्सबमा बुधबार निकिता गुरुङ निर्देशित नाटक ‘प्रतिविम्ब’ र गीता थापा निर्देशित नाटक ‘पताक्षर’, बिहीबार वर्षा भण्डारी निर्देशित नाटक ‘पश्चाताप’ र सस्मिल मगर निर्देशित ‘अम्रपाली’ मञ्चन हुँदैछ । महोत्सवको समापनमा शुक्रबार वीरेन्द्र हमाल निर्देशित ‘चक्षु’ मञ्चन गरिनेछ । महोत्सवको यो तेस्रो संस्करण हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअष्ट्रेलियाबाट रमणले ल्याएको ‘बिछोडको घाउ’मा शिल्पा र केशवराज
मंसिर २६, २०८१ बुधबार
यी अभागी छोरी,”जसले आफुले गाएको गीत बुवाआमालाई सुनाउन पाइनन्”
मंसिर २१, २०८१ शुक्रबार
गायिका स्मिता दाहालले गरिन् इन्गेजमेन्ट
मंसिर १८, २०८१ मंगलबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार
निराशाजनक राजनीतिमा कांग्रेसभित्र डा. शेखर कोइरालाप्रति बढ्दो आशा
कुसुम भट्टराई
मंसिर २९, २०८१ शनिबार
आईजीपी नियुक्तिका लागि सिफारिस नचाहिने, मन्त्रिपरिषदमा सिधैं प्रस्ताव जाने !
मंसिर ३०, २०८१ आइतबार
गाजाको विषयलाई लिएर इजरायल र आयरल्यान्डबीच तनाव, इजरायलले दूतावास बन्द गर्ने
मंसिर ३०, २०८१ आइतबार
मदन भण्डारीको हत्या सम्बधमा वामदेव र ओलीबीच किन चल्दैछ दोहोरी ?
पुष १, २०८१ सोमबार
तातोपानी कुण्डमा नुहाउनेको भीड
पुष १, २०८१ सोमबार
ढोलठानमा आन्तरिक पर्यटक
पुष १, २०८१ सोमबार
हिउँदमा पनि हटेन वाग्मती करिडोरको कालो पुलमुनि पानी जम्ने समस्या
पुष १, २०८१ सोमबार
दुर्गम पलाँतामा टेलिकमको टावर सञ्चालन
पुष १, २०८१ सोमबार
पूर्वमेयर सिंहको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जली
पुष १, २०८१ सोमबार