मन्त्री टुंग्याउन देउवाले धुम्बाराहीमा बोलाए आकस्मिक बैठक
नेपालबहस संवाददाता
चैत १६, २०७९ बिहिबार १९:७:५९
१६ चैत, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट निर्णय नगराई प्रचण्ड नेतृत्वकाे सरकारमा कांग्रेसबाट मन्त्रीमा पठाउनेको नाम छनोट गरी अन्तिम निर्णय गर्न धुम्बाराही निवासमा आकस्मिक बैठक बोलाएका छन् । उनले मन्त्रीको नाम टुंग्याउन नेताहरुलाई निवासमा बोलाएको एक नेताले नेपालबहसलाई जानकारी दिए ।
उनले आगामी बैशाख १० मा हुने उपनिर्वाचनमा लागि तनहुँ १ बाट गोविन्द्र भट्टराई र चितवन २ बाट जीतनारायण क्षेष्ठलाई पार्टी बाट उम्मेदवार बनाउने निर्णय गराएर मन्त्री छान्ने बैठक धुम्बाराहीमा बोलाएका हुन् । कांग्रेसबाट सरकारमा सहभागी हुने मन्त्रीको नाम दिउँसो २ बजेभित्र बुझाउनुपर्ने छ ।
यसअघि सानेपास्थित केन्द्रीय कार्यलयमा बसेको बैठकबाट तनहुँ–१ मा गोविन्द भट्टराई र चितवन–२ मा जीतनारायण श्रेष्ठलाई उमेदवार बनाउने निर्णय भएको थियो । मन्त्रीको अन्तिम नाम र मन्त्रालय टुंगो लगाउन सभापति निवास धुम्बाराहीमा बैठक खाना खाएर बस्ने गरी बोलाइएको छ । सत्ता गठबन्धनको बैठक अपराह्न २ बजे बस्दै छ । बैठक अगावै कांग्रेसले मन्त्री टुंगो लगाउने ती नेताले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबिआरआईमा ऋण स्वीकार्न सकिँदैन : महामन्त्री शर्मा
मंसिर ८, २०८१ शनिबार
दरबारमार्गमा फोहोर गरेको भन्दै काठमाडौं महानगरले एमालेलाई गर्यो एक लाख जरिवाना
मंसिर ७, २०८१ शुक्रबार
राष्ट्रपति पौडेलसमक्ष तीन देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
आजको लागि विदेशी मुद्राको विनिमय दर
मंसिर ९, २०८१ आइतबार
चितवनमा स्कुल बस दुर्घटना: २८ जना घाइते
मंसिर ८, २०८१ शनिबार