मिटरब्याजी पीडितको समस्या समाधन गर्न ध्यानाकर्षण
नेपालबहस संवाददाता
चैत १६, २०७९ बिहिबार १८:७:१५
१६ चैत, काठमाडौं । सांसदहरुले मिटरब्याजी पीडितको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सांसद जगप्रसाद शर्माले मिटरब्याजी पीडितको समस्या समाधानका लागि सरकारले आवश्यक कानुन बनाउने कार्य स्वागत योग्य रहेको भन्दै पीडितहरुसँग तत्काल वार्ता गरी समाधान खोज्न आग्रह गरे।
सरकारले मिटरब्याजलाई अपराध मान्दै कानुनी दायरामा ल्याउन मुलुकी अपराधसंहिता, २०७४ को आवश्यक संशोधन प्रक्रिया अघि बढाउने निर्णय गरिसकेको छ ।
यस्तै सांसद तारामान स्वाँरले गत कत्तिक २२ देखि सुदूरपश्चिममा निरन्तर भूकम्प गइरहेको, कैयौँको ज्यान जानुका साथै घर चर्किएर, भत्किएर बस्न नसक्ने अवस्थामा रहेको भन्दै त्रसित अवस्थामा रहेका नागरिकको सुरक्षा र राहत उपलब्ध गराउन सरकारसमक्ष माग गरे । उनले भूकम्पको उच्च जोखिममा रहेको क्षेत्रको पहिचान गरी वैकल्पिक बसोबासको व्यवस्था मिलाउन पनि आग्रह गरे ।
सांसद तुलसाकुमारी दाहालले भूकम्पबाट क्षति पुगेको नेपाल राष्ट्रिय पुस्तकालयको संरचना हाल पुरानो ठिमीमा व्यवस्थापन गरिएको र त्यहाँ रहेका बहुमूल्य पुस्तक धमिरा लागेको र कुहिएको पुस्तकको संरक्षण गर्न माग गरे । उनले पुस्तकालयका एक लाख ५० हजार बढी सामग्रीको संरक्षणमा सरकारले विशेष ध्यान दिनुपर्ने खाँचो औँल्याए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतबाट रित्तो हात फर्किइन आरजुः प्रधानमन्त्रीको भारत भ्रमण अनिश्चित
पुष ९, २०८१ मंगलबार
परराष्ट्रमन्त्री डा राणा स्वदेश फिर्ता
पुष ८, २०८१ सोमबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
जग्गाको सदुपयोग गर्ने प्रमुख माध्यम किबीखेती,बागलुङको किबी बुटबलमा खपत
पुष ९, २०८१ मंगलबार
हुम्लामा हिमपात, एक फिटसम्म हिउँ जमेपछि चिसोले जनजीवन प्रभावित
पुष ९, २०८१ मंगलबार
पाथीभरा पदमार्गमा घण्टीको प्रवेशद्वार निर्माण गरिने
पुष ९, २०८१ मंगलबार
सुनकोशीस्थित फोक्सिङटारमा अस्थायी बेलिब्रिज जडान सुरु
पुष ९, २०८१ मंगलबार
दृष्टिविहीनका विद्यालय सञ्चालन गर्न मधेश सरकारले सघाउने
पुष ९, २०८१ मंगलबार
थाइल्याण्ड, कम्बोडियालगायत देशमा जाँदा सावधानी अपनाउन आग्रह
पुष ९, २०८१ मंगलबार