जलेश्वर कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी, उभिएर खानुपर्ने बाध्यता
नेपालबहस संवाददाता
चैत १६, २०७९ बिहिबार १६:५८:९
१६ चैत, जनकपुरधाम । क्षमताभन्दा ६३ प्रतिशत बढी कैदीबन्दी रहेको जलेश्वर कारागार महोत्तरीमा ठाउँको अभाव भएपछि ति कैदीबन्दी उभिएर खाना खान बाध्य भएका छन् । २०० कैदीबन्दी अटाउने क्षमता रहेको सो कारागारमा ५५० कैदीबन्दी छन् । कारागारभित्र ठाउँको अभावमा ति कैदीबन्दीहरु कष्टकर जीवन बिताउन बाध्यभएको कारागार प्रशासनले जनाएको छ ।
बजेट तथा श्रोत साधनको अभावमा कारागारभित्र रहेका कैदीबन्दीहरुको जीवन कष्टकर हुदै गएको बताउदै जेलर रामचन्द्र साह भन्छन्, ‘बस्ने ठाउँको अभाव, वर्षायाममा पानी चुहिने गरेकाले उनीहरुलाई खान र सुत्न समस्या हुने गरेको छ ।’
कारागार कहिले निर्माण भएको यकिन तथ्याङ्गक नभए पनि राणाकालमा सो कारागार निर्माण भएको अनुमान गरिएको छ । यतिमात्र नभई संघीय सरकारले सिधाखर्चबापत प्रत्येक कैदीबन्दीलाई दिनको ७ सय ग्राम चामल र ८० रुपैया नगद दिने गर्छ । जुन ‘हात्तीको मुखमा जिरा’ जस्तो भएको त्यहाँका कर्मचारीहरुले टिप्पणी गर्छन् ।
आर्थिक रुपमा कैदीबन्दीहरुको अवस्था गम्भीर रहेकोले थप आर्थिक आम्दानीको लागि कारागारभित्र करिब ४० जना कैदीबन्दीहरुले मुढा बनाए पनि बजारको अभावमा बित्रीm हुन सकेको छैन ।
कैदिबन्दी बस्ने तीनवटा लामो हल रहेको र प्रत्येक हलमा ३५ देखि ४० जनासम्म कोचिएर बस्ने गरेकाले विभिन्न रोगको जोखिमहरु बढ्न गएको छ । कारागार भित्र १४ वटा शौचालय, पुस्तकालय, औषधीपसल, किरना पसल र चिकित्सकहरुको व्यवस्थाभएपनिभौतिक संरचनाको अभावमाति कैदीबन्दीहरु प्रभावित हुँदै आएको छ ।
२०७४ सालमा कारागारभित्र बाढी पसेपछि कारगार डुबानमा परेको स्मरण गर्दै सूचना अधिकारि रविन्दचन्द ठाकुरले भने, ‘पुरानो तथा जीर्ण कारागार भए पनि यहाँ जेल जीवन बिताउने कैदीबन्दीप्रति राज्यको ध्यान गएको छैन ।’
संघीय सरकारले प्रतिकैदीबन्दीलाई सिधाखर्चापत एक करोड ६ लाख रुपैयाँ दिने गरेको भए पनि सो रकम अपुग भएको लेखा प्रमुख टिकाराम ओलीले बताएका छन् । कारगाराभित्र रहेका ५५० जना कैदीबन्दीलाई वर्षमा ७० लाख २६ हजार २५० रुपैयाँ मूल्य बराबरको चामल, २८ लाख ५० हजार मुल्य बराबरको वर्षमा सबै कैन्दीबन्दीलाई दुईजोर कपडा, कैदिबन्दीलाई सेवा सुविधाबापत १९ लाख ५० हजार, कैदीबन्दीहरुलाई अन्य ठाउँमा हस्ताणतरणको लागि वार्षिक १ लाख ५० हजार, इन्धनबापत वार्षिक ५० हजार, सवारी साधनमर्मत खर्च २५ हजार मात्र संघीय सरकारले दिने गरेको छ । कैदीबन्दीहरुको उपचार गर्ख ५ लाख दिने गरेको छ ।
अपुग रकमहरु माग गरिए पनि संघीय सरकारले थप रकम नदिँदा कारागारभित्रको समस्या यथावत रहेको कारागार प्रशासनले जनाएको छ । अहिलेको आर्थिकमन्दीको कारण समानहरुको मूल्यउच्च रहेकोले कैन्दीलाई सिधावापत दिने चामल र रकमले जीवनधान्न समस्या परेकोले उक्त रकम बढाउनु पर्ने माग कैदीबन्दीको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदशैं, तिहार र छठमा ५ करोडको फूल किनबेच
कात्तिक २६, २०८१ सोमबार
छठ पर्वको मुख्य दिन आज, अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अर्घ दिइँदै
कात्तिक २२, २०८१ बिहिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
सरकार जनतालाई स्वच्छ एवं शुद्ध खानेपानी पुरयाउन कटिबद्ध छ : मन्त्री यादव
मंसिर ९, २०८१ आइतबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
मंसिर ९, २०८१ आइतबार
इटहरीमा भएको सवारी दुर्घटनामा दम्पतीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
मंसिर ९, २०८१ आइतबार