सत्ता गठबन्धनको बैठक छाडेर प्रधानमन्त्री प्रचण्ड चितवनमा
नेपालबहस संवाददाता
चैत १६, २०७९ बिहिबार १५:२९:५८
१६ चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बालुवाटारको बैठक छाडेर चितवन पुगेका छन् । सत्ता गठबन्धनको बैठकमा मन्त्रिपरिषद् विस्तारबारे छलफल भइरहेको थियो । प्रचण्डले मन्त्रिपरिषद् विस्तारको विषयमा सत्ता साझेदार दलका शीर्ष नेताहरूसँग केहिबेर छलफल गरेका थिए । छलफल लगत्तै चितवन गएका प्रचण्डले त्यहाँबाट फर्किएपछि मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा छन् ।
कृषि तथा वन विज्ञान विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोह र भरतपुर विमानस्थलको टर्मिनल भवन शिलान्यासमा सहभागी हुन प्रधानमन्त्री गएका हुन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार उनी बैठकमा केहिबेर बसेर चितवन गएको र चितवनबाट फर्केपछि बेलुकासम्म मन्त्रिपरिषद् विस्तार गर्ने तयारी छ । बुधबार सत्ता साझेदार दलहरूबीच मन्त्रालय बाँडफाटमा मोटामोटी समहति भएपछि प्रधानमन्त्री प्रचण्डले आज मन्त्रिपरिषद् विस्तारका लागि तयारी थालेका हुन् ।
पूर्वनिर्धारित कार्यक्रम भएकाले उनी त्यहँ गएका हुन् । दिउँसो १ बजे काठमाडौँ आउने कार्यतालिका रहेको छ । प्रचण्ड फर्किएपछि गठबन्धनको बैठक बसेर मन्त्रिपरिषद् विस्तार हुने बताइएको छ । प्रचण्डले आज ९ दललाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् । यसबारे बुधबारकै बैठकमा लगभग सहमति बनेको नेताहरूको भनाइ छ । मन्त्रालयको टुंगो लगाउन सत्तारुढ गठबन्धनको कसरत जारी नै छ ।
संख्यामा सहमतिपछि सत्तारुढ गठबन्धन मन्त्रालयको टुंगो लगाउन बाँकी छ । बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धनको बैठकले कुनैठोस निर्णय लिएको छैन् । बुधबार ग ठबन्धनको बैठकले मन्त्रालय भागबन्डामा सहमति गरेको थियो । सहमतिअनुसार कांग्रेस ८, माओवादी ५, जसपा २, एकीकृत समाजवादी २, लोसपा, नागरिक उन्मुक्ति, जनमत, आमजनता र नेसपाले १÷१ मन्त्रालय लिने तय भएको छ ।
बैठकले न्यूनतम साझा कार्यक्रमलाई अंतिम रूप दिने पनि नेताहरूले बताएका छन् । माओवादीका वरिष्ठ उपाध्यक्षसमेत रहेका नारायणकाजी श्रेष्ठको जिम्मेवारी हेरफेर हुने भएको छ । श्रेष्ठले सम्हालिरहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय एकीकृत समाजवादीलाई दिन प्रधानमन्त्री पुष्पकमल दाहाल तयार भएका छन् ।
श्रेष्ठलाई उपप्रधानसहित गृह मन्त्रालयको जिम्मेवारी दिने तयारी छ । गृहमा माओवादीकै अर्का नेता शक्ति बस्नेतको पनि दाबी छ । एकीकृत समाजवादीलाई अर्को मन्त्रालय कुन दिने भन्नेमा सहमति भइसकेको छैन । प्रधानमन्त्री प्रचण्डले शिक्षा र कृषिमध्ये एक मन्त्रालय दिने प्रस्ताव गरेका छन् । एकीकृत समाजवादीले बेदुराम भुसाल र प्रकाश ज्वालालाई मन्त्री बनाउने निर्णय गरिसकेको छ ।
गठबन्धनको ठूलो दल कांग्रेसले अर्थ, परराष्ट्र, रक्षासहित ८ मन्त्रालय पाउने भएको छ । कांग्रेसले सहरी विकास र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमध्ये एक पाउनुपर्ने अडान राखेको छ । यी दुई मन्त्रालयमा माओवादी र अन्य साना दलको पनि दाबी छ । कांग्रेसको भागमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक, कानुन, न्याय तथा संसदीय मामिला, स्वास्थ्य, उद्योग वाणिज्य तथा आपूर्ति, युवा तथा खेलकुदमध्ये एक पर्न सक्ने सम्भावना छ ।
प्रचण्डले जसपालाई शिक्षा, वन, कृषि र उद्योगमध्येबाटै दुई मन्त्रालय दिन चाहेका छन् । जसपाले पनि सहरी मन्त्रालयमा दाबी गरेको छ । प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएको राष्ट्रिय स्वतन्त्र पार्टी भने तत्काल सरकारमा सहभागी नहुने भएको छ । रास्वपा सरकारमा सहभागी हुँदा उसले पाउने तीन मन्त्रालय कांग्रेस र माओवादीबाट मिलाउने समझदारी छ ।
नागरिक उन्मुक्तिबाट अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी आफैं सरकारमा जाने भएकी छन् । लोसपाले श्रम, कृषि, उद्योगमध्ये एउटा मन्त्रालय पाउने भएको छ, जसमा शरदसिंह भण्डारी जानेछन् । नेसपा नेता महेन्द्रराय यादव र आम जनता पार्टीका सांसद प्रभु साह पनि मन्त्री बन्ने भएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचीन भ्रमणमा अघि सरोकारवालासँग छलफल गर्दै प्रधानमन्त्री ओली
मंसिर १०, २०८१ सोमबार
सरकार जनतालाई स्वच्छ एवं शुद्ध खानेपानी पुरयाउन कटिबद्ध छ : मन्त्री यादव
मंसिर ९, २०८१ आइतबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
बादी समुदायको पुर्ख्यौली पेसा संकटमा
मंसिर १०, २०८१ सोमबार
कति छ आज तरकारी तथा फलफूलको भाउ ?
मंसिर १०, २०८१ सोमबार
पल शाहको 'मायावी' फागुन १४ मा रिलिज हुने
मंसिर १०, २०८१ सोमबार
आइपीएल अक्सनको पहिलो दिन, ७२ खेलाडीका लागि ७४८.७२ करोड खर्च
मंसिर १०, २०८१ सोमबार
भारतीय ब्यापारी गौतम अडानीमाथी बंगलादेशले पनि छानबिन गर्ने
मंसिर १०, २०८१ सोमबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर १०, २०८१ सोमबार