रिलिज मिति तोक्दै चलचित्र कैदिको पत्रको गीत रिलिज
नेपालबहस संवाददाता
चैत १५, २०७९ बुधबार २३:३४:५३
१५ चैत, काठमाडौं । चलचित्र ‘कैदिको पत्र’को आगामी बैशाख १५ गतेलाई रिलिज मिति तोक्दै पहिलो गीत रिलिज गरिएको छ । ‘मेरो दिलको तालमा’ बोलको गीतमा प्रताप दास र सुबानी मोक्तानको स्वर रहेको छ भने सनम कुमार बैरागको शब्द रचना तथा सुरेश सेञ्चुरीले संगीत दिएका छन् ।
यस गीतको भिडियोमा चलचित्रका प्रमुख कलाकारहरु कुनाल बिश्व र ब्रिटिश अभिनेत्री म्याडिशन लाजारसको अभिनय रहेको छ । यस गीतको अंग्रेजी लाइन निखिल गोतामेले लेखेका छन् । कबिराज गहतराजले कोरियोग्राफि गरेका छन् ।
प्रेम र रोमाञ्सको कथामा बनेको यो चलचित्रमा आफ्नो जीवनमा पाएको खुशीलाई सम्हाल्न नसक्दा मानिसले व्यहोर्नुपर्ने उतारचढाव र भोग्नुपर्ने कठिनाईहरु देख्न पाईने निर्देशक सनम कुमार बैरागले बताए । यो चलचित्रको सम्पूर्ण छायांकन स्कटल्याण्डमा भएको हो ।
यसमा कुनाल र म्याडिशनको साथमा सलिना थापामगर, पृथ्वीराज खत्री, सुबर्ण थापा, मनिष श्रेष्ठ लगायतका नेपाली तथा ब्रिटिश कलाकारहरुको अभिनय रहेको छ । दिल घले, नानी बैराग, कैलाश बिश्वकर्मा र हिराल जोशी चलचित्रका निर्माता हुन् । यस चलचित्रका डिओपी रामेश्वर कार्की हुन् भने अर्जुन जिसिले सम्पादन र ब्रिटिश कलरिष्ट यासिन एनुचौबीले कलर ग्रेडिङ्ग गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपुसमा दुई स्वदेशी चलचित्र प्रदर्शन हुने
मंसिर ३०, २०८१ आइतबार
‘फिरफिरे फिरिरी' माघ ४ गतेबाट प्रदर्शनमा आउने
मंसिर ३०, २०८१ आइतबार
चलचित्र विकास बोर्डले दश चलचित्र ‘डिजिटाइजेसन’ गर्ने
मंसिर २८, २०८१ शुक्रबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार
प्रहरीका ८ जना डीआईजीको पदस्थापन तथा काज सरुवा ( हेर्नुस सूचिसहित )
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार
आईजीपी नियुक्तिका लागि सिफारिस नचाहिने, मन्त्रिपरिषदमा सिधैं प्रस्ताव जाने !
मंसिर ३०, २०८१ आइतबार
गाजाको विषयलाई लिएर इजरायल र आयरल्यान्डबीच तनाव, इजरायलले दूतावास बन्द गर्ने
मंसिर ३०, २०८१ आइतबार
कांग्रेसमा सभापतिको बहस, शेखरप्रति बढ्दो छ क्रेज
मंसिर ३०, २०८१ आइतबार
दूध बेचेरै मासिक एक लाख बढी आम्दानी
पुष १, २०८१ सोमबार
पूर्वमेयर सिंहको निधनमा काठमाडौं महानगरपालिकामा शोक बिदा
पुष १, २०८१ सोमबार
सुदूरपश्चिमविरुद्ध ब्याटिङ गर्दै कर्णाली
पुष १, २०८१ सोमबार
काठमाडौं महानगरका पूर्वमेयर पीएल सिंहको निधन
पुष १, २०८१ सोमबार
मौसम पूर्वानुमान महाशाखाको वेबसाइट ह्याक
पुष १, २०८१ सोमबार
मोटरसाइकल तीनजना सवार हुँदा...
पुष १, २०८१ सोमबार